Skip to main content

आङ सान सुकी नजरवन्दमुक्त

१५ वर्ष देखि आफ्नै घरमा नजरवन्द मा रहेकी प्रजातन्त्रवादी नेतृ “आङ सान सुकी” लाई त्यहाँ को सैनिक सरकार जुन्टा ले आज देखि नजरवन्दमुक्त गरेको छ । afp-suu-kyi१५ वर्ष सानो समय हैन । यही १५ वर्ष मा धेरै कुरा भइसके ! आफूले नि उहिले बच्चा बेला देखि नै समाचार मा ‘आङ सान सुकी’ भन्ने सुन्याँथिए । आफूलाई त नामै सुनेर अचम्म लाग्थ्यो कस्तो नाम होला, को होला भनेर ! अनि पछि त जहिले वर्मा को नाम सुन्यो कि, ‘आङ सान सुकी’ मात्रै याद आउँथ्यो । आज तिनै नेतृ सैनिक सरकार को नजरवन्द बाट मुक्त भइछिन् ।  bbc_Aung San Suu Kyiसंसार भरका टेलिभिजन, रेडियो र वेवसाइट मा आङसाङ सुकी नै छाइरहेकी छिन् । टुविटरमा त अझ, ‘आङ सान सुकी’ ट्रेन्डिङ टपिक नै बनिसकेको छ । ‘आङ सान सुकी’ सबैभन्दा धेरै पटक आफूले सुनेको नाम होला । सन् १९९१ नोबेल शान्ति पुरस्कार की बिजेता तथा प्रजातन्त्रवादी नेतृ को नजरवन्दमुक्त भएको घोषणा सँगै, संसार भर नै खुशीयाली छाएको छ ।

तर उनको यो रिहाइ का सम्बन्ध मा अहिले नै केही भनिहाल्न सक्ने ठाउँ छैन । साँच्चै भन्दा, सैनिक सरकार को कुरा मा भर गर्न सकिँदैन । विगत मा पनि, नजरवन्द मुक्त गर्ने भन्दा भन्दै नगरिएको धेरै घटनाहरु छन् । अन्तराष्ट्रिय सञ्चारमाध्यम ले जनाएअनुसार, सैनिक सरकार ले राजनैतिक जिवन त्याग्न दवाव उनलाई दवाव पनि दिइरहेको छ ।

अस्ति भर्खरै सम्पन्न चुनावलाई बहिष्कार गर्दै, उनको पार्टि ले चुनाव को विरोध गरेको छ । चुनाव भइसकेको र, सैनिक सरकार समर्थित दल ले, बहुमत ल्याउने सम्भावना रहेको सन्दर्भ मा भएको रिहाइले, सुकी को राजनितिक जिवन सिथिल नै हुने अड्काल काट्न सकिन्छ । सरकार सैनिक समर्थित दल को हुने र सुकी को पार्टि सडक बाटै संघर्ष मा उत्रने सम्भावना पनि छ, परिणाम फेरि पनि सुकी नजरवन्द मा पर्न सक्छिन ।

सैनिक सरकार ले राजनिति त्याग्न दवाव दिइरहेको अवस्था मा,सुकी ले उनको पार्टि ‘नेशनल लिग फर डेमोक्रेसी’ लाई अघि बढाउन सक्छिन त ? प्रजातन्त्र को नाम मै १५ वर्ष घरमै नजरवन्द मा रहेकी, सुकी ले प्रजातन्त्र कै वकालत फेरि गर्छिन् या गर्दिनन्, अहिले नै भन्न सकिँदैन ।  न फेरि सरकार ले अर्को कुनै बाहाना मा उनलाई कारवाही गर्ने पो हो कि ? अब यी कुराहरु समय ले बताउँदै जालान् ।

संसार मा  आङ सान सुकी जस्तै २२ सय भन्दा धेरै राजनैतिक आस्था का बन्दिहरु अझै नजरवन्द र जेल मा छन् ।

आङ सान सुकी , रिहाइ भएको मा उनलाई हार्दिक शुभकामना तथा बधाई ! प्रजातन्त्र को पक्ष मा लडिरहनु तर प्रजातन्त्र पाएपछि, नेपाली नेताहरु को जस्तो पारा चाँहि नदेखाउनु !

पुनश्च : अंग्रेजीमा उनको नाम  Aung San Suu Kyi लेखिन्छ ! उच्चारण गर्दा कसैले “आङ सान सुकी” त कसैले “आङ साङ सू ची” भन्छन् ।

First pic: AFP and 2nd Pic via Twitpic

Comments

  1. एकदम सहि कुरा...सुजाता जस्तो भइन् भने सत्ता पाएर...:P

    ReplyDelete

Post a Comment

Subscribe to Aakar Post