Skip to main content

ती तिहार का दिनहरु

दिनमा उज्यालो नै छ र रात अँध्यारो नै छ ! बत्ति अघि भर्खर गएर आयो ! आज राति बिजुली बत्ति आउने पक्का छ तर पनि विश्वास गरिहाल्ने ठाउँ छैन । बिजुली बत्ति को आउने र जाने को ठेगान छैन । तिहार को झिलिमिली मा काठमाडौँ को एकपाटो धपक्क बलेको छ अनि अलिपर्तिर अर्को पाटो मा कालो अँध्यारो छ, सायद त्यहाँ लोडसेडिङ भइरहेको छ ।

पटाका, आलु बम निरन्तर पड्कि नै रहेछन्, रकेट, गमला सबै आकाश नै छोउँला झैँ आक्कासीरहेका छन् । एक झूण्ड भर्खर  देउसी खेलेर गयो, अब अर्को समूह को प्रतिक्षा रहेनछ । देउसी नि हिजोआज त कस्तो हो, पैसैका लागि मात्र आउँछन्, आउनेबित्तिकै ‘दिने भए देउ, नदिने भए बिदा देउ’ अनि यति र उति देउ भनेर तोक्छन् । सानो कुचुक्क परेको आँगन मा उभिएर भट्याउने ले भट्याउँछ ‘यो आँगन कत्रो, टुँडिखेल जत्रो’, सायद भट्याउने ले पनि, चेपिँदै गएको ‘टुँडिखेल’ को उपहास गरेको हुनुपर्छ या त उसले टुँडिखेल के हो भनेर जान्ने प्रयत्न नगरेको हुनुपर्छ । एउटै कोठामा ५ जना को परिवार अट्नुपर्ने सानो घरमा गएर भट्याइदिन्छ, ‘यो घर कत्रो सिंहदरवार जत्रो’, सुन्दा सहज र सरल लागे पनि, थाहै नदिइ सायद सानो घरलाई सिंहदरवार भनेर उपाहस गरिँदैछ, खिल्ली उडाइँदैछ । अनि ‘हामी त्यसै आएको हैन, बलिराजा ले पठाको’ पनि भन्छन् तर बलि को हो भनेर सायदै कसैले जान्ने प्रयास गरेको छ । राजा नभा’को मुलुक मा, को हो यो ‘बलिराजा’ भनेर घरबेटि ले उल्याउँदा, उनीहरु जवाफ दिन्छन् खै थाहा छैन, देउसी को गित मा त्यही भन्छन् सबै । आँगनलाई टुँडिखेल र घरलाई सिंहदरवार भनेर मान बढाइदिने देउसी टोलि, ‘पैसा” मा भने ठूलो बार्गेनिङ गर्छ ।

एउटा रकेट, माथि गएर पड्कियो  ! नियालिरहेँ त्यस रकेटलाई, झिलिमिली बत्ति ले सजिएको शहर काठमाडौँलाई ! सायद आफ्नै गाउँघरमा तिहार नमनाएको ६-७ वर्ष नै भइसक्यो । देउसी पहिले खेलिन्थ्यो । बच्चै बेला देखी देउसी खेलिन्थ्यो । अनि फलानाको काका को घरमा त ट्याक्टर छ, ५ रुप्पे दिन्छन् भनेर देउसी खेल्न गइन्थ्यो, ती ट्याक्टर बाला गाउँ का धनि काका, भुराहरुलाई ‘८ आना’ दे’र पठाइदेउ भन्दै ‘५० पैसा’ हातमा थमाइदिन्थे । मनकारीहरु चाँहि अलिअलि चामल, रोटि, सुन्तला र २ रुप्पे सम्म दिन्थे । आफ्ना घरमा त आफ्नो इज्जत को सबाल हुने हुँदा बा’लाई भनिन्थ्यो, कम्ति मा एउटा को भाग मा २ रुप्पे परोस् ! तब त हामी ५ जना जाँदा, १० रुप्पे अनि ६ जना हुँदा १२ रुप्पे पाइन्थ्यो, अनि तातो तातो रोटि पनि पाइन्थ्यो । भट्याउन त मै भट्याउँथे, रेडियो मा कथा भनेको देउसी सुनिने हुँदा, कथा भन्न भाइ अघि सरेर भन्थ्यो, “ए ! कथै भनुँ – द्दयौसिरे”

हामीलाई त्यो दिन खानु पर्दैनथ्यो, देउसी टोली मा नपरिएला भनेर देउसी खेल्न जान नै हतार हुन्थ्यो । घर मा कराउनुहुन्थ्यो, ‘खान आउनु छैन, खै टोपि स्विटर केही नि ला’को रहेनछ’ अनि पछि भन्नुहुन्थ्यो धेरै अबेरसम्म नखेल्नु । हामी ११-१२ बजे सम्म हिँड्थ्यौ, हाम्रो घर को लालटिन बोकेर म भट्याउँदै हिँड्थे । म, मेरो भाइ, हाम्रा २-३ जना साथी, यत्तिनै हुन्थ्यौँ, कहिलेकाँहि भने अर्को समूह सँग मिलेर पनि देउसी खेल्न जान्थ्यौँ । अर्को समूहमा जाँदा पैसा मा घोटाला हुने शंका पनि रहन्थ्यो । कोही पटाका पड्काउँथे । पसल नजिकै थियो, पटाका पड्काइन्थ्यो, घर मा पैसो मागेर कायलै पारिन्थ्यो तर त्यो पसल का साहुजी जुवा वा तास को खालमा जमेर बस्ने हुँदा, कहिले भनेको समय मा पटका किन्न पाइँदैनथियो । अनि हामी सँग अर्को चाँहि ‘बन्दुक’ हुन्थ्यो, बारुद हाल्दै पड्काउँदै गर्थ्यौँ, पट्याङ पट्याङ ! हामी रमाइलो को साथ साथै पैसा को लागि नै देउसी खेल्थ्यौँ र हामी पनि उसैगरि भन्थ्यौँ, बलिराजा ले पठाको, दिने भए सिधा देउ… आदि इत्यादि ।

देउसी खेलेर आएको पैसो त्यसै रात बाँढ्थ्यौँ हात मा धेरै पर्दा त्यही १०-१२ रुप्पे पर्थ्यो । त्यही १२ रुपैँया को पनि हाम्रो योजना र सपना ठूलो ठूलो हुन्थ्यो । तर २-३ वटै बजार जाँदै हाम्रो सबै पैसो सकिन्थ्यो । सायद घरमा दिदी बहिनी नभएकोले होला, ‘भाइटिका’ को महत्व खासै रहँदैन थियो तर पनि कहिँ न कहिँ ‘टिका’ लगाइन्थ्यो, कहिले बा’को फुपु को हातबाट टिका थापिन्थ्यो त कहिले सानिमा को छोरी को हातबाट ! ‘टिका’ को महत्व खासै नलागेपनि, त्यो मसला र चक्लेटहरु को चाँहि औधि महत्व लाग्थ्यो । बा र हजुरबा का थालिबाट पनि मसला मुक्याइन्थ्यो, अनि दाजु भाइ बिच पनि देखाइ देखाइ खाने अघोषित प्रतिस्पर्धा नै चल्थ्यो ।

लक्ष्मीपूजा को साँझ मा गरिने ‘दीपावली’ भने निकै रमाइलो हुन्थ्यो । बिजुली बत्ति थिएन, हामी मैनबत्ति बालेर, घर का सबै कोठा र गाई गोठमा समेत उज्यालो पार्थ्यौँ, तर पछि भने ‘पाला’ बाल्ने गर्यौँ । गाउँ मा बिजुलीबत्ति आउँदा ठूलै भइसकिएको थियो, त्यसबेला चाँहि बज्ने रंगिचंगी बत्ति बालिन्थ्यो । अनि अँध्यारो मा लुकेर घरछेउ मै पट्का ड्वाङ् पड्काउँथ्यौ, ‘सेलरोटी’ पकाउँदै गरेको ममी घर भित्र बाटै पटका पडकाएर तर्साए भनेर कराउनुहुन्थ्यो । हाम्रो सानो देउसी टोली बाहेक, अरु गाउँहरु बाट युवा क्लबहरु १२ भोल्ट को ठूलो कालो ब्याट्रि साइकल को क्यारियर मा च्याप्दै, अनि माइक र साउन्डबक्स को साथ मा आउँदै नाचगान पनि गर्थे ! त्यसबेला ‘जरा जरा…’ तथा ‘सोना कित्ना सोना है…’ जस्ता हिन्दी गितहरु मा डान्स खुबै गर्थे । हामी चाँहि ‘जरा जरा भन्ने गितलाई, टुप्पा टुप्पा, फेद फेद’ भनेर गित गाउँथ्यौ र आफैँ हास्थ्यौँ । लक्ष्मीपूजा को दिन गाउँको तल देखि माथि सम्म दर्जनौँ पटक ओहोर गर्दै बस्थ्यौँ, बिनाकाम ! कहिँ जुवा को खाल मा गएर छिर्थ्यौँ त कहिँ तास को खाल मा ! जुवा खेल्ने ठाउँ मा बस्दा भने, कहिले काँहि जितौरी १-२ रुपैँया पाइन्थ्यो, हामी हत्तपत्त नागिन छाप, पटका किनेर पड्काइहाल्थ्यौँ, घरबाट आँखा छलेर लिएर हिँडेको मैनबत्ति गोजी मै हुने हुँदा, आगो को खासै जरुरत  पर्दैनथियो ।

तिहार को समय मा बजार मा भने कसै न कसैको पसल मा चाँहि आगो लाग्नेगर्थ्यो, बलेको मैनबत्ति ढलेर ! कहिले औषधीपसल त कहिले बनियाँ का गोदाम नै जल्थे । केही दिन पछि बजार जाँदा तिनै डढेका खाँवाहरु देखिन्थे, त्यसकै छेउ मा त्यो बजार कि ‘लाटि’ मुख मा खै साइकल का ‘तार’ का, के के लाएर त्यही वरपर बसिरहेकी हुन्थी, त्यसको हातमा एउटा ग्रिज को पहेँलो सानो भाँडो हुन्थ्यो । अस्ति भाइको कुरा ले छक्क परेँ, हामीले देखे देखि त्यो लाटि उस्तै नै छे, उसैगरि बजार मा घुमि नै रहेकीछ रे ।

पल्लो घर को छिमेकी केटा ले आलुबम पड्काएछ, एकसुर मा विगत सम्झिरहेको म झसंग भएँ । काठमाडौँ मै ६-७ वटा तिहार मनाइसकिएछ, मैले मेरो गाउँघर को तिहार लगभग बिर्सिनै सकेँ जस्तो लाग्दैछ । अनि ती देउसी भैलो पनि आफ्ना लागि इतिहास भइसकेकाछन् । काठमाडौँ मा धेरैजना भएर पनि विरानो लाग्दैछ, छिमेकी कोही चिन्दिन न त साथी नै छन् वरीपरि ! काठमाडौँलाई फेरि एकपटक नियाल्छु, रंगिबिरंगी बत्तिहरु पिलिक पिलिक र झिलिक झिलिक गरेर बल्दैछन् । तिहार रमाइलो त गरिँदैछ, आजै दिउँसो पनि प्रमोद ब्रो Smile सँग फिल्म हेरेर आइयो, हिजो पनि प्रमोद र इश्वर ब्रो सँगै हेरिएकै थियो । अनि आफ्नै घरमा दिदीहरु सँगै छु तर पनि कताकता के नपुगेजस्तो, केही छोडिएजस्तो र केही विराएजस्तो लागि नै रहेको छ । सायद विगत धेरै सम्झिएका कारण, त्यही ‘नोस्टाल्जिया’ ले समाउँदैछ । अनि म त्यही विगत मा ‘नोस्टाल्जिक’ बनिरहेछु । काठामाडौँ को तिहार र आफ्नै गाउँ को तिहार, कति धेरै फरक छ है । विदेशमा बस्ने साथिहरु ले ‘तिहार मिस’ गरिरहेको कुरा फेसबुकटुविटर मा लेखिरहनु भएको छ । यहीँ काठमाडौँ मा हुँदा त आफूलाई तिहार मा केही नपुगेजस्तो लाग्छ भने, विदेशमा झन् मिस हुने कुरा मा दुईमत  छैन ।

सायद यो, देउसी भैलो पनि बच्चा बेला मै धेरै महत्व हुन्छ क्यारे । अहिले त, देउसी खेल्न र हेर्न त्यति धेरै उत्साह नै जाग्दैन र धेरै नै भइसक्यो खेलिएको पनि छैन । तिहार अब अन्तिम दिन नै त बाँकि छ, त्यसपछि फेरि आफ्नो ‘कलेज लाइफ’ सुरु हुन्छ ।

देश विदेशमा रहनुभएका सम्पुर्ण नेपालीहरु, ब्लगर मित्रहरु तथा हाम्रा पाठकहरुमा शुभ दीपावली (तिहार) को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ! नेपाल पञ्चांग निर्णायक समिति का अनुसार भाइटिका को साइत आइतबार बिहान ११:३१ बजे  (२०६७, कात्तिक २१ गते) रहेको छ ।

Comments

  1. very nice story

    I remember my own childhood :)

    ReplyDelete
  2. 98% same story 2 my life.....
    thanks alot
    good job

    ReplyDelete
  3. देउसी नि हिजोआज त कस्तो हो, पैसैका लागि मात्र आउँछन्, आउनेबित्तिकै ‘दिने भए देउ, नदिने भए बिदा देउ’ अनि यति र उति देउ भनेर तोक्छन् । हो आकार (अनिल) जी तपाईले स्टोरी मार्मिक छ वास्तविकता बोकेको छ । त्यसमा समावेस भएका केटाकेटीका कुरा पढ्दा त बाल्यकालको निकै याद आयो ।

    ReplyDelete
  4. the childhood reminiscences are the ones that will never fade, but become livelier with every related moment...good one, and ur story made me miss my times :(

    ReplyDelete
  5. Nice story...keep it up! I was totally in my childhood when I was reading this blog.

    ReplyDelete
  6. समय र स्थान केही फरक भए पनि मेरो बाल्यकाल (किशोरकाल?)को तिहार पनि यस्तै नै थियो । तपाईँले माथि लेख्नु भएको 'टुँडिखेल', 'सिंहदरवार' र आउने बित्तिकै 'दिने भए...नदिने भए" भन्ने शब्दावलीमा मेरो पनि यसपाला समदृष्टि रहेको थियो । फेसबुकतिर कतै "हामी त्यसै आएनौँ--पूर्व राजाले पठाको" भन्ने समेतका वाक्यहरु देखेथेँ यसपाला :)।

    तिहारको सेरोफेरोमा रहेर लेखिएको एउटा सुन्दर र सटिक लेख ।

    ReplyDelete
  7. Nice story...keep it up! I was totally in my childhood when I was reading this blog.

    ReplyDelete
  8. the childhood reminiscences are the ones that will never fade, but become livelier with every related moment...good one, and ur story made me miss my times :(

    ReplyDelete
  9. 98% same story 2 my life.....
    thanks alot
    good job

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match [LIVE]

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match खेल को पहिलो हाफसम्म जोर्डन ४ गोलले अगाडि छ ! जोर्डन ले ४ गोल हानेको छ भने, नेपाल ले कुनै पनि गोल फर्काउन सकेको छैन ! पहिलो हाल्फमा जोर्डनीहरुकै दवदवा रहेको थियो । First Half Nepal 0:4 Jordan Full Time Nepal 0:9 Jordan जोर्डन को रंगशालामा भएको खेलमा जोर्डनी टिम ९:० को विशाल अन्तर ले विजयी भएको छ ! नेपाली टिम, जोर्डनी टिम को अगाडि आज कमजोर सावित भयो, खेल अवधिभर नेपाली टिम जोर्डनी टिम को दवावमा रह्यो ! नेपालले छनौटको तेस्रो चरण प्रवेश गर्न बिहीबार दशरथ रंगशालामा अर्को एक खेल खेल्नेछ ! LIVE VIDEO WAS MOVED BY NOW Though LIVE video was moved, but we have small clip. Enjoy! Here's another Video:

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

Download Tihar Dhun and Deusi Bhailo Songs

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ । Download Tihar Songs: Bhailini/Bhailo - भैलो Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन Download Tihar Songs: deusi re / देउसी रे Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

डर : एक अनुभव

डर अर्थात Fear. गुगल मा Fear भन्ने शब्द खोज्यो भने १५०,०००,००० वटा नतिजा निस्कन्छन्। तर आफ्नो जिवन मा डर खोज्यो भने, त्यो भन्दा सायद धेरै डरहरु पत्ता लाग्छन् होला ! सबैभन्दा धेरै लाग्ने डर भनेकै 'मर्ने डर' हो । जन्मेपछि मर्नुपर्छ भन्ने थाहा छ, तर अहिले को उमेर मा यही कुरा ले डर लगाउँछ कहिँ सुईकिने त हैन भनेर ! वृद्ध अवस्था मा के हुन्छ थाहा भएन, तर सबैलाई लाग्ने सबैभन्दा ठूलो डर चाँहि मृत्यु कै हो । मृत्यु पछि अन्य डरहरु आउँछन् । विद्यार्थीलाई हरेक परीक्षा मा राम्रो गर्न सक्दिन कि भन्ने डर लाग्छ। अस्ति को दिन पनि पत्रिका मा आएको थियो, एसएलसी को कपी मा विद्यार्थीहरु ले पैसा राखेछन्, पास गराइदिनु भन्दै, किनकी उनीहरुलाई डर छ, फेल भइएला कि भनेर ! व्यापारीलाई आफ्नै किसिम को डर छ, लगानी डुब्ने हो कि, नाफा नहुने हो कि ? नेतालाई आफ्नै डर छ, कतै कुर्सी गुम्ने हो कि, कतै त्यो पो सत्ता मा पुग्ने हो कि ? कसैलाई के को डर, कसैलाई के को डर ? डर सँधै हाम्रै वरिपरि सँधै घुमिरहेको हुन्छ र हरेक क्षण सतर्क गराइरहेको हुन्छ । आज चाँहि म, सुनेका कुराहरुका कारण बालमष्तिस्क मा उब्जिने डर को बारेमा कुरा...

My First Post on Blog

Subscribe to Aakar Post