Skip to main content

नेपाली ब्लगर भेला भोलि हुँदै

शुभ दिपावली को अवसर पारेर, नेपाली ब्लगर्स समूह ले भोलि दिउँसो ( बिहिबार दिउँसो ३ बजे, नोभेम्बर ४ अर्थातकात्तिक १८ गते) क्यापिटल एफएम को सभाहल, थापागाउँ हाइट, नयाँ वानेश्वर मा भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रम गर्दैछ ।

विगत मा ३-४ वर्ष पहिले यस किसिम को नेपाली ब्लगर भेटघाट कार्यक्रम गरिएको थियो भन्ने सुनिए पनि, आफ्नालागि भने, भोलि को कार्यक्रम पहिलो प्रत्यक्ष भेटघाट को कार्यक्रम हुनेछ । तर दौँतरी को संयोजकत्वमा यस अघि अनलाइन भेटघाट भने पटक पटक भइसकेको छ । इन्टरनेटमा मुख्यत: सरकार को आदेशमा केही 'आइ एस पि' ले 'ब्लगस्पट' सबडोमेन को सम्पुर्ण ब्लगहरु ब्लक गरि, 'वाकस्वतन्त्रता कुण्ठित' गरिएको समय मा हुन लागेको भेटघाट कार्यक्रम ले सकरात्मक नतिजा ल्याउन सक्ने अपेक्षा गरिएको छ ।

हामीले यो भेला आगामी दिनका नियमित भेलाहरुका लागि प्रस्थान-बिन्दु बन्नसक्ने बिश्वाश राखेका छौँ र यहाँहरु सबैबाट शुभेच्छा र सहयोगको आशा गर्दछौं । कार्यक्रम मा ब्लगरहरु तथा ब्लग का पाठकहरुलाई सहभागी हुन हार्दिक अनुरोध गर्दछौँ ।

Event Details:
Nepali Bloggers Meet
Date: November 4, 2010 (कात्तिक १८ गते बिहिबार)
Time: 3:00pm Sharp
Venue: Capital FM, Thapa Gaun, New Baneshwor Kathmandu.
Events Page on Facebook: नेपाली ब्लगर-भेला

Comments

  1. कार्यक्रम सफल होस् मेरो शुभकामना ।
    खेमराज गाउँले
    रोल्पा
    http://gaunleman.blogspot.com

    ReplyDelete
  2. ब्लगर भेलाकाे सफलताकाे शुभकामना !

    ReplyDelete
  3. भोलि हुन् गइ रहेको ब्लगर भेला को सफलताको कामना गर्दछु ! अनि यहाहरुको उत्साह र प्रयासहरु कहिल्यौ नरोकियोस !
    मिल्छ भने आकार जी भोलि !उक्त मिटिंग हुदाको समयमा भेलाको केहि खबरहरु बेला बेलामा फेसबुक मार्फत हामीलाई पनि जानकारी गराउनु होला है ! लाइभ अपडेट जस्तो हुने गरि ! धन्यबाद !

    ReplyDelete
  4. all my best wishes. its really shameful that some ISP has blocked the blogspot.

    ReplyDelete
  5. ब्लगर भेलाको बारेमा जानकारीमूलक सामग्री राख्‍नुभएकोमा धन्यवाद आकार जी ।
    भेला फलदायी होला, आशा नगरौँ । तर ठूलै आकाङ्क्षा राख्‍नुभन्दा यो भेला आ-आफ्नै परिवेशमा छरिएका ब्लगरहरूबीचमा आत्मीयता वृद्धि र भावी कार्यनीतिको लागि आधार बन्यो भने मात्र पनि तत्कालका लागि धेरै हुनेछ ।

    ReplyDelete
  6. यो पोस्टको लागि धन्यवाद । माथि धाइबा जीले भन्नुभए जस्तै मलाइ पनि यो भेलाबाट ठूलै बाघ मर्ला जस्तो चाहिँ लाग्दैन । तर वर्षौँसम्म अनलाईन मात्रै परिचित हामीहरूको एक-अर्कामा "अफलाइन" परिचय हुनु र यो भेला भविष्यका लागि प्रस्थान-बिन्दु बन्नु पनि सानो उपलब्धि भने हैन जस्तो लाग्छ !

    ReplyDelete
  7. लौ है शुभकामना ! कस्तो भयो त कार्यक्रम ? सुन्न पाइयोस |

    ReplyDelete
  8. काठमान्डौंमा भएको भेलमा देशमै न भएपछी सामेल हुन सक्ने त कुरै भएन। तर जानकारी गराउनु भएकोमा आकारलाई धन्यबाद। तथा भेला सम्पन्न गर्नुभएकोमा सबै ब्लगर मित्रहरूलाई बधाइ। आगामी दिनमा पनि यस्तै प्रभावकारी काम राख्दै जानूहोला।

    दौंतरीले गरेको अन्तराष्ट्रीय भेलाको कुरा उठाउनू भएकोमा धन्यबाद। दौंतरीको अनलाईन भेला जारी नै रहनेछ। हरेको बर्षको अगष्ट र फेब्ररीमा हुने अन्तराष्ट्रीय भेला अब फेब्ररी २०११ मा दौंतरीमा हुने जानकारी गराउन चाहान्छू।

    नेपालियन ‍- नेपालीको ब्लग चौतारीबाट (दौंतरी)

    ReplyDelete
  9. काठमान्डौंमा भएको भेलमा देशमै न भएपछी सामेल हुन सक्ने त कुरै भएन। तर जानकारी गराउनु भएकोमा आकारलाई धन्यबाद। तथा भेला सम्पन्न गर्नुभएकोमा सबै ब्लगर मित्रहरूलाई बधाइ। आगामी दिनमा पनि यस्तै प्रभावकारी काम राख्दै जानूहोला।

    दौंतरीले गरेको अन्तराष्ट्रीय भेलाको कुरा उठाउनू भएकोमा धन्यबाद। दौंतरीको अनलाईन भेला जारी नै रहनेछ। हरेको बर्षको अगष्ट र फेब्ररीमा हुने अन्तराष्ट्रीय भेला अब फेब्ररी २०११ मा दौंतरीमा हुने जानकारी गराउन चाहान्छू।

    नेपालियन ‍- नेपालीको ब्लग चौतारीबाट (दौंतरी)

    ReplyDelete
  10. ब्लगर भेलाको बारेमा जानकारीमूलक सामग्री राख्‍नुभएकोमा धन्यवाद आकार जी ।
    भेला फलदायी होला, आशा नगरौँ । तर ठूलै आकाङ्क्षा राख्‍नुभन्दा यो भेला आ-आफ्नै परिवेशमा छरिएका ब्लगरहरूबीचमा आत्मीयता वृद्धि र भावी कार्यनीतिको लागि आधार बन्यो भने मात्र पनि तत्कालका लागि धेरै हुनेछ ।

    ReplyDelete
  11. कार्यक्रम सफल होस् मेरो शुभकामना ।
    खेमराज गाउँले
    रोल्पा
    http://gaunleman.blogspot.com

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

Download Tihar Dhun and Deusi Bhailo Songs

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ । Download Tihar Songs: Bhailini/Bhailo - भैलो Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन Download Tihar Songs: deusi re / देउसी रे Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

म र ऊ - एउटा अनलाइन भेट [कथा]

“तिमी को हो?” मेरो प्रश्न थियो! उसले भनी, “खुशी” । “को खुशी”, मैले सोधेँ ! “ह्या, कस्तो नचिन्या होला? म खुशी के ! रहर, छायाँ, खुशी जे भने नि म नै हो के”, उसको जवाफ ! “ए, तिमी पो, कता हराकी थियौ? अब के भनौँ त तिमीलाई उसोभए?” “जे भने नि हुन्छ!” “उसोभए म खुशी भन्छु है”, मैले भनेँ ! उसले हुन्छ भन्ने जनाउ दिन, आँखा सन्काइ र लेखी “हे हे” । कुरा यसरी नै सुरु भएको थियो च्याटमा ! च्याटमा को सँग कुरा गरिरहेछु, आफैँलाई पत्तो छैन, न पहिले च्याट गरिएको थियो, न भेट नै गरिएको थियो । ट्विटरमा नाम परिवर्तन गरिरहने ऊसँग ट्विटरमा आक्कल झुक्कल कुरा गरिने भएपनि उनको ‘म्यासेज’ पहिलोपल्ट च्याटमा अकस्मात आइपुगेको थियो ! म उनको बारेमा प्रस्ट हुन सकिरहेको थिँइन ! अत: फेरि सोधेँ, “यो खुशी को हो?” मेरो प्रश्नले, उसले आफू दुखित भएको जनाउ दिन लेखी “:(” “हैन किन यति रिङ्ग्याएको मलाई”, मैले सोधेँ । “नाम मे क्या रखा है? ;)”, उसको जवाफ ! “नाममा धेरै कुरा राख्या छ हजुर, चिन्नु त पर्यो नि, आफू कोसँग कुरा गर्दैछु भनेर”, मैले भनेँ ! “पिक द नेम, तिम्लाई जुन मन पर्छ त्यही राख”, उसले मलाई नाम छान्ने अधिकार दिई ।...

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match [LIVE]

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match खेल को पहिलो हाफसम्म जोर्डन ४ गोलले अगाडि छ ! जोर्डन ले ४ गोल हानेको छ भने, नेपाल ले कुनै पनि गोल फर्काउन सकेको छैन ! पहिलो हाल्फमा जोर्डनीहरुकै दवदवा रहेको थियो । First Half Nepal 0:4 Jordan Full Time Nepal 0:9 Jordan जोर्डन को रंगशालामा भएको खेलमा जोर्डनी टिम ९:० को विशाल अन्तर ले विजयी भएको छ ! नेपाली टिम, जोर्डनी टिम को अगाडि आज कमजोर सावित भयो, खेल अवधिभर नेपाली टिम जोर्डनी टिम को दवावमा रह्यो ! नेपालले छनौटको तेस्रो चरण प्रवेश गर्न बिहीबार दशरथ रंगशालामा अर्को एक खेल खेल्नेछ ! LIVE VIDEO WAS MOVED BY NOW Though LIVE video was moved, but we have small clip. Enjoy! Here's another Video:

KU Holi 2066 [Pictures]

This year also, I’ve celebrated Holi (Fagu Purnima) at Kathmandu University, Dhulikhel Kavre. This is my 3rd Holi at KU. Holi is one of the most interesting event over here. We are preserving KU Holi Culture. HAPPY HOLI !!! We have enjoyed a lot today, hope you are also enjoying the festival of colour HOLI. Once Again Happy Holi To You All. Here,  I’m posting some pictures of KU Holi 2066. Enjoy Holi !!!      11th and 13th Photo: By Shakun

Subscribe to Aakar Post