Skip to main content

नेपाली ब्लगर्स सेरोफेरो का १३ उत्कृष्ट ब्लग पोष्ट

नेपाली ब्लगरहरु को दौँतरीमा भएको अन्तिम छलफल मा आफूलाई उत्कृष्ट लागेको १० वटा ब्लगपोस्ट बारे सबैले लेख्ने भनिएको थियो ! केही साथीहरुले लेख्नु भयो पनि, तर आफ्नो व्यस्तता को कारण, आफूले भने अहिले सम्म नलेख्दा, अलि खल्लो महशुस भयो । अत: आज को यो पोष्ट मा, आफूले पढ्नेगरेका ब्लगहरु मध्येबाट आफूलाई उत्कृष्ट लागेको १३ ब्लगपोष्टहरु यहाँ राख्दैछु । पश्चिम तिर शुभ नमानिने अंक १३ नै लिएर मैले ब्लग लेखेँ है आज !

कसैलाई यहाँ आफ्नो ब्लगपोष्ट नराखिदिएको भए हुन्थ्यो, या कसैलाई आफ्नो ब्लगपोष्ट पनि भनिदिएको भए हुन्थ्यो झैँ लाग्न सक्छ, तर पनि आफूलाई साँच्चै प्रभाव परेको, घत परेको, समग्रमा भन्दा मन परेको ब्लगपोष्टहरु राख्दा यहाँहरु लाई अप्ठेरो पर्छ भने पहिले नै यहाँहरु सँग क्षमा माग्न चाहन्छु ! १३ उत्कृष्ट ब्लग भनिएपनि, यो ब्लगपोष्ट  १३ नम्बर र यो १ ब्लगपोष्ट  नम्बर भनेर चाँहि छुट्याइएको छैन है !

*****************************************************

केही रमाइला संस्मरणहरु ! - दिलीप आचार्य

 

दिलीप दाइ का सबै ब्लग पोष्टहरु निकै उपयोगी अनि रमाइला लाग्छन् । टेक्निकल कुराहरु पनि प्रस्ट बुझ्ने गरि लेख्नुहुन्छ, त्यसबाहेक ती उट्पट्याङ मुक्तकहरु पनि पढ्न निकै घतलाग्छ । समसामयिक विषय देखि, लघुकथासम्म, सबै कुरा मा दिलीपलाई सशक्त हस्ताक्षर हुनुहुन्छ भन्ने मेरो मान्यता छ ।

तर आज मेरो गन्ति मा भने, मैले उहाँ का ‘केही रमाइला संस्मरणहरु’ समेटेको छु । यो पढ्दा म निकै हाँसेको छु, निकै घत लागेको थियो । जिवन का केही घटनाहरु निकै रमाइला हुन्छन् ।dacharya

***************************************************** 

आमावसन्त गौतम

सायद वियोग को भाव मा लेखिएको वा कसैका प्रति श्रद्धा र आदरपुर्वक ले लेखिएको कुरा ले, पढ्नेहरु को मन मस्तिष्क मा एउटा तरंग को सञ्चार गरिदिन्छ । वसन्त दाइ ले आफ्नो आमालाई सम्झेर लेख्नुभएको यो ब्लगपोष्ट ले धेरै नै छोएको छ, पढ्दा हामीलाई कथा झैँ लागेपनि, यस लेखाइ बाट दाइ को भावनालाई छाम्न सकिन्छ । धेरै कुरा शब्द मा व्यक्त हुँदैनन् । अनि यस संसार मा ‘आमा’ बाट टाढा भएर बाँच्नु निकै कष्ठकर हुन्छ ।

basantagautam

*****************************************************

तपाईं किन कमेन्ट गर्नु हुन्न मलाई थाहा छ – मिलन लम्साल

हिन्दी चलचित्रमा हिजोआज कमेडी भन्ने बित्तिकै म राजपाल यादव को नाम सम्झन्छु । मैले चलचित्र हेर्नै पर्दैन, म एकान्त मा छु, अनि मैले राजपाल व्दारा अभिनित कुनै दृश्य सम्झेँ भने, एकाएक हाँस्न थाल्छु । त्यस्तै मिलन दाइलाई सम्झेर म हाँस्ने त होइन, तर पनि मिलन दाइ का ‘मनको कुरा’ पढ्दा अधिकांश पोष्टहरुमा मरिमरि हाँस्ने गरेको छु । नेपाली ब्लग मा, ब्लगर र ब्लगसम्बन्धि व्यंग्यहरुकै कारण, आज ‘तपाईं किन कमेन्ट गर्नु हुन्न मलाई थाहा छ ’ लाई मैले आफ्नो ब्लगपोष्ट गिन्ति मा समावेश गरेको छु ।

milan

**************************************************** 

Roots Deserve Respect! – Anjali Timilshina

पढाइ को सिलसिला मा अन्जली अमेरिका मा छिन् । त्यस सिलसिला मा उनले देखेका कुराहरुलाई यस कथा मार्फत सबैसामू प्रेषित गरेका छिन् । हाम्रो र हामी भन्दा पछिल्लो पुस्ता को बारेमा लेखिएको कुराले, हामीलाई हामी कता जाँदैछौँ भनेर सोच्न बाध्य बनाउँछ । प्रस्ट अंग्रेजीमा तर सबैले बुझ्ने गरि लेखिएको अन्जली को ब्लगपोष्ट आज मेरो गन्ति मा परेको छ ।

anjali

*****************************************************

The Differences!!! – Reecha Bhattarai

सायद मैले पछिल्लो पटक छिरेको नयाँ ब्लग यही नै होला । ‘द डिफरेन्सेज’ नामक ब्लगपोष्ट मा रिचा ले, हाम्रो समाज मा हुने र भए गरेका कुरालाई एउटा नयाँ कोण बाट सुक्षम ढंग ले देखाएकिछिन् भन्ने मेरो बुझाइ छ । दुइ वटा साना स्कुले बालकहरु को प्रसंग मा लेखिएको ब्लग, ले धेरै कुरा भनिरहेको छ । सरकारी र निजी स्कुल विच फरकलाई निकै सुक्ष्म ढंगले ब्लग मा उठाउन सफल भएकी कारण, मेरो ब्लग गन्ति मा आज रिचा को यो ब्लगपोष्ट परेको छ ।

reecha***************************************************** 

Just a heart died…! – Kishor K.Sharma

फोटो ले हजारौँ शब्दहरु बोल्छ रे । किशोर को यो फोटो ब्लगपोष्ट हेरेपछि मलाई, साँच्चै ‘फोटो ले हजारौँ शब्दहरु बोल्छ” भने झैँ लाग्यो । किशोर ले के सोचेर, यो पोष्ट राखेका हुन् त म ठोकुवा गर्न सक्दिन । तर आँ गर्दा, अलंकार बुझ्न सक्ने प्रवृत्ति का कारण, यो फोटो ब्लग आफूले धेरै हदसम्म बुझेको झैँ लाग्यो । जिवन का आरोह अवरोह को समिक्षा गर्दै, आफ्नो कुरा ‘क्रियटिभ’ तर ‘मर्मस्पर्शी’ फोटो मार्फत उजागर गरेका कारण, किशोर को यो ब्लगपोष्टलाई पनि मैले ब्लग गन्ति मा समावेश गरेको छु ।

kishor*****************************************************

I have never – Mohammad  Tajim

नेपाली ब्लग जगत मा, एउटै कुरा धेरै ब्लगरहरुले लेखेको देखेको छैन । तर तजिम व्दारा लेखिएका धेरैजसो ब्लगहरु अन्य ब्लगरहरुले पनि ‘रि-ब्लग’ गर्ने गरेका छन् । यसको पछिल्लो उदाहरण ‘I have Never’ भन्ने ब्लगपोष्टलाई लिन सकिन्छ । अन्य ब्लगरहरु भन्दा फरक विषयमा ब्लग गर्ने, आफ्नो कुरा प्रस्ट राख्ने भएका कारण, बुटबल का तजिम को ब्लग मेरो गन्ति मा परेको छ ।

उनको यो ब्लगपोष्टलाई, दिल्ली बाट दिनेश वाग्ले, केन्याबाट आन्विका गिरी, अमेरिका बाट साधना शर्मा, दक्षिण भारत बाट राजिव दाहाल, तथा यहाँबाट मैले रि-ब्लग गरेका थियौँ ।

tajim***************************************************** 

A Google Widget for Nepali Bloggers – Nabin Sir

नेपाली ब्लग र नेपाली ब्लगरहरु प्रति, फिजिक्स का प्राध्यापक तथा विद्यार्थी नविन सर ले धेरै नै मेहेनत गर्नु भएको छ । मेहनत कै परिणाम स्वरुप, हिजो आज अधिकांश नेपाली ब्लगहरु मा नविन सर ले बनाउनुभएको ब्लग ग्याजेट राख्ने गरिएको छ । नेपाली ब्लगरहरु मा समर्पति यो ब्लगपोष्ट मेरो गन्ति मा पर्न सफल भएको छ ।nabin

**************************************************** 

मुगु अनुभव- प्रवेश – मिलन ढुंगाना

मुगु, नेपाल को पश्चिम मा रहेको विकट जिल्ला ! त्यही मुगु जिल्ला मा, मिलन दाइ कार्यरत हुनुहुन्छ । सिडिएमए इन्टरनेटले साथ दिँदा, मुगु बाटै ब्लगरहरु ब्लग मा पोष्ट गर्नुहुन्छ । यो ब्लगपोष्ट मा, मुगु प्रवेश गर्दा को अनुभव समेटिएको छ । एउटा भिन्दै लोक मा पुगे झैँ लाग्ने, त्यस ठाउँको, मिलन दाइ ले त्यस ठाउँमा पुग्दा को वर्णन निकै राम्रो सँग गर्नुभएको छ । यही मुगु अनुभव को दोश्रो श्रृंखला नेपाली दैनिक ‘अन्नपुर्ण पोष्ट’  को परिशिष्टाङ्क मा पनि छापिएको थियो । मुगु सँग परिचय गराउने, यो ब्लगपोष्ट पनि मेरो गन्ति मा परेको छ ।

milandai***************************************************** 

खै कस्तो अन्योलता ? – विनिता दाहाल

सरल र मिठासपुर्ण शैलीमा लेखिएको यो ब्लगपोस्ट मा “लक्ष्मी” नामलाई सम्बोधन गर्दै, विनिता दिदीले आफ्ना भोगाइहरु, आफ्ना वरिपरि घटिरहेका घटनाहरुलाई, निकै रोचक ढंगले प्रस्तुत गर्नुभएको छ । यो ‘लक्ष्मी सिरिज’ को नाम ले धेरै अंकहरुमा बाँढिएको छ भन्दा अत्युक्ति नहोला ।binita

***************************************************** 

झ्याउरे पिरती – प्रवेश पौडेल

प्रवेशलाई लेख्ने र बोल्ने कुरा मा भेट्न मुस्किल छ । हुन त विश्विद्याल मा नै कवि तथा नेता का छवि बनाएका प्रवेश का अधिकांश पोष्टहरु ले निकै काउँकुति लगाउँछन् । फरक लवज मा लेखिएको ‘झ्याउरे पिरती’ पढ्दा निकै हाँसिएको थियो । पेट मिचिमिचि हसाउँन सफल भएका कारण, प्रवेश को ब्लग पोष्टलाई पनि मैले समेटेको छु । prabesh

***************************************************** 

म! मात्र म एक प्रणीत प्रतिनिधि पात्र – अर्जुन पौडेल

अन्तिम मा सँधै, ‘चेतना भया’ लेखेर ब्लग टुंग्याउनु हुने अर्जुन दाइ को ब्लग को यो पोष्ट ले आफ्नो पनि कुरा बोलिदिए झैँ लाग्छ । arjun paudel

*****************************************************

म HIV +VE – अमेत्य

मेरा ब्लग का पुराना पाठक, अमित अहिले वर्डप्रेसबाट ब्लगर प्लेटफार्म मा छिरिसकेका छन् । तर यो वर्डप्रेस मै लेखिएको यो ब्लगपछि, अमित धेरै महिना हराए, कुनै खोज खबर विना नै । डरलाग्दो, शीर्षक मा कविता लेखेर, अमित हराएपछि, कतै यो कविता उसको आफ्नै वास्तविकता त होइन भनेर म धेरै दिन सोचिरहेँ अनि खोजिरहेँ । खोज्दा नभेटिएपछि, एउटा ब्लग लेखेर नै, उनको खोजी गर्नुपरेको थियो । मलाई केही महिना सम्म तर्साउन सफल, अमित को ब्लगपोष्ट मेरो गन्ति मा परेको छ ।

ametyaहामी नेपाली ब्लगरहरु सयौँ को संख्या मा छौँ,  अनि हजारौँ को संख्यामा  ब्लगपोष्टहरु पढिएको छ । नाम नै लिने हो भने पनि लामो लिस्ट हुन जान्छ, १३ वटा ब्लगपोष्ट मात्र चर्चा गरेकोले, चाहँदा चाहँदै पनि, धेरै ब्लपोष्टहरु यहाँ समावेश गर्न सकिएन, बाँकि राम्रा लागेका ब्लगपोष्टहरु अरु कुनै पोष्ट मा लेखौँला !

P.S. Btw, this is not a ranking.

Comments

  1. Really nice to find these posts which are so much valued....

    I felt good scrolling these posts....these are worth reading.

    ReplyDelete
  2. Thank you!! Great to know about these beautiful posts.Also, got some clues about good Nepali Bloggers!! :)

    ReplyDelete
  3. Aakarji, this is the great compilation of your great choice, kindly I have read all of these posts and liked them very much.

    ReplyDelete
  4. @ekendra
    And Now I think, I should have written about more than 25 blogpost...missed some other worth reading blogpost... :(

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

SLC Result 2066/2067 (2009-2010)

The Office of the Controller of Examinations (OCE), Sanothimi, on Friday published the results of the School Leaving Certificate (SLC) 2066 examinations held last year. 64.31 percent students passed the SLC 2066/67, according to the Controller of Examinations (OCE) Sanothimi, Bhaktapur. We have uploaded SLC Result 2066 in .pdf , .txt and in .zip file format for you. Download the file and search your ‘symbol number’. Congratulations to all, who passed SLC this year. And if you want to see your results with marks then, you can follow THT (symbol no. and birth date required). Download SLC Result 2066/2067 (2009-2010) : REGULAR: EXEMPTED: Distinction --------------- First division First division Second Division Second Division Third Division Third Division Withheld Withheld ...

मोबाइलोग्राफी Photo Story [Pictures]

ग्राहक को पर्खाइ मा हात को मुठी भित्र सल्किरहेको चुरोट छ, नेपाली ढाकाटोपी, अनि कोट र गोल्डस्टार जुत्ता मा सजिएका बुढा बा, पुरानो वसपार्क छेवैको, एक पर्खाल को आड मा ग्राहक को पर्खाइ मा छन् । काँटावाला, तराजु लिएर बसेका उनी, मान्छे को तौल जोख्छन्, तौल जोखि माग्नेहरुले पैसो तिरेर आफ्नो तौल जोख्छन् । यो फोटो लिएको समय नेपाली कांग्रेस को महाधिवेशन चल्दैथियो । बाटोभरि मान्छेहरु को भिड थियो, तर यस्तो लाग्दैथ्यो यी बुढा बा लाई केही वास्ता थिएन । उनी चुरोट तान्दै आफैँ मा हराइरहेका झैँ देखिन्थेँ । ढल्किँदो दिन त्रिपुरेश्वर मा अवस्थित मन्दिर को फोटो खिच्दा, पश्चिम मा सूर्य डुब्न लागिसकेको थियो । कोलाहाल को बिचमा उभिएको मन्दिर आफू मा चाँहि साह्रै शान्त छ । पुल्चोक मा आयोजित लोकस २०१० हेरेर फर्किँदै गर्दा, थकाइ मार्ने उद्देश्य ले यही मन्दिर मा एकछिन अडिएको थिँए । झोलुङ्गे पुल ललितपुर बालकुमारी मा, मनोहरा खोला माथि रहेको झोलुंङ्गे पुल ! यो फोटो खिच्दा, मौसम सफा थिएन, हल्का वर्षा भइरहेथ्यो । त्यसदिन केही साथिहरु को साथ मा, नयाँ वानेश्वर, शंखमुल हुँदै यो झोलुङ्गे पुल तरेर, बालकुमारी हु...

ट्विटरव्दारा प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न आग्रह [पडकास्ट 📻 ]

आकार पोष्ट रेडियोको पहिलो अंकमा स्वागत छ । आजको यो अंकमा ट्विटरले केही दिन पहिले पासवर्ड परिवर्तन गर्न जारी गरेको सूचनाको बारेमा कुरा गर्दैछु । के कति कारणले, ट्विटरले पासवर्ड परिवर्तन गर्न सूचना जारी गर्‍यो, तथा प्रयोगकर्ताले के कति कारणले पासवर्ड तुरुन्त परिवर्तन गर्नुपर्छ भन्ने विषयमा यो अंक केन्द्रित छ । पडकास्टको यो पहिलो अंक परिक्षणको रुपमा मोबाइलमा रेकर्ड गरेर तयार पारिएको हो । कति सकिन्छ थाहा छैन, तर यस पडकास्टलाई साप्ताहिक रुपमा सञ्चालन गर्ने मेरो योजना छ, जहाँ सूचना प्रविधिका विभिन्न पाटोहरुको बारेमा कुरा गर्नेछु । हाललाई यो पडकास्ट एन्कर एफएम तथा स्टिचर एप मार्फत सुन्न सकिन्छ । ट्विटरमा प्रयोग भएको पासवर्ड अन्य साइटहरुमा (जस्तो: फेसबुक, गुगल, दराज, सस्तोडिल, ड्रपबक्स आदि) पनि प्रयोग गरिएकोछ भने, ती साइटहरुमा पनि पासवर्ड तुरुन्त परिवर्तन गर्नुभइ, इन्टरनेटमा सुरक्षित रहनुहोला। प्रो टिप: साइटहरुमा कहिले पनि एउटै पासवर्ड प्रयोग नगर्नुहोला। pic.twitter.com/PjWwQWc7C4 — Aakar Anil (@aakarpost) May 4, 2018

कुन च्याट एप्स चलाउने?

फेसबुकको मेसेन्जरमा स्टोरीज आएपछि वाक्क, दिक्क नै भइयो । त्यसको विकल्प खोज्ने क्रममा पहिले त फेसबुक र मेसेन्जर एप दुवै मोबाइलबाट हटाएर ब्राउजरमा चलाउन थालेँ । त्यसको केही दिनपछि फेसबुक लाइट र मेसेन्जर लाइट चलाउन पुगेँ । फेसबुक लाइटको 'एप एक्सपिरियन्स' खासै गतिलो लागेन र फेरि केही हप्ता पछि फेसबुक एपमा सरेँ तर फेसबुक मेसेन्जर चाँहि मेसेन्जर लाइट नै मनपर्‍यो । गज्जब, च्याट गर्न मात्र मिल्ने । त्यसो त मोबाइलमा करिब आधा दर्जन च्याट एप्स छन्, सबै एप सँधै चलाइँदैन । अर्को कुरा, च्याटको लागि प्रयोग नगरिने एप्‌मा पनि च्याट गर्ने फिचर छ या भनौँ "प्राइभेट मेसेज" गर्ने सुबिधा छ । उदाहरणको लागि इन्स्टाग्राम फोटो सेयर गर्ने एप हो, तर यहाँ साथीहरुलाई सिधै मेसेज पनि गर्न मिल्छ, दोहोरो च्याट गर्न मिल्छ । हिजोआज म पनि प्राय: ट्विटरको 'डाइरेक्ट मेसेज' धेरै प्रयोग गरिरहेको हुन्छु, साथीहरुसँग कुरा गर्न । एक समय यस्तो थियो, म गुगल टक या भनौँ जिमेल च्याट मात्रै प्रयोग गर्थेँ । कसैले केही म्यासेज मलाई पठाउनु छ भने, कि त ईमेल गर्थे वा गुगल टकमा कुरा गर्थे, हैन भने फोन र एसएम...

भारतमा साइट ब्लक गरिँदा, नेपालमा पनि साइट ब्लक [File Sharing Sites Blocked in Nepal]

भारतको सर्वोच्च अदालतको आदेश अनुसार भारतका इन्टरनेट प्रदायक संस्थाहरु (ISP) ले फाइल सेयरिङ साइटहरु, टोरेन्ट, भिडियो साइटहरु तथा अन्य उपयोगी साइटहरुलाई ब्लक गरेकाछन् । आइसोहन्ट (Isohunt), पाइरेट वे (thepiratebay), किकएसटोरेन्ट (kickasstorrent) लगायतका टोरेन्ट साइटहरु तथा भिमियो (Vimeo) र डेलिमोसन (DailyMotion) जस्ता भिडियो सेयरिङ साइटका साथै पेस्टविन (Pastebin), एक्समार्क्स (Xmarks) जस्ता साइटहरुले 'पाइरेसी'लाई बढावा दिएको भन्दै उक्त साइटहरुलाई 'ब्लक' गर्न भारतको सर्वोच्च अदालतले 'आइएसपी'हरुलाई आदेश दिएको थियो । आदेश लगत्तै रिलायन्स, एयरटेल लगायत भारतिय इन्टरनेट प्रदायक संस्थाहरुले उक्त साइटहरु भारतमा ब्लक गरेकाछन्, तर त्यसैको असर स्वरुप नेपालका पनि केही आइएसपीहरुका प्रयोगकर्ताहरुले उक्त सेन्सरसिप सहन गर्नु परेको छ । भारतीय इन्टरनेट प्रदायक संस्थाहरुले साइट ब्लक गर्दा, नेपालमा पनि ती साइटहरु ब्लक हुन पुगेकाछन् । पेस्टविन, पाइरेट वे जस्ता साइटहरु नेपालका अधिकांश आइएसपीहरुबाट नखुल्ने भएकोछ, त्यसको सट्टा "अदालतको आदेश अनुसार साइट ब्लक गरिएकोछ" (Access t...

Subscribe to Aakar Post