डेमोक्रेसी मेनु सुन्दा झट्ट अचम्म लाग्न सक्छ तर एउटा रेष्टुरेन्ट मा भने डेमोक्रेसी मेनु राखिएको रहेछ । डेमोक्रेसी मेनु मा, लोकतन्त्र खाजा, मल्टिपाट्रि क्वाँटि, अग्रगामी सेकुवा, जनक्रान्ति छोयला आदि राखिएकोहेछ । अस्ति शनिवार को दिन बबरमहल स्थित फल्चा मा ‘काठमाडौँ बारक्याम्प २०१०’ को आयोजना गरिएको थियो, त्यही फल्चा मा नै थरिथरिका मेनुहरु रहेछन् । डेमोक्रेसी मेनु मात्र कहाँ हुनु, पिस (शान्ति) मेनु पनि टाँगिएको रहेछ ।
राजनैतिक शब्द, या भनौँ नेपाल को राजनिति मा प्रचलित शब्दहरु लिएर फल्चामा खाना को मेनु बनाइएको रहेछ । देशमा नेताहरु ले कुर्सी को लुछाचुँडि गरिरहेको बेला, मल्टिपार्टि क्वाँटि, अग्रगामी सेकुवा र जनक्रान्ति छोयला आदि रहेको डेमोक्रेसी मेनु मा तपाई पनि रमाउनुहोस् ! मेनु मात्रै हेरेर त के रमाइलो लाग्ला र खै ? अब प्रजातन्त्र र शान्ति मेनु देखेपछि उतै गएर टन्न बजाउँदा झनै रमाइलो हुँदो हो !!! :D