फेसबुक मा जोडिएर आएको शब्द, ‘बुक’, फेसबुक ले आफ्नै पेवा बनाएछ ! हिजो देखि इन्टरनेट मा फेसबुक को पेवा ‘बुक’ को बारे को चर्चा आक्कासिएको छ । कुरा हो, ठूलो ‘फेसबुक’ ले सानो ‘टिचबुक’ माथि गरेको आक्रमण !
आफ्नो ‘बुक’ को सिको गर्दै, ‘टिचबुक’ साइट ले, नाम नै ‘टिचबुक’ राखेको भन्दै, फेसबुक ले निहुँ खोजेको छ ! फेसबुक ले निहूँ खोजेको मात्र हैन, ‘टिचबुक’ माथि मुद्दा नै हालिसकेको छ ! विभिन्न साइट र ब्लगहरु ले लेखिरहेका छन् : Teachbook is currently being sued by Facebook for trademark infringement — yes, the "book" part of its name.फेसबुक, अधिकांश मानिस को समय लुट्ने वेवसाइट हो भने, टिचबुक शिक्षकहरु को अनलाइन कम्युनिटि हो, जसले शिक्षकहरु को समय राम्रो काम मा खर्च गराउँछ । टिचबुक मार्फत शिक्षकहरु, सामुहिक रुपमा भेला भएर छलफल गर्छन्, कक्षा प्लान आदि बनाउँछन् । तर सोसल नेटवर्किङ साइट फेसबुक ले क्यालिफोर्निया को अदालतमा हिजो टिचबुक विरुद्ध ‘बुक’ को विषयमा मुद्दा दर्ता गरेको छ ।
हेर्दा, सामान्य लाग्ने घटना छ ! कपिराइट को प्रसंग नि उठ्ला तर के ‘बुक’ भन्ने कुरा, ‘फेसबुक’ को पेवा हो र ? के अरु कसैले ‘बुक’ भन्ने शब्द नै प्रयोग गर्न नपाउने हो र ? निहुँ नै खोज्ने हो भने, ‘फेसबुक’ भन्दा धेरै पहिले देखि ‘ब्ल्याकबुक’ नाम को एक पब्लिकेशन हाउस छ, जसले पाठ्यपुस्तकहरु छाप्ने गर्छ । यही ‘बुक’ को निहुँ मा अरु ले पनि, फेसबुक को विरुद्ध मुद्दा हाले फेसबुक के गर्छ ? ठूला माछा ले सानो माछा लाई खान्छ भन्ने प्रवृति ‘फेसबुक’ को यो कदम ले देखाएको छ ।
कुरै गर्ने हो भने, ‘ईबुक’ नामक अर्को एउटा साइट छ ! ‘ईबुक रिडर’ सफ्टवेयरहरु विभिन्न कम्पनीहरुले निर्माण गरिरहेका छन् । के ती सबै ‘बुक’हरु आफ्नै पेवा हो भन्दै, ‘फेसबुक’ ले मुद्दा हाल्नु कति को न्यायससंगत छ? यदि त्यस्तै भन्ने हो भने, हामीले पढ्ने गरेको ‘बुक’लाई किन फेसबुक ले आफ्नो साइट ‘बुक’ जोडेर, हाम्रो बुक (किताव) को बदनाम गर्यो भनेर,फेसबुक सँग निहुँ खोज्न सकिन्छ !
सायद ‘फेसबुक’ र ‘टिचबुक’ उस्तै सुनिन्छ भनेर पनि, फेसबुक ले निहुँ खोजेको हुनसक्छ तर जसले जति नै भनेपनि, ‘बुक’ फेसबुक को पेवा हुँदैन । ‘बुक’ शब्द जो सुकै ले, जुनसुकै साइट मा पनि प्रयोग गर्न पाउनुपर्छ । संसार मा, नाम मा ‘बुक’ जोडिएका धेरै साइटहरु छन् ।
‘ब्ल्याकबुक’, ‘ईबुक’, ‘टिचबुक’,’कुकबुक’,’रेसबुक’, ‘डक्टर्सबुक’, ’टेस्टबुक’, ‘स्क्रापबुक’, ‘होटेलबुक’ :P , ‘रनबुक’, ‘ट्विटबुक’ आदि त केही उदाहरणहरु मात्र हुन् ।
अचम्म लाग्यो, फेसबुक का ‘मालिक’हरु को मतिभ्रष्ट किन भएको होला ?
तपाईलाई के लाग्छ ? के ‘बुक’ शब्द फेसबुक कै पेवा हो । तयार रहनुहोस्, फेसबुक को विरुद्ध मा अनलाइन आन्दोलन गर्नुपर्ने हुनसक्छ !!! :D