Skip to main content

Shruti Sambeg : तरुनी खेती : Episode-1

Listen to 1st Episode of “Taruni Kheti”

आज को श्रुति संवेग को यो अंक देखि हामी ‘सरुभक्त’ को उपन्यास ‘तरुनी खेती’ को वाचन गर्दै छौँ ।shruti_sambeg_ban भन्नैपर्छ, यो उपन्यास सरुभक्त को एक जबरजस्त उपन्यास हो ! (जति नै सुने पनि धित मरेको छैन)

विषयवस्तु परिचित भएपनि, प्रस्तुतिकरण नितान्त फरक रहेको छ । महिला अनि पुरुष, को सामाजिक स्थितिलाई लेखिएर लेखिएको उपन्यास मा, ‘महिला’लाई यौनिक रुप ले हेरिएको छ ।

सरल कुरा तर जटिल प्रस्तुती लाग्ने हुँदा, सुरु मा उपन्यास ले के भन्न खोजिरहेको भन्ने कुरा बुझ्न निकै गाह्रो पर्छ । नारीलाई खेत, पुरुषलाई किसान, यस्तै यस्तै उपमा र बिम्ब बाट नारी र पुरुषलाई परिभाषित गरिएको छ ।

भुमिका मा सरुभक्तले भन्नुभएकोछ, “यसलाई पुरुषहरु ले गलत नबुझुन र नारीहरु ले बुझ्न इन्कार नगरुन्” ।

सरुभक्त भन्छन्, नाम, सबै नाम सर्वनाम, सर्वनाम, नाम को सट्टामा आउने ! सर्वनाम भनेको छदमनाम होइन, सर्वनाम भनेको कोटि नाम होइन, सर्वनाम भनेको शुभ नाम होइन, सर्वनाम भनेको उपनाम होइन, सर्वनाम भनेको अल्पनाम होइन, सर्वनाम भनेको बदनाम होइन, सर्वनाम भनेको अतिनाम होइन, अनाम होइन ।

सर्वनाम सबै घर मा हुन्छ, सर्वनाम सबै टोल मा हुन्छ, सर्वनाम सबै सहर मा हुन्छ, सर्वनाम सबै देशमा हुन्छ, सर्वनाम सबै तिर हुन्छ । सर्वनाम समूह मा एक्लो हुन्छ, सर्वनामहरु असमानता मा बाँच्छन् ।

सुरुमा सुन्दा केही जटिल लागे पनि, सुन्दै जाने हो भने सबै कुरा प्रस्ट हुन्छ । महिला र पुरुष बिच का सामाजिक असमानताहरुलाई, विभिन्न विम्वहरु को प्रयोगहरु बाट लेखक ले प्रस्ट पार्न खोजेका छन् । पृथ्वी, भुमन्डल, जमिन, खेत, किसान, यस्तै यस्तै वि्म्वहरु को प्रयोग बाट हाम्रो सामाजिक स्थिति को चित्रण गरेका छन् ।

उज्यालो ९० नेटवर्क को लागि निर्माण गरिएको कार्यक्रम श्रुति संवेग मा सदाझैँ वाचन मा अच्युत घिमिरे हुनुहुन्छ भने प्रविधी मा दिनेश निरौला र शशिन्द्र गौतम रहनुभएको छ । कार्यक्रम सञ्चालन मन्टेश्वरी राजभन्डारी ले गर्नुभएको छ ।

Download: Sharubhakta’s Taruni Kheti Episode-1

Comments

  1. मलाई मन पर्ने उपन्यास मध्यको एक, सुन्ने मौका मिलाईदिनु भएकोमा धेरै धेरै धन्यवाद है आकारजी...

    ReplyDelete
  2. this is one of my best radio programme thanks for helping us to listen again....

    ReplyDelete
  3. The best radio programme and the best radio anchor'SHRUTI SAMBEG AND ACHYUT' its a great combination.thanx 4 granting the chance to listen from internet.....

    ReplyDelete
  4. The best radio programme and the best radio anchor'SHRUTI SAMBEG AND ACHYUT' its a great combination.thanx 4 granting the chance to listen from internet.....

    ReplyDelete
  5. Achyut is one in all. I have never tired by listening him since last ten years

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match [LIVE]

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match खेल को पहिलो हाफसम्म जोर्डन ४ गोलले अगाडि छ ! जोर्डन ले ४ गोल हानेको छ भने, नेपाल ले कुनै पनि गोल फर्काउन सकेको छैन ! पहिलो हाल्फमा जोर्डनीहरुकै दवदवा रहेको थियो । First Half Nepal 0:4 Jordan Full Time Nepal 0:9 Jordan जोर्डन को रंगशालामा भएको खेलमा जोर्डनी टिम ९:० को विशाल अन्तर ले विजयी भएको छ ! नेपाली टिम, जोर्डनी टिम को अगाडि आज कमजोर सावित भयो, खेल अवधिभर नेपाली टिम जोर्डनी टिम को दवावमा रह्यो ! नेपालले छनौटको तेस्रो चरण प्रवेश गर्न बिहीबार दशरथ रंगशालामा अर्को एक खेल खेल्नेछ ! LIVE VIDEO WAS MOVED BY NOW Though LIVE video was moved, but we have small clip. Enjoy! Here's another Video:

Download Tihar Dhun and Deusi Bhailo Songs

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ । Download Tihar Songs: Bhailini/Bhailo - भैलो Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन Download Tihar Songs: deusi re / देउसी रे Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

नागको चित्र बनाउने सजिलो तरिका [VIDEO]

आज नागपञ्चमी, नाग अकिंत चित्रहरु घरको ढोकामा गाइको गोबरले टाँसेर दुबो, फूल, अक्षता आदिले पूजा गर्ने गरिन्छ । यसरी ढोका या मूल खाबाेंमा टाँसिएको नागको चित्रले बर्षभरि रक्षा गर्ने जनविश्वास छ । हिजोआज बजारमा नागका थरिथरिका, रंगीविरङ्गी चित्रहरु पाइन्छन् तर यदि तपाईले नागको चित्र भेट्नुभएको छैन वा पाउनु भएको छैन भने पनि चिन्ता नलिनुस्, यो ब्लगमा नागको चित्र बनाउने सजिलो तरिकाबारे चर्चा गर्दैछु। नागको चित्र कसरी बनाउने? सादा कागजमा पहिले 'ब्र्याकेट' (    ) बनाउँदै जानुस् । पहिलो लहरमा एउटा, दोस्रोमा दुईवटा, तेस्रोमा ३ वटा, चौथोमा ४ वटा, त्यस्तै पाँचौमा ३ वटा, छैटौँमा २ वटा, र सातौँमा एउटा 'ब्र्याकेट' बनाउनुस् । त्यसपछि माथिल्लो र तल्लो लहरका ब्राकेटहरु आपसमा छड्के तरिकाले जोड्दै जानुस् । यति गरिसकेपछि, टाउको र पुच्छर बनाउनुस् । तपाईको नाग तयार हुन्छ, यसलाई अझ रंगरोगन गरेर, राम्रो बनाउन सक्नुहुन्छ । विस्तृत विवरणको लागि तलको यो भिडियो हेर्नुस् । नाग पञ्चमी के हो? कसरी मनाइन्छ? ( हाम्रो पात्रो बाट साभार) आज नाग पञ्चमी, अब बिस्तारै बर्षा ओरालो लाग्दैछ, चाडवाडहरुको मौ...

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

सामाजिक सञ्जालको मान्यता विपरित कान्तिपुर र नागरिक दैनिक को ट्विटर @nagarikdaily @ekantipur_

तपाईले यदि ट्विटर को बारेमा सुन्नुभएको छ भने वा तपाई ट्विटरको नियमित प्रयोगकर्ता हुनहुन्छ भने तपाईलाई पक्कै थाहा होला, ट्विटर भनेको माइक्रोब्लगिङ साइट हो, जसले अहिले सूचना र समाचार को क्षेत्रमा नयाँ क्रान्ति ल्याइदिएको छ । ट्विटर मा ट्विट गरिन्छ, जुन तपाईका आफ्ना ‘फलोअर’हरु ले पढ्ने गर्छन् । सामाजिक सञ्जाल ट्विटर हँसिमजाक गर्ने ठाउँ भन्दा पनि, सुचना र समाचार थाहा पाउने गतिलो माध्यम बन्दै गएको छ भन्दा अत्युक्ति नहोला । तर के तपाईलाई नागरिक र कान्तिपुर दैनिक को ट्विटर को बारेमा थाहा छ ? तपाई यदि ट्विटर को नियमति प्रयोगकर्ता हुनुहुन्छ भने, नागरिक र कान्तिपुर को ट्विटर ‘एकाउन्ट’ को बारेमा गरिएको कुरा तपाईलाई रोचक लाग्ने मेरो अनुमान छ । के तपाईलाई थाहा छ, कान्तिपुर को ट्विटर एकाउन्ट को ट्विट ‘प्राइभेट’ गरिएको छ भने नागरिक दैनिक को ट्विटर एकाउन्ट ले केयौँ व्यक्तिलाई फलो गर्नबाट बञ्चित गरेको छ, या भनौँ ‘ब्लक’ गरेको छ । सुचना र समाचार को लागि म ट्विटरलाई हरदम पच्छ्याइरहेको हुन्छु । म विशेषगरि समाचार साइटलाई फलो गरिरहेको हुन्छु, अझ त्यो भन्दा बढि नेपालमा हुने गतिविधिको लागि नेपालीहरु र नेपाल...

Subscribe to Aakar Post