Skip to main content

ह्याप्पी ! असार १५ [Pictures]

आज असार १५, नेपालीहरु का लागि एउटा पर्व सरह नै हुन्छ । आज दही च्युरा खाने दिन ! सम्भवत: आज कै दिनलाई धान दिवस को रुपमा पनि मनाउने गरिन्छ ।  तर यसपाली अहिले सम्म पनि वर्षा नलागेकोले, अधिकांश ले धान भने रोप्न पाएका छैनन्, अत: उनीहरुलाई असार १५ पनि खल्लो, खल्लो नै लागेको छ । सिचाइ को सुविधा नहुनु नै, हामी नेपालीहरु को दुर्भाग्य होला ।

घर मा हुँदा  आज दिन मा कम्ति मा पनि, खेत मा गएर एकचोटि हिलो छोइन्थ्यो । हिलो मा चल्नु पनि रमाइलो नै हुन्छ, अझ असार को झरी परिरहेको बखत पानी मा भिज्दै, हिलो मा खेल्दै, बाउसे गर्न निकै नै रमाइलो हुन्थ्यो ।

भनिन्थ्यो, आज को दिन त राजा रानी ले पनि हिलो छुन्छन् रे, अत: उनीहरुले पनि हिलो खेल्छन् भन्ने थाहा पाएर आफूलाई पनि, कसैगरि पनि हिलो खेल्नुपर्थ्यो आज को दिन मा ! तर अहिले परिस्थिति फरक छ ! :P

आज यही असार १५ को मेसो पारेर, २-३ दिन अघि आफ्नो विश्वविद्यालय को वरिपरि खिचेको फोटो पोष्ट गर्दैछु । आशा छ, यी हरिया देखिएका धान खेतहरुले, यहाँहरुलाई पनि, असार १५, रोपाइ, दही च्युरा को सम्झना दिलाउने छ । असार १५  का अवसर मा समस्त नेपाली कृषकहरुलाई हार्दिक शुभकामना !
 Asar 15 Paddy DayAsar 15 Paddy Day Asar 15 Paddy Day  Asar 15 Paddy Day

Comments

  1. Your post and the pictures made me to miss the Asar 15 a lot :(..............

    Dhaan ropnu, paanima rujhnu, khetalaharusang ko tyo khaja khanu, hilo jyaper khelnu, hilyamai bhaye pachi pokhari ma paudanu, tyo dahi-chyura, aaNp ko mithas aadi aadi...

    I'm feeling nostalgic..... reminded me my childhood :(

    Only the thing I did today is - ate dahi-chyura. :D. Have you too?

    Anyway, Happy Asar Pandhra. :)

    ~ J

    ReplyDelete
  2. The pictures are so lovely....and I enjoyed it personally as being there in the field and touching the muddy field...running there and feeling nature within...Just loved the pictures..it gave a freshness or saying in Nepali.....Sheetalta.... :)

    ReplyDelete
  3. Your post and the pictures made me to miss the Asar 15 a lot :(..............

    Dhaan ropnu, paanima rujhnu, khetalaharusang ko tyo khaja khanu, hilo jyaper khelnu, hilyamai bhaye pachi pokhari ma paudanu, tyo dahi-chyura, aaNp ko mithas aadi aadi...

    I'm feeling nostalgic..... reminded me my childhood :(

    Only the thing I did today is - ate dahi-chyura. :D. Have you too?

    Anyway, Happy Asar Pandhra. :)

    ~ J

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match [LIVE]

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match खेल को पहिलो हाफसम्म जोर्डन ४ गोलले अगाडि छ ! जोर्डन ले ४ गोल हानेको छ भने, नेपाल ले कुनै पनि गोल फर्काउन सकेको छैन ! पहिलो हाल्फमा जोर्डनीहरुकै दवदवा रहेको थियो । First Half Nepal 0:4 Jordan Full Time Nepal 0:9 Jordan जोर्डन को रंगशालामा भएको खेलमा जोर्डनी टिम ९:० को विशाल अन्तर ले विजयी भएको छ ! नेपाली टिम, जोर्डनी टिम को अगाडि आज कमजोर सावित भयो, खेल अवधिभर नेपाली टिम जोर्डनी टिम को दवावमा रह्यो ! नेपालले छनौटको तेस्रो चरण प्रवेश गर्न बिहीबार दशरथ रंगशालामा अर्को एक खेल खेल्नेछ ! LIVE VIDEO WAS MOVED BY NOW Though LIVE video was moved, but we have small clip. Enjoy! Here's another Video:

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

Download Tihar Dhun and Deusi Bhailo Songs

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ । Download Tihar Songs: Bhailini/Bhailo - भैलो Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन Download Tihar Songs: deusi re / देउसी रे Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

डर : एक अनुभव

डर अर्थात Fear. गुगल मा Fear भन्ने शब्द खोज्यो भने १५०,०००,००० वटा नतिजा निस्कन्छन्। तर आफ्नो जिवन मा डर खोज्यो भने, त्यो भन्दा सायद धेरै डरहरु पत्ता लाग्छन् होला ! सबैभन्दा धेरै लाग्ने डर भनेकै 'मर्ने डर' हो । जन्मेपछि मर्नुपर्छ भन्ने थाहा छ, तर अहिले को उमेर मा यही कुरा ले डर लगाउँछ कहिँ सुईकिने त हैन भनेर ! वृद्ध अवस्था मा के हुन्छ थाहा भएन, तर सबैलाई लाग्ने सबैभन्दा ठूलो डर चाँहि मृत्यु कै हो । मृत्यु पछि अन्य डरहरु आउँछन् । विद्यार्थीलाई हरेक परीक्षा मा राम्रो गर्न सक्दिन कि भन्ने डर लाग्छ। अस्ति को दिन पनि पत्रिका मा आएको थियो, एसएलसी को कपी मा विद्यार्थीहरु ले पैसा राखेछन्, पास गराइदिनु भन्दै, किनकी उनीहरुलाई डर छ, फेल भइएला कि भनेर ! व्यापारीलाई आफ्नै किसिम को डर छ, लगानी डुब्ने हो कि, नाफा नहुने हो कि ? नेतालाई आफ्नै डर छ, कतै कुर्सी गुम्ने हो कि, कतै त्यो पो सत्ता मा पुग्ने हो कि ? कसैलाई के को डर, कसैलाई के को डर ? डर सँधै हाम्रै वरिपरि सँधै घुमिरहेको हुन्छ र हरेक क्षण सतर्क गराइरहेको हुन्छ । आज चाँहि म, सुनेका कुराहरुका कारण बालमष्तिस्क मा उब्जिने डर को बारेमा कुरा...

My First Post on Blog

Subscribe to Aakar Post