Skip to main content

अल नेपाल बायोटेक फुटबल कप को उपाधि ह्वाइट हाउसलाई

KU BiC तथा बायोटेक्नोलोजी ०७ ब्याच को आयोजना मा भएको “3rd All Nepal Biotechnology Football Tournament” को उपाधि ह्वाइट हाउस ले जितेको छ । केयु स्टेडियम, धुलिखेल काभ्रेमा शुक्रबार दिउँसो भएको अत्यन्तै रोमाञ्चक खेल मा ह्वाइट हाउस टिमले, केयु को स्टाफ टिमलाई ३-२ गोल ले हराउँदै, उपाधि माथि कब्जा जमाउन सफल भएको  हो ।3rd All Nepal Biotechnology Cup

पहिलो हाफ मा शुन्य गोल को बराबरी मा रहेका टिमहरु  खेल को दोस्रो हाफ मा भने गोल गर्न सफल भएका थिए । ह्वाइटहाउस का लागि प्रवेश भट्टराई ले पहिलो गोल गरेका थिए भने केयु स्टाफ टिम का मनोज बडु ले, पाएको पेनल्टि को सदुपयोग गर्दै पहिलो गोल फर्काउँदै खेल बराबरी मा पुर्याएका थिए । खेल को ६३ औँ मिनेट मा ह्वाइट हाउस का केशव बहादुर कार्की ले गोल गर्दै टिमलाई १ गोल को अग्रता दिलाएका थिए । तर खेल मा ह्वाइट हाउस ले यो अग्रता धेरै बेर कायम गर्न सकेन । ६५ औँ मिनेट मा प्रज्वल बस्नेत ले केयु स्टाफ को लागि अर्को १ गोल गर्दै, खेल लाई बराबरी मा पुर्याए ।

खेल अवधिभर दुबै तर्फबाट २-२ गोल भएकोले खेल ‘एक्स्ट्रा’ समय मा लम्बियो । थपिएको समय को सदुपयोग गर्दै ह्वाइट हाउस का अम्बर बहादुर कार्की ले ह्वाइट हाउस को लागि गोल गर्दै खेललाई ३-२ मा पुर्याए । केयु स्टाफ टिम का किपर को हात बाट बल फुत्किएर गोल हुँदा सबैलाई विश्वकप को अस्ति को इंग्ल्यान्ड को किपर को याद आएको थियो ।

तेस्रो अल नेपाल बायोटेक्नोलोजी फुटबल टुर्नामेन्ट को समापन कार्यक्रम मा बिजेता र खेलाडिहरुलाई विद्यार्थी कल्याण केयु का डाइरेक्टर प्रोफेसर डा. जंगम चौहान तथा ध्रुव प्रसाद गौचन र समिरमणी  दिक्षित ले संयुक्त रुपमा पुरस्कार वितरण गर्नुभएको थियो । समापन का अवसर मा बोल्दै उहाँहरुले ‘खेलकुद’ लाई पनि विद्यार्थीले ध्यान दिनुपर्ने बताउनुभएको थियो भने, खेल सफतापुर्वक सम्पन्न गरेको मा आयोजकलाई धन्यवाद दिनुभएको थियो ।

समापन समारोह मा ह्वाइट हाउस का प्रवेश भट्टराई ले ‘हाइ स्कोरर’ को उपाधि जिते, उनले खेल अबधिभर ४ गोल गरेका थिए । त्यस्तै केयु स्टाफ का सुजित श्रेष्ठ ‘बे्स्ट प्लेयर’ घोषित भएका थिए । “तेस्रो अल नेपाल बायोटेक्नोलोजी फुटबल टुर्नामेन्ट” मा, केयु बाट विद्यार्थी को ४ टिम र १ स्टाफ टिम सहित ५ वटा टिम ले सहभागिता जनाएका थिए भने लर्ड बुद्ध, सान इन्टरनेशनल तथा ह्वाइट हाउस को १-१ वटा टिम गरि जम्मा ८ वटा टिम को सहभागिता रहेको थियो । खेल सञ्चालन रेफ्री दामोदर धिताल ले सञ्चालन गरेका थिए भने, लाइन्सम्यान को रुपमा क्षीतिज सुवेदी र विमान श्रेष्ठ रहेका थिए ।

खेल को अन्त्यमा हामी सँग कुरा गर्दै ह्वाइट हाउस का टिम कोच  नविन न्यौपाने ले, खेल निकै सौहार्द रहेको प्रतिक्रिया जनाउनु भयो । तर रेफ्रि का केही निर्णय मा चित्त नबुझेको संकेत गर्दै, आगामी दिन मा रेफ्रि बाहिर बाट ल्याउन सुझाउनुभयो । म्यानेजम्यान्ट निकै राम्रो भएको प्रशंशा गर्दै, खेलाडिलाई बस्नलाई बेञ्च को व्यवस्था खेलमैदान मा गर्नुपर्ने बताउनुभयो । आफू भर्खर मात्र ह्वाइट हाउस को प्रशिक्षक भएको बताउँदै, आफुले विशेषत खेलाडिलाई ‘पोजिसन’ वाइज बल खेल्न प्रेरित गरेको बताउनुभयो । प्रशिक्षक नविन न्यौपाने काठमाडौँ को  ‘एन आर टि’ बाट फुटबल खेल्नु हुन्छ ।

उपाधि जित्ने, ह्वाइट हाउस टिमलाई हार्दिक बधाई तथा शुभकामना !!!

Comments

  1. II yr lai haraera white house le cup jityo so sad..

    ReplyDelete
  2. II yr lai haraera white house le cup jityo so sad..

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

SLC Result 2066/2067 (2009-2010)

The Office of the Controller of Examinations (OCE), Sanothimi, on Friday published the results of the School Leaving Certificate (SLC) 2066 examinations held last year. 64.31 percent students passed the SLC 2066/67, according to the Controller of Examinations (OCE) Sanothimi, Bhaktapur. We have uploaded SLC Result 2066 in .pdf , .txt and in .zip file format for you. Download the file and search your ‘symbol number’. Congratulations to all, who passed SLC this year. And if you want to see your results with marks then, you can follow THT (symbol no. and birth date required). Download SLC Result 2066/2067 (2009-2010) : REGULAR: EXEMPTED: Distinction --------------- First division First division Second Division Second Division Third Division Third Division Withheld Withheld ...

मोबाइलोग्राफी Photo Story [Pictures]

ग्राहक को पर्खाइ मा हात को मुठी भित्र सल्किरहेको चुरोट छ, नेपाली ढाकाटोपी, अनि कोट र गोल्डस्टार जुत्ता मा सजिएका बुढा बा, पुरानो वसपार्क छेवैको, एक पर्खाल को आड मा ग्राहक को पर्खाइ मा छन् । काँटावाला, तराजु लिएर बसेका उनी, मान्छे को तौल जोख्छन्, तौल जोखि माग्नेहरुले पैसो तिरेर आफ्नो तौल जोख्छन् । यो फोटो लिएको समय नेपाली कांग्रेस को महाधिवेशन चल्दैथियो । बाटोभरि मान्छेहरु को भिड थियो, तर यस्तो लाग्दैथ्यो यी बुढा बा लाई केही वास्ता थिएन । उनी चुरोट तान्दै आफैँ मा हराइरहेका झैँ देखिन्थेँ । ढल्किँदो दिन त्रिपुरेश्वर मा अवस्थित मन्दिर को फोटो खिच्दा, पश्चिम मा सूर्य डुब्न लागिसकेको थियो । कोलाहाल को बिचमा उभिएको मन्दिर आफू मा चाँहि साह्रै शान्त छ । पुल्चोक मा आयोजित लोकस २०१० हेरेर फर्किँदै गर्दा, थकाइ मार्ने उद्देश्य ले यही मन्दिर मा एकछिन अडिएको थिँए । झोलुङ्गे पुल ललितपुर बालकुमारी मा, मनोहरा खोला माथि रहेको झोलुंङ्गे पुल ! यो फोटो खिच्दा, मौसम सफा थिएन, हल्का वर्षा भइरहेथ्यो । त्यसदिन केही साथिहरु को साथ मा, नयाँ वानेश्वर, शंखमुल हुँदै यो झोलुङ्गे पुल तरेर, बालकुमारी हु...

ट्विटरव्दारा प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न आग्रह [पडकास्ट 📻 ]

आकार पोष्ट रेडियोको पहिलो अंकमा स्वागत छ । आजको यो अंकमा ट्विटरले केही दिन पहिले पासवर्ड परिवर्तन गर्न जारी गरेको सूचनाको बारेमा कुरा गर्दैछु । के कति कारणले, ट्विटरले पासवर्ड परिवर्तन गर्न सूचना जारी गर्‍यो, तथा प्रयोगकर्ताले के कति कारणले पासवर्ड तुरुन्त परिवर्तन गर्नुपर्छ भन्ने विषयमा यो अंक केन्द्रित छ । पडकास्टको यो पहिलो अंक परिक्षणको रुपमा मोबाइलमा रेकर्ड गरेर तयार पारिएको हो । कति सकिन्छ थाहा छैन, तर यस पडकास्टलाई साप्ताहिक रुपमा सञ्चालन गर्ने मेरो योजना छ, जहाँ सूचना प्रविधिका विभिन्न पाटोहरुको बारेमा कुरा गर्नेछु । हाललाई यो पडकास्ट एन्कर एफएम तथा स्टिचर एप मार्फत सुन्न सकिन्छ । ट्विटरमा प्रयोग भएको पासवर्ड अन्य साइटहरुमा (जस्तो: फेसबुक, गुगल, दराज, सस्तोडिल, ड्रपबक्स आदि) पनि प्रयोग गरिएकोछ भने, ती साइटहरुमा पनि पासवर्ड तुरुन्त परिवर्तन गर्नुभइ, इन्टरनेटमा सुरक्षित रहनुहोला। प्रो टिप: साइटहरुमा कहिले पनि एउटै पासवर्ड प्रयोग नगर्नुहोला। pic.twitter.com/PjWwQWc7C4 — Aakar Anil (@aakarpost) May 4, 2018

कुन च्याट एप्स चलाउने?

फेसबुकको मेसेन्जरमा स्टोरीज आएपछि वाक्क, दिक्क नै भइयो । त्यसको विकल्प खोज्ने क्रममा पहिले त फेसबुक र मेसेन्जर एप दुवै मोबाइलबाट हटाएर ब्राउजरमा चलाउन थालेँ । त्यसको केही दिनपछि फेसबुक लाइट र मेसेन्जर लाइट चलाउन पुगेँ । फेसबुक लाइटको 'एप एक्सपिरियन्स' खासै गतिलो लागेन र फेरि केही हप्ता पछि फेसबुक एपमा सरेँ तर फेसबुक मेसेन्जर चाँहि मेसेन्जर लाइट नै मनपर्‍यो । गज्जब, च्याट गर्न मात्र मिल्ने । त्यसो त मोबाइलमा करिब आधा दर्जन च्याट एप्स छन्, सबै एप सँधै चलाइँदैन । अर्को कुरा, च्याटको लागि प्रयोग नगरिने एप्‌मा पनि च्याट गर्ने फिचर छ या भनौँ "प्राइभेट मेसेज" गर्ने सुबिधा छ । उदाहरणको लागि इन्स्टाग्राम फोटो सेयर गर्ने एप हो, तर यहाँ साथीहरुलाई सिधै मेसेज पनि गर्न मिल्छ, दोहोरो च्याट गर्न मिल्छ । हिजोआज म पनि प्राय: ट्विटरको 'डाइरेक्ट मेसेज' धेरै प्रयोग गरिरहेको हुन्छु, साथीहरुसँग कुरा गर्न । एक समय यस्तो थियो, म गुगल टक या भनौँ जिमेल च्याट मात्रै प्रयोग गर्थेँ । कसैले केही म्यासेज मलाई पठाउनु छ भने, कि त ईमेल गर्थे वा गुगल टकमा कुरा गर्थे, हैन भने फोन र एसएम...

भारतमा साइट ब्लक गरिँदा, नेपालमा पनि साइट ब्लक [File Sharing Sites Blocked in Nepal]

भारतको सर्वोच्च अदालतको आदेश अनुसार भारतका इन्टरनेट प्रदायक संस्थाहरु (ISP) ले फाइल सेयरिङ साइटहरु, टोरेन्ट, भिडियो साइटहरु तथा अन्य उपयोगी साइटहरुलाई ब्लक गरेकाछन् । आइसोहन्ट (Isohunt), पाइरेट वे (thepiratebay), किकएसटोरेन्ट (kickasstorrent) लगायतका टोरेन्ट साइटहरु तथा भिमियो (Vimeo) र डेलिमोसन (DailyMotion) जस्ता भिडियो सेयरिङ साइटका साथै पेस्टविन (Pastebin), एक्समार्क्स (Xmarks) जस्ता साइटहरुले 'पाइरेसी'लाई बढावा दिएको भन्दै उक्त साइटहरुलाई 'ब्लक' गर्न भारतको सर्वोच्च अदालतले 'आइएसपी'हरुलाई आदेश दिएको थियो । आदेश लगत्तै रिलायन्स, एयरटेल लगायत भारतिय इन्टरनेट प्रदायक संस्थाहरुले उक्त साइटहरु भारतमा ब्लक गरेकाछन्, तर त्यसैको असर स्वरुप नेपालका पनि केही आइएसपीहरुका प्रयोगकर्ताहरुले उक्त सेन्सरसिप सहन गर्नु परेको छ । भारतीय इन्टरनेट प्रदायक संस्थाहरुले साइट ब्लक गर्दा, नेपालमा पनि ती साइटहरु ब्लक हुन पुगेकाछन् । पेस्टविन, पाइरेट वे जस्ता साइटहरु नेपालका अधिकांश आइएसपीहरुबाट नखुल्ने भएकोछ, त्यसको सट्टा "अदालतको आदेश अनुसार साइट ब्लक गरिएकोछ" (Access t...

Subscribe to Aakar Post