जब जब परिवर्तनको लहर सुरु हुन्छ, इतिहास हेर्ने हो भने, बलिया वर्लिनका पर्खालदेखि निरंकुश शासनको पतन निमेषमै हुन पुग्दछ । नेपालको राजनितिक इतिहासमापनि प्रजातन्त्रको लडाँई, पञ्चायती व्यवस्थाको अन्त्य तथा गणतन्त्रको स्थापना यसका उदाहरण हुन ।
नेपाली राजनितिमा परिवर्तनको निम्ति युवा शक्तिको अग्रणी भूमिका रहन्छ । शाहीकालको अस्तपछि नेपाल मेटामोरफोसिसको स्तिथिमा छ जुन आमूल राजनितिक परिवर्तनको प्रक्रियउ हो । यस संक्रमणकालमा राजनितिक अस्थिरता, सामुदायिक द्वन्द, दण्डहिनताले गर्दा हिंसा तथा असुरक्षा बढ्दै ज्ञानुका साथै अर्थतन्त्र धरासायी बन्दै गएको छ। युवा जमात देश विकासको मेरुदण्ड हो, नयाँ विचारको केन्द्रविन्दु हो तर यसलाई हरेकपटक पार्टीगत नितिमात्र लादेर निहित स्वार्थको निम्ति तोडफोड तथा उच्छृङखल कार्य, युद्धमा प्रयोग गरिनु हामीमाझ विडम्वना छ ।
आजभोलि बढिरहेको एजुकेशनल ड्रिफ्टलाई हेर्ने हो भने बौद्धिक समाजको पलायन लगातार भइरह्यो भने एउटा थप समस्याको सुरुवात निश्चित छ जसलाई विश्लेषण गर्दा राजनितिक अस्थिरताको शिकार, अस्तव्यस्त शैक्षिक निति, शिक्षाक्षेत्रमा राजनितिक हस्तक्षेप तथा अवसरको कमि मानिन्छ जसलाई समाधान गर्न जरुरि देखिन्छ । वर्तमान स्थितिमा पनि कतिपय नेपाली युवाहरु सुनौला सपनाको वेवास्ता गरेर देश विकास, परिवर्तनका लागि ग्रासरुट लेभलमा लगातार कटिबद्ध छन जसलाई प्रोत्साहग र सहयोगको खाँचो छ र तिनिहरुको कदर हुनु आवश्यक छ । नेपालमा जन्मदैमा कोहीपनि सच्चा नेपाली हुदैन, सच्चा नेपाली हुन नेपालीपन चाहिन्छ , देशको निम्ति त्याग हुनुपर्छ र राष्ट्रिको स्वार्थ हुनुपर्दछ ।
नेपाली जनताले बुझेको क्रान्ति सायद राँके जुलुस र लौरो बोकेर गरिने राजनितिक विरोध मात्र हो जसको अव आवश्यकता छैन । अब नयाँ क्रान्तिको आवश्यकता छ , त्यो हो आर्थिक क्रान्ति, औधोगिक क्रान्ति । नेपालको अर्थतन्त्र विगतका केहि वर्षदेखि धरासायी हुँदै गईरहेको छ। सत्ता लुछाचुडीको उत्तम नमुना नेपालको राजनिति नै हुनुपर्छ । देश गतिशिल हुन सकेको छैन, विकासका कार्य ठप्प छैन, खाद्यान्न संकट, सामाजिक असुरक्षा, साम्प्रादायिक द्वन्द जस्ता समस्याहरु बढ्दै गएका बेला एकअर्कालाई आक्षेप लगाउनुको साटो दुरदर्शा सोच लिएर अगाडी बढ्नु हरेक राजनितिक व्यक्तित्वलाई बुद्धिमता देखिन्छ ।
नेपाली जनताले आशा, नयाँ संविधान बनाउने जिम्मेवारी लिएको संविधानसभाले अनावश्यक मुद्दामा किचलो बनाएर दिएको मितिमा संविधानजारी गर्न नसक्दा आफूलाई बेकम्मा सावित गरेको छ जसले जनतामा खिन्नता ल्याएको छ । २ वर्षसम्म आर्थिक भार बनेको संविधानसभाको जमातलाई पुन थप १ वर्षको म्याद यथासिद्ध कर्तव्यबोधकासाथ सदुपयोग गरी तोकिएको समयभन्दा अगाडीनै संविधान निर्माण गरेर जनताको मन जित्ने एउटा अवसर बनेको छ ।
स्मरण रहोस्, निजि स्वार्थलाई लिएर कोही-कसैले पनि राजनितिक अस्थिरतालाई लम्बाउने कुचेष्टा राखेर देशको स्वाधीनतामा संकट आएमा त्यो स्वयं पतन भएर जानेछ । हामी आशा राख्छौँ, सायद परिवर्तनको यो लहरले राजनितिक अस्थिरतालाई अन्त्य गरेर नयाँ संविधान ल्याउनेछ, आर्थिक क्रान्तिको शुरुवात गरेर गतिशिल तथा समृद्ध राष्ट्रको सिर्जना गर्नेछ ।
-मुकुन्द भण्डारी
काठमाण्डौ विश्विद्यालय, बायोटेक तेस्रो वर्ष, धुलिखेल, काभ्रे ।
Email: bhandari.mukunda@gmail.com