Skip to main content

पाकिस्तान मा फेसबुक र युट्युब प्रतिबन्धित [Friday Tech]

पाकिस्तानी सरकार ले पाकिस्तान मा ‘फेसबुकयुट्युव’ माथि प्रतिबन्ध लगाएको छ । ती दुवै वेवसाइटहरु Pakistani students hold a rally against Facebook page पाकिस्तान मा अनिश्चितकाल का लागि बन्द गरिएका छन् ।

फेसबुक को Everybody Draw Mohammad Day — May 20 नामक पेज मा मुस्लिमहरु का आस्था का केन्द्र तथा ईश्वर का दुत ‘मोहम्मद’ को कार्टुन बनाएर, ‘मोहम्मद’ र सम्पुर्ण मुस्लिम समुदाय को धार्मिक आस्था माथि प्रहार गरिएको भन्दै, पाकिस्तान मा प्रदर्शन चर्केपछि, पाकिस्तानी सरकार ले बुधबार देखि फेसबुक माथि प्रतिबन्ध लगाएको हो । उक्त फ्यान पेज मा हालसम्म करिब १० हजार वटा मोहम्मद का विकृत कार्टुनहरु राखिएको छ । मोहम्मद माथि आस्था राख्ने जो कोहीलाई ती कार्टुनहरु सह्य नहुने किसिम का रहेका छन् । अघिल्लो दिन, त्यो पेज मात्र बन्द गरिएको भएपनि बुधबार दिउँसो देखि भने, फेसबुक पुर्ण रुपमा बन्द गरिएको थियो ।

त्यस्तै, पाकिस्तानी सरकार ले बिहिबार देखि भिडियो साटिने साइट ‘युट्युब’ लाई पनि अनिश्चितकाल का लागि पाकिस्तान मा प्रतिबन्ध लगाएको छ । युट्युब बन्द गर्नु को कारण, स्पस्ट रुपमा नखुलाइएको भएपनि, युट्युब मा ‘आपत्तिजनक’ भिडियोहरु रहेका कारण युट्युबलाई प्रतिबन्ध लगाइएको, पाकिस्तानी सरकार ले बताएको छ ।

सरकारी अधिकारीहरु का अनुसार इन्टरनेट मा पाइएका ४५० वटा भन्दा बढि आपत्तिजनक लिंकहरुलाई पाकिस्तान मा प्रतिबन्धित गरिएको छ ।

यहाँ पनि छ: Pakistan Blocked Facebook, Pakistan Blocked YouTube too !

Comments

  1. यो राम्रो कुरा हो । अर्काको धार्मिकता को खिल्लि उडानु हुदैन ।

    ReplyDelete
  2. tara control garne upay chhaina ra?

    ReplyDelete
  3. फेसबुक किन तेस्ता पेज लाई बन्द गर्दैन ?

    ReplyDelete
  4. मेरो बिचारमा धेरै प्रयोगकर्ताले उचित कारण देखाएरले रिपोर्ट गरेको खण्डमा वा फेसबुकमा अनुरोध पठाएको खण्डमा यस्ता पेजहरु हटाउन सकिन्छ, अर्को कुरा तल्लो स्तरको गाली गलौज वा व्यंग्यचित्र राख्नु फेसबुकको नभई प्रयोगकर्ताको गल्ती वा दुरुपयोग हो, र त्यस्तो त जहाँ/जेमा पनि हुने गर्छ । त्यतिकैमा फेसबुकमानै प्रतिबन्ध लगाउनु उचित होइन जस्तो लाग्छ। म त यसलाई सुचना र संचारमाथि अंकुश लगाएको ठान्छु ।

    ReplyDelete

Post a Comment

Subscribe to Aakar Post