Skip to main content

What Next? After Demise of Girija Prasad Koirala

लोकतान्त्रिक आन्दोलन का शिखर पुरुष गिरिजा प्रसाद कोइराला को अवसान सँगै, अब देश को राजनिति ले कुन मोड लेला ? शान्ति प्रकृया र संविधान निर्माण कार्य के होला भनेर सर्वत्र विभिन्न शंका उपशंकाहरु उठिरहेको छ ।

आफ्ना जिवनकाल मा धेरै राम्रा तथा नराम्रा कामहरु का कारण सँधै चर्चा मा रहेका कोइराला, जिवन को पछिल्लो क्षण मा, शान्ती प्रकृयालाई तार्किक निश्कर्ष मा पुर्याइ, जनतालाई नयाँ संविधान दिने इच्छा भने अधुरैGirija Prasad Koirala रह्यो । माओवादी जस्तो, ११ वर्ष जनयुद्ध गरेको पार्टिलाई शान्ति प्रकृया मार्फत राजनितिक मुलधार मा ल्याए बाट कोइराला को राजनितिक उचाइ निकै बढेको थियो ।

पछिल्लो समय मा “सहमति , सहकार्य  र एकता” लाई विशेष जोड दिँदै आएका कोइराला को निधन बाट देशलाई अपुरणिय क्षति पुगेको छ । सबैलाई मिलाएर लान सफल, राजनिति का सर्वोच्च तथा वरिष्ठ नेता कोइराला को निधन सँगै, शान्ति प्रकृया तथा संविधान निर्माण मा ब्रेक लाग्ने त हैन भन्ने शंका पनि उठिरहेको छ ।

पुर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेस का सभापति गिरिजा प्रसाद कोइराला को निधन सँगै एउटा युग, ‘कोइराला युग’ को अन्त्य भएको छ । मजदुर आन्दोलन मार्फत राजनिति मा छिरेका कोइराला सँधै प्रजातन्त्र र लोकतन्त्र को लागि लडिरहे । राणा शासन तथा पञ्चायत का विरुद्ध संघर्ष गरेका कोइराला ले ६२-६३ को आन्दोलन को पनि नेतृत्व गरेका थिए । उनैको नेतृत्व मा सयौँ वर्ष देखि राजतन्त्र रहेको मुलुक, गणतन्त्र मा प्रवेश गर्यो ।

राजनिति का सेन्ट्रल पावर तथा आफ्नो अडान मा अडिग रहने कोइराला विगत केही महिना देखि बिरामी परेका थिए । कोइराला पछि, उनको स्थान लिन सक्ने कुनै नेपाली नेता अहिले सम्म देखिएका छैनन् । अहिले को संक्रमणकालिन नेपाली राजनिति मा उनको अभाव खड्किरहनेछ ।  साँच्चै अब के होला त ? गिरिजा प्रसाद को निधन पछि, नेपाली राजनिति ले कुन मोड लेला ? शान्ति प्रकृया तथा संविधान निर्माण प्रकृया के होला ?

कोइराला को आत्मा ले शान्ति पाओस् । हार्दिक श्रद्धान्जली !!!

Comments

  1. कोइरालाको आत्माले शान्ति पाओस।

    ReplyDelete
  2. कोइरालाको आत्माले शान्ति पाओस।

    ReplyDelete

Post a Comment

Subscribe to Aakar Post