Skip to main content

Student United Mission KU Donated Books in Baglung [Pictures]

“Campaign To Help Rural Nepal” को नारा साथ गत वर्ष देखि स्थापना भइ सामाजिक सेवा मा अग्रसरता देखाउँदै आएको Kathmandu University का विद्यार्थीहरु को समूह Student United Mission KU ले १३ मार्चStudent United Mission KU मा  बाग्लुङ को रायाडाँडा गाउँ को श्री महा विद्यार्जन माध्यमिक विद्यालय को पुस्तकालय को लागि पुस्तकहरु वितरण गरेका छन् ।

Student United Mission KU  का २८ जना विद्यार्थीहरु को समूह बाग्लुङ को रायाडाँडा पुगी विद्यालय पुस्तकालय को लागि पुस्तकहरु प्रदान गरेका थिए । काठमाडौँ विश्वविद्यालय इलेक्ट्रिकल तेस्रो वर्ष का विद्यार्थी रविन्द्र जी सी को सभापतित्व मा  श्री महा विद्यार्जन माध्यमिक विद्यालय रायाडाँडा, बाग्लुङ मा उक्त कार्यक्रम सञ्चालन गरिएको थियो ।

केयु का विद्यार्थीहरु ले कक्षा १ देखि १० सम्म का दर्जनौँ पाठ्यपुस्तकहरु जम्मा गरेर, उक्त विद्यालय को लागि पुस्तक वितरण गरेका हुन् । यसका साथै, कार्यक्रम मा ४० वटा सिएफएल चिम पनि निशुल्क बाँडिएको थियो । स्थानीय कृषकहरु को लागि भर्मि कम्पोष्ट ट्रेनिङ  गरि करिब ४०० वटा गँड्यौला पनि वितरण गरिएको थियो । श्री महा विद्यार्जन माध्यमिक विद्यालय  मा सञ्चालन गरिएको कार्यक्रम मा, प्राथमिक उपचार का औषधीहरु पनि Student United Mission KU  का विद्यार्थीहरु ले बाँडेका थिए ।

Student United Mission KU  का अनुसार कार्यक्रम मा ३ वटा कम्प्युटर पनि वितरण गर्ने कार्यक्रम थियो, तर काठमाडौँ विश्वविद्यालय ले अन्तिम समय मा कम्प्युटर उपलब्ध नगराइदिएको ले, कम्प्युटर वितरण गरिएन । काठमाडौँ विश्वविद्यालय ले ३ महिना पछि कम्प्युटर उपलब्ध गराउने प्रतिबद्धता गरे अनुरुप Student United Mission KU ३ महिना पछि फेरि बाग्लुङ गएर कम्प्युटर हस्तान्तरण गर्ने कुरा Student United Mission KU ले जनाएको छ  ।

स्थानिय, स्कुल व्यवस्थापन समिति, शिक्षक शिक्षिका तथा विद्यार्थीहरु को उत्साहजनक सहभागिता रहेको कार्यक्रम मा, स्वास्थ्य, शिक्षा, कम्प्युटर प्रविधि आदि विविध विषयहरु को बारेमा Student United Mission KU का विद्यार्थीहरु ले प्रिजेन्टेसन तथा अन्तरक्रियात्मक कार्यक्रम गरेका थिए। अन्तरक्रियात्मक कार्यक्रम मा सहभागिलाई हौसला स्वरुप पुरस्कार पनि बाँडिएको थियो भने स्कुल को विद्यार्थीहरु को नाम मा अक्षेय कोष पनि खडा गरिएको थियो ।

१२ मार्च शुक्रबार मा Student United Mission KU अन्तर्गत  ५ जना छात्रा सहित २८ जना विद्यार्थीहरु काठमाडौँ विश्वविद्यालय धुलिखेल बाट बाग्लुङ का लागि प्रस्थान गरेका थिए । समूह मा ईलेक्ट्रिकल बाट ९ जना, ईन्भाइरोमेन्टल साइन्स  बाट ७ जना, बायोटेक  बाट २ जना, मेकानिकल बाट ३ जना, कम्प्युटर बाट २ जना, मिडिया बाट १ जना तथा फार्मेसी  बाट ४ जना विद्यार्थीहरु को सहभागिता थियो । बेलुका साँढे ६ बजे बाग्लुङ बजार पुगेको टोलीलाई बाग्लुङ एफएम ले स्वागत गरेको थियो । बेलुका ७ बजे टर्च लाइट को सहारा मा बाग्लुङ बजार बाट करिब ६ घन्टा को ठाडो उकालो हिँडेर विद्यार्थी टोली राती २ बजे, रायाडाँडा पुगेको थियो । १३ मार्च मा कार्यक्रम गरेर, विद्यार्थीहरु १४ मार्च मा केयु मा क्लास लिन आइएपुगेका थिए ।

कार्यक्रम एकदमै सफल भएको र, यो आफ्नो लागि  नौलो अनुभव रहेको कुरा बताउँदै ३ महिना पछि कम्प्युटर वितरण को लागि फेरि बाग्लुङ  जाने योजना रहेको Student United Mission KU का लाल बहादुर बुढा ले बताए । सामाजिक काम मा विद्यार्थीहरु ले गरेको यो प्रयास को लागि हामी हार्दिक आभार व्यक्त गर्दछौँ साथै यस किसिम का कामहरु को खुलेर चर्चा र प्रशंसा गर्न पनि हामी सबैलाई आग्रह गर्दछौँ ।

Student United Mission KU Student United Mission KU Student United Mission KU Student United Mission KU Student United Mission KU Student United Mission KU Student United Mission KU Student United Mission KUStudent United Mission KU  Student United Mission KU Student United Mission KU Student United Mission KUStudent United Mission KU Student United Mission KU Student United Mission KU Student United Mission KU  Student United Mission KU Student United Mission KU  Baglung BaglungStudent United Mission KU

Comments

  1. Applause for such an enlightening work-- if every sector helps as per their potentiality for the development of infrastructure, the day Nepal will be counted as one of the developed nations is not far! Great job!

    ReplyDelete
  2. Awesome....deed! keep it up guys!!

    ReplyDelete
  3. It is really great to know this....
    Keep it up !

    ReplyDelete
  4. dhanyabad sabai jana lai........myself lal bahadur budha...yo mission ko 1 member...:)

    ReplyDelete
  5. hami yo mission lai..prasamsa prapta garne mull navayera....sabai jana lai prerit garera...rural area ko bikas garne yeuta kadam ko rupp ma lina chahancham.

    ReplyDelete

Post a Comment

Popular posts from this blog

SLC Result 2066/2067 (2009-2010)

The Office of the Controller of Examinations (OCE), Sanothimi, on Friday published the results of the School Leaving Certificate (SLC) 2066 examinations held last year. 64.31 percent students passed the SLC 2066/67, according to the Controller of Examinations (OCE) Sanothimi, Bhaktapur. We have uploaded SLC Result 2066 in .pdf , .txt and in .zip file format for you. Download the file and search your ‘symbol number’. Congratulations to all, who passed SLC this year. And if you want to see your results with marks then, you can follow THT (symbol no. and birth date required). Download SLC Result 2066/2067 (2009-2010) : REGULAR: EXEMPTED: Distinction --------------- First division First division Second Division Second Division Third Division Third Division Withheld Withheld ...

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

Radha : Shruti Sambeg [Review and Download]

Radha by Krishna Dharabasi is wonderful novel based on traditional era of Lord Krishna and Radha. The traditional plot of the story makes the readers/listeners feel that Dharabasi is narrating us the same old story of love of Radha and Krishna. However , the story based on the traditional plot it portrays the modern era in a dramatic way such that it speaks of so many hidden things that we will be amazed while ending it up. Radha and Krishna are the eternal lovers. Lord Krishna and Radha are together since childhood. But in teenage they are separated (as in the traditional story) and Lord Krishna has to go away leaving Vindraban for fulfilling the task for which he has taken birth.This brings tragedy to Radha and all the people in Vindraban. Radha waits for Krishna to arrive but he seldom does. She is stubborn to go meet Krishna. Later she sets out as a Yogini in a long voyage to search self, leaving her parents. She is accompanied by her friend Bisakha everywhere she went. Radha faces...

मोबाइलोग्राफी Photo Story [Pictures]

ग्राहक को पर्खाइ मा हात को मुठी भित्र सल्किरहेको चुरोट छ, नेपाली ढाकाटोपी, अनि कोट र गोल्डस्टार जुत्ता मा सजिएका बुढा बा, पुरानो वसपार्क छेवैको, एक पर्खाल को आड मा ग्राहक को पर्खाइ मा छन् । काँटावाला, तराजु लिएर बसेका उनी, मान्छे को तौल जोख्छन्, तौल जोखि माग्नेहरुले पैसो तिरेर आफ्नो तौल जोख्छन् । यो फोटो लिएको समय नेपाली कांग्रेस को महाधिवेशन चल्दैथियो । बाटोभरि मान्छेहरु को भिड थियो, तर यस्तो लाग्दैथ्यो यी बुढा बा लाई केही वास्ता थिएन । उनी चुरोट तान्दै आफैँ मा हराइरहेका झैँ देखिन्थेँ । ढल्किँदो दिन त्रिपुरेश्वर मा अवस्थित मन्दिर को फोटो खिच्दा, पश्चिम मा सूर्य डुब्न लागिसकेको थियो । कोलाहाल को बिचमा उभिएको मन्दिर आफू मा चाँहि साह्रै शान्त छ । पुल्चोक मा आयोजित लोकस २०१० हेरेर फर्किँदै गर्दा, थकाइ मार्ने उद्देश्य ले यही मन्दिर मा एकछिन अडिएको थिँए । झोलुङ्गे पुल ललितपुर बालकुमारी मा, मनोहरा खोला माथि रहेको झोलुंङ्गे पुल ! यो फोटो खिच्दा, मौसम सफा थिएन, हल्का वर्षा भइरहेथ्यो । त्यसदिन केही साथिहरु को साथ मा, नयाँ वानेश्वर, शंखमुल हुँदै यो झोलुङ्गे पुल तरेर, बालकुमारी हु...

Download Tihar Dhun and Deusi Bhailo Songs

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ । Download Tihar Songs: Bhailini/Bhailo - भैलो Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन Download Tihar Songs: deusi re / देउसी रे Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

Palpasa Cafe [Review]

अपडेट: प्रकाशक'को अाग्रहमा रेडियो वाचनबाट पल्पसा क्याफेको वाचन हटाइएको छ । हामी ले विगतका केही रेडियो वाचन का शृंखला मा नारायण वाग्ले को चर्चित उपन्यास "पल्पसा क्याफे" रेडियोकर्मी अच्युत घिमिरे को आवाजमा सुनाएका थियौँ । ८ अंकमा प्रशारण गरिएको पल्पसा क्याफे का लेखक सँग "पल्पसा क्याफे" को सेरोफेरो मा गरिएको कुराकानी राख्ने योजना हाम्रो थियो तर अन्तरवार्ता को रेकर्ड अहिले फेला पार्न नसकिएकोले प्रशारण गर्न असमर्थ भएका छौँ, पछि भेटिएको खण्डमा हामी अवश्य पनि राख्ने नै छौँ । हामीले भनिरहनुपर्दैन, पल्पसा क्याफे एक उत्कृष्ट उपन्यास हो जसलाई ऐतिहासिक दस्तावेज भन्दा पनि फरक नपर्ला । रेडियोवाचन को शृंखला मा यी सम्पुर्ण अंकहरु उपलब्ध गराइदिनुहुने अच्युत घिमिरेलाई धेरै धेरै धन्यवाद । पल्पसा क्याफे त सुनिसकियो, तर यहाँहरु ले पल्पसा क्याफेलाई कसरी मुल्यांङ्कन गर्नुभयो थाहा छैन । खैर कुरो जेसुकै होस्, आज यहाँ म केही साथिहरुको ब्लगमा प्रकाशित "पल्पसा क्याफे" बारे गरिएको टिप्पणीहरु सहित उपस्थित भएको छु । साथिहरुको ब्लगमा प्रकाशित भइसकेका कुराहरुलाई एकै ठाउँमा समेट्न...

Subscribe to Aakar Post