Skip to main content

वाह ! दृष्टि

अहिले राजधानी र ठूला शहरहरूमा दैनिक ११ घण्टा लोडसेडिङ भइरहँदा ललितपुरको मापिखेल, गुर्दङ गाउँका ३० घर तथा काभ्रेको भीमखेरी गाविस, तल्लो केराबारीका ३२ घरमा चौबीसै घण्टा बिजुलीबत्तीको सुविधा छ। गुर्दङमा ६ महिनाअघि र केराबारीमा पुसको अन्तिम साता बत्ती बलेपछि यहाँका मानिसले टुकीको धूवाँबाट मुक्ति पाएका छन्। यो परिवर्तन कसरी त? पत्याउन गाह्रो पर्ला― भर्खरै टिनएज (किशोरवय) पार गरेकी एक नेपाली युवतीले करिब साढे १२ लाख रुपैयाँको खर्चमा ३/३ किलोवाटको दुई साना जलविद्युत् योजना कसैलाई पत्तै नदिई पूरा गरेकी छन्। Drishti Shrestha. Photo by: Min Ratna Bajracharya - Himal Khabar Patrika

यो काम अमेरिकामा अध्ययनरत् काठमाडौं, कुलेश्वरकी २१ वर्षीया दृष्टि श्रेष्ठले आफ्नो मोडल माइक्रो हाइड्रो पावर प्रोजेक्ट पूरा गर्न कुनै सरकारी, गैरसरकारी संस्थाबाट खर्च जुटाएकी हैनन्, न त अमेरिकामा चन्दा सङ्कलन नै गरेर। अमेरिकाको भर्मोण्टस्थित मिडलबेरी कलेजमा लिवरल आर्टस्तर्फ मनोविज्ञान र अर्थशास्त्र विषयमा स्नातक अध्ययनरत् उनले अन्तरकलेज प्रतिस्पर्धाका लागि विद्यार्थीहरूमाझ् आह्वान गरेको प्रोजेक्टको पेपरवर्क हेरेर कलेजले नै १० हजार अमेरिकी डलर दिएको हो। उनको सोही प्रोजेक्टले ७ हजार अमेरिकी डलरसहितको अन्तर्राष्ट्रिय क्लिण्टन ग्लोवल इनिसेटिभ अवार्ड पायो। दृष्टि भन्छिन्, “एउटा गाउँका लागि बनाएको प्रोजेक्टलाई दुईतिरबाट रकम जुटेपछि तुरुन्तै अर्को गाउँ खोजेर काम गरेँ।”

कसरी बन्यो सोच
काठमाडौंको सेन्टमेरिज हाईस्कूलबाट ६ वर्षअघि १० कक्षा उत्तीर्ण गर्नासाथ छात्रवृत्ति पाएर उनी अमेरिकाको मेक्सिकोस्थित युनाइटेड वर्ल्ड कलेज पुगेकी थिइन्। किशोरी दृष्टिमा त्यहाँ ९२ देशबाट पढ्न आएका २०० विद्यार्थीहरूसँग दुई वर्ष बिताउँदा नेपाल र नेपाली हुनुको महसुस भयो। सन् २००७ मा १२ कक्षा उत्तीर्णपछि यी मेधावी विद्यार्थीले मिडलबेरी कलेजमा थप अध्ययनको लागि छात्रवृत्ति पाइन्। जहाँ द्वन्द्वग्रस्त क्षेत्रमा उपयोगी हुने कुनै आयोजनाको उत्कृष्ट खाका बनाउने एक विद्यार्थीले अन्तरकलेज प्रतिस्पर्धामा १० हजार अमेरिकी डलर पाउने थाहा पाएपछि उनी आफ्नै देश सम्झ्ेर घोत्लिन्। शुरुमा दुर्गम गाउँमा औषधि र स्वास्थ्य चेतना पुर्‍याउने सोच आयो। पछि माइक्रो फाइनान्स चलाएर गाउँलेलाई आत्मनिर्भर बनाउने, सोलार टुकी बालेर उज्यालो बनाउने जस्ता योजना सल्बलाए। भन्छिन्, “सजिलै हुने कामभन्दा पनि दीर्घकालीन प्रभाव पार्ने योजना बनाउन म चाहन्थें।” यसक्रममा बुबा डम्बरबहादुर नेपालीले नेपालको जलविद्युत् क्षेत्रमा गरेका धेरै काम सम्झ्िइन्, दृष्टिले। सानैदेखि चिलिमे जलविद्युत् आयोजनामा बुवाले काम गरेको, पानीबाट बिजुली निकालेको देखेकी दृष्टिले माइक्रो हाइड्रोपावरका बारेमा इन्टरनेटबाट जानकारी बटुलेर अध्ययन गरिन्। उनी भन्छिन्, “माइक्रो हाइड्रोबारे अध्ययन गरेर एउटा सानो प्रोजेक्टको खाका बनाएपछि मात्रै बुबालाई सोध्दा उहाँ छक्क पर्नु भो!” बुबाले हौस्याएपछि उनमा झ्नै उत्साह बढ्यो।

दृष्टिको दृष्टिः २५ पुसमा काभ्रेको केराबारीमा बिजुली बलेपछि गाउँलेले लगाइदिएको फूलमाला

दृष्टिको दृष्टिः २५ पुसमा काभ्रेको केराबारीमा बिजुली बलेपछि गाउँलेले लगाइदिएको फूलमाला

तर उत्साहपूर्वक तयार पारिएको प्रोजेक्ट प्रतिस्पर्धामा दोस्रो भयो। तैपनि उनले हरेस खाइनन्। कलेजका प्रमुखलाई आफ्नो योजना र नेपालका दुर्गम गाउँमा बिजुलीको महत्वबारे बुझ्ाएपछि कलेज उनलाई १० हजार डलर दिन तयार भयो। रकम पाउनासाथ गाउँलेबाट श्रमदान लिने गरी काम शुरु गरिन्। कसैलाई सहयोग गर्नु छ भने माछा नदेऊ माछा मार्ने सीप देऊ भन्ने भनाइ अनुसार गाउँलेलाई आयोजनामा प्रत्यक्ष सहभागी गराएको उनी बताउँछिन्। घर-घरमा विद्युत् पुर्‍याउने तार, चीम र होल्डरमा घरधनीले नै लगानी गर्नुपर्ने अनिवार्य व्यवस्था गरियो। ५०० मिटर टाढाको खोलाबाट पाइपमा पानी ल्याएर गत असारमा ललितपुरको गुर्दङ गाउँमा बत्ती बलेपछि गाउँलेले दृष्टिलाई फूलमाला पहिर्‍याएर सम्मान गरे।

यता काम भइरहँदा दृष्टिले बनाएको त्यही योजनाले ७ हजार अमेरिकी डलरसहितको अन्तर्राष्ट्रिय क्लिण्टन ग्लोवल इनिसियटिभ अवार्ड पाएको खबर आयो। जुन उपयोग गर्नका लागि अर्को त्यस्तै गाउँ खोज्दा काभ्रेको तल्लो केराबारीका गाउँलेले बत्ती चाहियो भनेर ठाउँ ठाउँमा हारगुहार गरिरहेको थाहा पाइन्। राजमार्गबाट तीन घण्टामा हिँडेर पुगिने तल्लो केराबारीमा २५ पुसमा बत्ती बलेपछि गाउँलेहरूले दृष्टिलाई भने, “हाम्रो गाउँ अँध्यारो र गरिब थियो तपाईंले आज हामीलाई धनी बनाइदिनुभयो।” गाउँलेले यसो भन्दा फूलमाला र अबिरले रङ्गिएकी दृष्टिका आँखा हर्षले रसाए। उनले जलविद्युत् व्यवस्थापन र सञ्चालनका लागि केही रकम छुट्याएर गाउँलेलाई नै हस्तान्तरण गरिदिएकी छन्। केराबारीमा बिजुली बालेर माघको पहिलो साता अमेरिका उडेकी दृष्टि बेलाबेलामा गाउँमा फोन गरेर आयोजना चले नचलेको बुझने गर्छिन्।

बिजुली आउनासाथ गाउँको कायापलट हुन्छ भन्ने दृष्टिले सोचेकी थिइन्। उनलाई लाग्थ्यो, बिजुली आएपछि केटाकेटीले राति पनि पढ्न पाउँछन्, खेतीपातीका लागि ग्राण्डिङ मेशिन चलाउन सकिन्छ, कुखुरा पालन, माछा पालन, सिलाइबुनाइदेखि चिस्यान केन्द्र खोल्न सकिन्छ, डेरी चलाउन सकिन्छ। उनी भन्छिन्, “सबै कुरा तुरुन्तै होला भन्ने लागेको थियो तर बिजुली आएपछि पनि विकासको गति लिन समय लाग्ने रहेछ।” बिजुली बलेपछि गाउँलेको पहिलो प्रतिक्रिया सम्झ्ँदै उनले भनिन् “७० रुपैयाँ लिटरको मट्टीतेल अब किन्न पर्दैन भनेर गाउँले खुसी भएका थिए।”

तीन वर्षअघि परोपकार अनाथालयका बालबालिकालाई जाडोको लुगा बाँड्दै ।

तीन वर्षअघि परोपकार अनाथालयका बालबालिकालाई जाडोको लुगा बाँड्दै ।

देशको माया

नेपालको पहिलो महिला प्रधानमन्त्री बन्ने आफ्नो विद्यालयमा पढ्दाताकाको चाहना अहिले सम्झ्ँदा उनलाई हाँसो उठ्छ। उनी भन्छिन्, “राजनीतिका बारेमा अझ्ै बुझन सकेकी छैन, प्रधानमन्त्री कसरी बनिएला र! तर, देशका लागि केही गर्न प्रधानमन्त्री, मन्त्री या नेता नै बन्नुपर्छ भन्ने छैन।” उनका भनाइमा देशका लागि केही गर्ने चाहना भए पुग्छ, सबैले आ-आफ्नो ठाउँबाट सानै काम गरे पनि हुन्छ।

दृष्टिका बाबु डम्बरबहादुर अनाथ आश्रममा हुर्केका हुन्। जाडोको एकदिन बाबुले परोपकार अनाथालयका केटाकेटीहरूका लागि न्यानो कपडा जुटाउने तयारी गरेको उनले थाहा पाइन्। त्यसको जोहो गर्नका लागि अमेरिकामा १२ कक्षा पढ्दै गर्दा दृष्टिले आफ्ना पाँच जना साथीको सहयोग लिएर कलेजमा नेपाली खाना पकाइन् र पाँच डलरका दरले बिक्री गरिन्। खाना बेचेर जम्मा गरेको ३६० अमेरिकी डलरले अनाथ आश्रमका बालबालिकालाई स्वेटर र कापीकलम समेत पुग्यो। उनी भन्छिन् “सानो कुराले पनि कति ठूलो प्रभाव पार्दो रहेछ भन्ने अनुभव स्वेटर लगाएर खुसी भएका बच्चाहरूलाई देखेर भयो।”

दृष्टिले अमेरिकास्थित आफ्नो कोठामा नेपालको राष्ट्रिय झ्ण्डा राखेकी छिन्। यसले उनलाई आफ्नो देशमै रहेको आभास दिलाउँछ। तर यस पटक नेपाल आउँदा उनले नेपाली राष्ट्रियता छिन्नभिन्न हुँदै गएको महसुस गरिन्। उनको बुझाइमा अहिले नेपाल र नेपाली भन्ने कुरा ओझेलमा परेको भान हुँदैछ। यसलाई एकताले हटाउनुपर्छ। भन्छिन्, “हामीहरू जातिका आधारमा विभाजन भए यसले नेपाललाई कहाँ पुर्‍याउला?”

 -डम्बरकृष्ण श्रेष्ठ / हिमाल खबरपत्रिका

-----------------------------------------------------------------------------------------------------------------------------------

सँधै दिक्क लाग्दो समाचार सुनिने पढिने गरेको छ । दिनहुँ का समाचार हेर्ने हो भने, आशा गर्ने ठाउँ कहीँ छैन, सँधै निराश भइन्छ । सँधै सत्ता को लुछाचुडीँ मा लागेका छन्, भर्खर बामे सर्न लागेको विकास फेरि रोकिएको छ । दिनहुँ, हत्या र लुटपाट बढ्दो छ, साँच्चै भनेको यही पाटो सोच्दै जाने हो भने, आशा गर्ने सानो त्यान्द्रो पनि भेटिँदैन । तर यही अस्तव्यस्त का विच पनि २१ वर्षे किशोरी दृष्टि श्रेष्ठ ले गरेको काम साँच्चै उदाहरणिय छ । लाग्दैछ, आफ्नो ठाउँ बाट सबैले काम गर्ने हो भने, सायद राजनितिक अस्थिरता कै विच मा पनि नेपाल विकास को बाटो मा अघि बढ्न सक्छ । दृष्टि को काम अत्यन्तै प्रेरणादायी रहेको कुरालाई आत्मसाथ गर्दै, आज हामीले १६-२९ माघ २०६६ को हिमालखबर पत्रिका मा प्रकाशित डम्बरकृष्ण श्रेष्ठ को रिपोर्टलाई साभार गरेर यहाँ ब्लग मा राखेका छौँ । दृष्टिलाई हार्दिक बधाई तथा शुभकामना ! साँच्चै समाज को लागि हामी ले पनि केही त गर्नैपर्छ है !

Comments

  1. All the best to Dristi.

    Thanks for bringing it.

    ReplyDelete
  2. Real work, must be praised and lauded.
    changes like this will make Nepal new, not the states

    ReplyDelete
  3. good job DRISTHI.and thankyou aakar to share shuch a good information

    ReplyDelete
  4. really inspiring deed!! well done!!

    ReplyDelete
  5. Respected all, I would like to thank you for all your generous and kind words. I am glad that my story could reach you and give you 'food for thought.' I just hope that these thoughts and best wishes continue to progress as actions to establish sustainable peace in our motherland.
    My special thanks to Dambar dai for the magic he performed with his pen that presented my story as worthy of being shared in Himal.

    ReplyDelete
  6. Dristy, you have done a great job, we are inspired by your work. Best of wishes from us. Keep up the good work.And thanks for dropping your words here.

    ReplyDelete
  7. see nothing is impossible hats off to Dristy.

    ReplyDelete
  8. मेरो पनि सलाम दृष्टि! अभियानमा अझ सफलताको शुभकामना!

    ReplyDelete
  9. wow! i'm trully impressed by all the work you have done, dristi.
    This is really inspiring. it is truly time for us young people to come forward and do something!

    ReplyDelete
  10. Dristy, you have done a great job, we are inspired by your work. Best of wishes from us. Keep up the good work.And thanks for dropping your words here.

    ReplyDelete
  11. really inspiring deed!! well done!!

    ReplyDelete
  12. wow! i'm trully impressed by all the work you have done, dristi.
    This is really inspiring. it is truly time for us young people to come forward and do something!

    ReplyDelete

Post a Comment

Popular posts from this blog

दिशा निर्देश - Guidelines for Written Nepali v0.1Alpha

This text will highlight some of the common mistake on written Nepali usage and set some standard guidelines that everyone can follow. Common Guidelines Avoid justify alignment Never use two or more than two spaces between words or sentences. This is commonly caused when you use the justify alignment. Always use smart quotes Never use dumb quotes (" ") but always use smart quotes (“ ”). Dumb Quote Smart Quote Always use smart apostrophe Never use dumb apostrophe (') but always use smart apostrophe (’). Note: There is no use of apostrophe in written Nepali, it is written here for completion. Commas/periods Commas/periods should go inside quotes. For exmaple: “नेपाल सानो देश हो,” उसले भन्यो । Don’t Underline Titles Instead italicize them. Nepali Specific Guidelines Purna Viram Due to the complexities in Devanagari, it is recommended that one give space before and after the Purna Viram (Devanagari Dand...

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

SLC Results 2068/2069 to Publish in Mid June

The result of the School Leaving Certificate (SLC) 2068/2069 examinations held earlier this year will be published in mid June (First week of Asar). According to ekantipur , the Office of the Controller of Examinations is going to publish the School Leaving Certificate (SLC) results 2068 in third week of June. Deputy Controller Ambika Pd. Regmi said, “We are trying to publish the result as soon as possible. If we go according to our plan the results would be out by the third week of June”. SLC Results 2068 will be available online as soon as the Controller of Examinations published the results. Sites including moe.gov.np, doe.gov.np, soce.gov.np, slc.ntc.net.np etc will be publishing the results online. SLC Results 2068 can be accessed through SMS services as well. You can check SLC Results via Sparrow SMS Service after Examination Controller’s Office published the results. For example, in Sparrow SMS Service you’ve to Type SLC <space> <your symbol no.> and send it t...

नेपाली टाइप गर्ने सजिलो तरिका

मदन पुरस्कार पुस्तकालयले  २००७  २००३-४ ताका नेपाली युनिकोड किबोर्ड लेआउट, रोमनाइज्ड र ट्रेडिसनल सार्वजनिक गर्यो । नेपाली टाइपिङ (ट्रेडिसनल) जान्दै नजान्ने (कहिले नेपाली टाइप नगरेको) मैले, मदन पुरस्कार पुस्तकालयले सार्वजनिक गरेको रोमनाइज्ड नेपाली युनिकोड किबोर्ड लेआउट कम्प्युटरमा राखेर पहिलो पटक कम्प्युटरमा नेपाली भाषामा लेखेँ । यसविचमा कम्प्युटर तथा मोबाइलको लागि धेरै किसिमका नेपाली किबोर्ड लेआउट तथा एप्सहरु आइसकेकाछन्, तर पनि इन्टरनेट प्रयोगकर्ताहरु नेपाली टाइप गर्नुपर्दा अप्ठ्यारो मान्छन् । मलाई धेरैले सोध्ने गरेको प्रश्न भनेको, "फेसबुकमा कसरी नेपाली टाइप गर्ने?" अत: यो ब्लगमा मदन पुरस्कार पुस्तकालय (मपुपु) ले निर्माण गरेको नेपाली युनिकोड किबोर्ड लेआउट बारे चर्चा गर्दैछु। प्रिती, कान्तिपुर लगायतका 'ट्रु टाइप फन्ट' (ttf) प्रयोग गरेर ट्रेडिसनल लेआउटमा नेपाली टाइप गर्ने प्रयोगकर्ताहरुले, नेपाली ट्रेडिसनल युनिकोड किबोर्ड लेआउट राखेर, इन्टरनेटमा सजिलै सँग नेपालीमा लेख्न सक्छन् । भन्नुको मतलब, तपाईलाई पहिले नै नेपाली टाइपिङ आउँछ भने टाइपिङ गर्ने तरिका उही हुन्छ, उही ...

Shirish Ko Phool : Review & Download

One of the finest book ever written in Nepali literature....Shirish Ko Phool and one of my personal favorite. I have read this novel over four times or say five times..and each time I finish the novel I feel pang and it hangs on my head for so many days. Why guilt is so painful that made such a strong woman called Sakambari to suicide..or die…?? The novel has a wonderful language..the simplest of all. When I had read it for the first time..to tell the truth that I hadn’t really understood the novel, I felt the love story in it and I could not understand the passion in the novel.. But this day I may say I am able to figure out the passion and the feelings of the author.. I really appreciate the wonderful story, the plot the real setting, the real characters…and the situation of the novel till it ends. The pain of running away from the feelings and passion. When the Suyogbir says.."Ma glass ma bhagchu” ( I forgot the line exactly…). The feeling is that we run away from pai...

Shruti Sambeg : Download बाबु आमा र छोरा

आज को श्रुति संवेग को यो अंक मा हामीले ‘विपी कोइराला’ को उपन्यास ‘बाबु आमा र छोरा’ को सम्पुर्ण डाउनलोड लिंक लिएर उपस्थित भएका छौँ । मनोविश्लेषणात्मक साहित्य का लागि परिचित विश्वेश्वर प्रसाद कोइराला को यो उपन्यास मा पनि विपी को कृतिगत विशेषता पाउनसकिन्छ । उपन्यासलाई नाम अनुसार नै 'बाबु, आमा र छोरा' ३ खण्ड मा विभाजित गरिएको छ ! ती खण्डहरु मा 'बाबु, आमा र छोरा' तिनै पात्रहरुको मनोविश्षलेण प्रस्तुत गरिएको छ । उज्यालो ९० नेटवर्क को लागि निर्माण गरिएको कार्यक्रम श्रुति संवेग मा सदाझैँ वाचन मा अच्युत घिमिरे हुनुहुन्छ भने प्रविधी मा दिनेश निरौला र शशिन्द्र गौतम रहनुभएको छ । Download Babu Aama ra Chhora: BP Koirala's Babu Aama ra Chhora Episode-1 BP Koirala's Babu Aama ra Chhora Episode-2 BP Koirala's Babu Aama ra Chhora Episode-3 BP Koirala's Babu Aama ra Chhora Episode-4 BP Koirala's Babu Aama ra Chhora Episode-5 BP Koirala's Babu Aama ra Chhora Episode-6 BP Koirala's Babu Aama ra Chhora Episode-7

Subscribe to Aakar Post