Skip to main content

राजधानी उर्फ अराजकधानी

बिहानी भाले को डांक संगै, सुतिरहेको राजधानी मा अव्यवस्थित कृयाकलाप को कुइरीमण्डल अराजकता फैल्याउंदै दिनचर्या सुरु हुनु कुनै नौलो कुरा होइन। त्यही पनि राजधानी मौन नै छ, किनकी उ निर्जिव छ। यथास्थानमा छ र यावत सल्बलाहट भोग्न बाध्य छ। रोड देखिन बोर्ड सम्म,जाली देखि घर को पाली सम्म, फटाहा देखिन चोटाह सम्म इत्यादी सम्पूर्ण को सर्म नमानी कर्म गर्न पाइने कर्मथलो भैदिएको छ राजधानी।

विश्वमान चित्र को ०.०३ प्रतिशत क्षेत्रफल ओगटेको मुलुक को यस राजधानी कत्तिनै पो ठुलो होला भन्ने सामान्य ठोकुवा त जो कोहिले पनि लगाउनु कुनै ठुलो कुरा भएन यध्यपि यहाँ हुने अराजकता कसैको ज्ञान चछु सम्म नपुगेको पनि हुन सक्दछ। यदि पुग्थ्यो होला त समाधान पनि निक्लिने थियो होला।

वर्तमानलाई हाँक्न नसेके पनि भविष्य छर्लङै दृष्‍टिगोचर गर्न सक्ने भविष्यवक्ता पनि नजन्मिएका होइनन् यस राजधानी मा। भविष्यलाई छर्लङै देखि नाम राख्न सिपालु महापण्डितहरु ले न्वारन गरिदिएका कतिपय संघ संस्थाहरु का नाम र काम आज पनि पूर्णिमा को जून झैँ छर्लङै पाउन सकिन्छ। वायुसेवा निगम, टेलिकम, आयलनिगम,वन विभाग इत्यादी इत्यादी, अरु पनि धेरै छन् त्यो पत्ता लगाउने जिम्मा तपाईंहरु लाई।

अब माथि का नाम का शीर्षक सार्थकता को कुरा गर्दा,सर्वप्रथम वायुसेवा निगमलाई हेरौं। बुढापाका आयु र वायु को ठेगान हुँदैन भन्छन्। वायु भनेको हावा, हावा को ठेगान नभएको त हामीलाई पनि अनुभव भएकै कुरो हो, त्यस्तै कहिले नउड्ने ठेगान त कहिले उड्ने ठेगान नभएको निगम को नाम आज पनि उत्तिकै सार्थक रहेको छ।

टेलिकम लाई चैं टेलिफोन कम मात्र संपर्क गराउनसक्ने माध्यम को रुपमा विकसित हुन्छहोला भन्ने हचुवा को आधार मा नाम दिइयो होला,तर पनि सार्थक नै हुँदै गइरहेकोछ।

आयलनिगम को चैं उतीखेर देखि नै सार्थक नै रहेको छ किनकि पहिले पनि उता बाट आएपछी नै त बितरण हुने थियो नि, नभए त 'आए'ल निगम, नआए त उही लाइन नै त हो नि।

हाम्रा वन का कर्मचारी धेरै बने भनेर चिन्ता लिनुपनि फोकट्या नै हुन्छ। नभए हेर्नुस् न नाम नै 'वन' बिभाग, अनी बन्नु परेन त?

यति धेरै संस्था का नाम काम अनुसार ट्वाक्क समय सापेक्ष्य मिलाउन सक्ने महापण्डितहरुको भविष्यवाणि लाई त साधुवाद टक्र्याउनै पर्‍यो नि होइन । धेरै नाम मिलाउन सक्ने ले बिद्युत प्राधिकरण को नाम भने मिलाउन नसकेको जस्तो लाग्छ। यदि यस प्राधिकरण को नाम लोडसेडिङ प्राधिकरण राख्द्या'भा भन्नुस् त कतिराम्रो हुनेथियो,बिद्युत उत्पादन र वितरण को हिसाब किताब भन्दा लोडसेडिङ वितरण को नै हिसाब किताब मा व्यस्त छ्न् यार। त्यही पनि तालिका बमोजिम लोडसेडिङ भै'दे त बेस नै हुनेथियो,भैगो के कुरा गर्नु !

Crime Story - Season Oneअब महानगरपालिका को कुरा गरौं। महानगरपालिका ले पनि आफ्नो नाम को खुब जोगाउ गर्याछ बा। पालिका हुनाको कारण बाट नै होला फोहर फाहर अनि दुर्गन्ध लाई फालिका भन्दा 'पालिका' मा बढि जोड दिएको छ। पालिका भित्र का सडक ले भत्केको ढाड देखाएका देखाकै छ्न,खटेरा साधन गूडेका गुडेकै छ्न। धारा बाट पिउने भन्दा 'खाने'पानी बढि मात्रामा आउनु त एउटा पहिचान नै हो यस पालिकाको। महानगरिय प्रहरी को पनि आफ्नै पहिचान छ, मानौं उनीहरु प्रहरी भन्दा ज्यादा महा'नगरिय' हुन्। त्यसैले शान्तिसुरक्षा नगरिय मा नै अभ्यस्त छन्। अनि महानगरपालिका भने तमाम अराजकता लाई 'पालिका' गर्न मा नै व्यस्त छ।

यी तथा अन्य अराजकताहरु थुप्रै देख्न सकिन्छ यस राजधानी मा। त्यसैले भन्न मन लाग्छ यो भूमी लाई 'अराजकधानी'। सबै लाई यस्तै लाग्छ होला। कि कसो?

यहाँ हुने अपराध को त चर्चा गरिएकै छैन । आजै (माघ २४ गते, २०६६) पनि स्पेशटाइम नेटवर्क तथा च्यानल नेपाल का अध्यक्ष जमिम साहलाई लाजिम्पाट मा दिउँसै गोलि हानि हत्या गरियो । सायद यहि नै अराजकता होला, हाम्रो राजधानिको । त्यसैले त यो राजधानी 'अराजकधानी' बन्दैछ ।

-Ghimire Sunil
Madan Bhandari Memorial College
RatoPool, Kathmandu.

Comments

  1. यी तथा अन्य अराजकताहरु थुप्रै देख्न सकिन्छ यस राजधानी मा। त्यसैले भन्न मन लाग्छ यो भूमी लाई 'अराजकधानी'। सबै लाई यस्तै लाग्छ होला। कि कसो?

    तपाईको विश्लेषण बबाल छ ।

    ReplyDelete
  2. 'राजधानी र अराजधानी'- यि शब्दहरु बिल्कुल भिन्न हुन । लेख को theme त ठिकै छ तर Title चाँही पटक्कै मिलेन... कम्रेड घिमिरे सुनिल !!!!!

    ReplyDelete
  3. अराजधानी होइन, अराजकधानी भनेको हो है, धर्म ब्रो !

    --
    आकार

    ReplyDelete
  4. arajakdhani nai ta bhayo ni hamro rajdhani...yeslai malik harulai jimma lagauchan kun din hamra aguwa harule sabai kura thik parna...kyarni sano dulo lai bhwang nai parunjel pani silaune ta chiyocharcho nai chaina...rajhdhani ko durgati!

    ReplyDelete
  5. खत्तम छ गाठे नेपाली रजधानीको हालत ।

    ReplyDelete
  6. खत्तम छ गाठे नेपाली रजधानीको हालत ।

    ReplyDelete
  7. यी तथा अन्य अराजकताहरु थुप्रै देख्न सकिन्छ यस राजधानी मा। त्यसैले भन्न मन लाग्छ यो भूमी लाई 'अराजकधानी'। सबै लाई यस्तै लाग्छ होला। कि कसो?

    तपाईको विश्लेषण बबाल छ ।

    ReplyDelete
  8. 'राजधानी र अराजधानी'- यि शब्दहरु बिल्कुल भिन्न हुन । लेख को theme त ठिकै छ तर Title चाँही पटक्कै मिलेन... कम्रेड घिमिरे सुनिल !!!!!

    ReplyDelete

Post a Comment

Popular posts from this blog

SLC Result 2066/2067 (2009-2010)

The Office of the Controller of Examinations (OCE), Sanothimi, on Friday published the results of the School Leaving Certificate (SLC) 2066 examinations held last year. 64.31 percent students passed the SLC 2066/67, according to the Controller of Examinations (OCE) Sanothimi, Bhaktapur. We have uploaded SLC Result 2066 in .pdf , .txt and in .zip file format for you. Download the file and search your ‘symbol number’. Congratulations to all, who passed SLC this year. And if you want to see your results with marks then, you can follow THT (symbol no. and birth date required). Download SLC Result 2066/2067 (2009-2010) : REGULAR: EXEMPTED: Distinction --------------- First division First division Second Division Second Division Third Division Third Division Withheld Withheld ...

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

Radha : Shruti Sambeg [Review and Download]

Radha by Krishna Dharabasi is wonderful novel based on traditional era of Lord Krishna and Radha. The traditional plot of the story makes the readers/listeners feel that Dharabasi is narrating us the same old story of love of Radha and Krishna. However , the story based on the traditional plot it portrays the modern era in a dramatic way such that it speaks of so many hidden things that we will be amazed while ending it up. Radha and Krishna are the eternal lovers. Lord Krishna and Radha are together since childhood. But in teenage they are separated (as in the traditional story) and Lord Krishna has to go away leaving Vindraban for fulfilling the task for which he has taken birth.This brings tragedy to Radha and all the people in Vindraban. Radha waits for Krishna to arrive but he seldom does. She is stubborn to go meet Krishna. Later she sets out as a Yogini in a long voyage to search self, leaving her parents. She is accompanied by her friend Bisakha everywhere she went. Radha faces...

मोबाइलोग्राफी Photo Story [Pictures]

ग्राहक को पर्खाइ मा हात को मुठी भित्र सल्किरहेको चुरोट छ, नेपाली ढाकाटोपी, अनि कोट र गोल्डस्टार जुत्ता मा सजिएका बुढा बा, पुरानो वसपार्क छेवैको, एक पर्खाल को आड मा ग्राहक को पर्खाइ मा छन् । काँटावाला, तराजु लिएर बसेका उनी, मान्छे को तौल जोख्छन्, तौल जोखि माग्नेहरुले पैसो तिरेर आफ्नो तौल जोख्छन् । यो फोटो लिएको समय नेपाली कांग्रेस को महाधिवेशन चल्दैथियो । बाटोभरि मान्छेहरु को भिड थियो, तर यस्तो लाग्दैथ्यो यी बुढा बा लाई केही वास्ता थिएन । उनी चुरोट तान्दै आफैँ मा हराइरहेका झैँ देखिन्थेँ । ढल्किँदो दिन त्रिपुरेश्वर मा अवस्थित मन्दिर को फोटो खिच्दा, पश्चिम मा सूर्य डुब्न लागिसकेको थियो । कोलाहाल को बिचमा उभिएको मन्दिर आफू मा चाँहि साह्रै शान्त छ । पुल्चोक मा आयोजित लोकस २०१० हेरेर फर्किँदै गर्दा, थकाइ मार्ने उद्देश्य ले यही मन्दिर मा एकछिन अडिएको थिँए । झोलुङ्गे पुल ललितपुर बालकुमारी मा, मनोहरा खोला माथि रहेको झोलुंङ्गे पुल ! यो फोटो खिच्दा, मौसम सफा थिएन, हल्का वर्षा भइरहेथ्यो । त्यसदिन केही साथिहरु को साथ मा, नयाँ वानेश्वर, शंखमुल हुँदै यो झोलुङ्गे पुल तरेर, बालकुमारी हु...

ट्विटरव्दारा प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न आग्रह [पडकास्ट 📻 ]

आकार पोष्ट रेडियोको पहिलो अंकमा स्वागत छ । आजको यो अंकमा ट्विटरले केही दिन पहिले पासवर्ड परिवर्तन गर्न जारी गरेको सूचनाको बारेमा कुरा गर्दैछु । के कति कारणले, ट्विटरले पासवर्ड परिवर्तन गर्न सूचना जारी गर्‍यो, तथा प्रयोगकर्ताले के कति कारणले पासवर्ड तुरुन्त परिवर्तन गर्नुपर्छ भन्ने विषयमा यो अंक केन्द्रित छ । पडकास्टको यो पहिलो अंक परिक्षणको रुपमा मोबाइलमा रेकर्ड गरेर तयार पारिएको हो । कति सकिन्छ थाहा छैन, तर यस पडकास्टलाई साप्ताहिक रुपमा सञ्चालन गर्ने मेरो योजना छ, जहाँ सूचना प्रविधिका विभिन्न पाटोहरुको बारेमा कुरा गर्नेछु । हाललाई यो पडकास्ट एन्कर एफएम तथा स्टिचर एप मार्फत सुन्न सकिन्छ । ट्विटरमा प्रयोग भएको पासवर्ड अन्य साइटहरुमा (जस्तो: फेसबुक, गुगल, दराज, सस्तोडिल, ड्रपबक्स आदि) पनि प्रयोग गरिएकोछ भने, ती साइटहरुमा पनि पासवर्ड तुरुन्त परिवर्तन गर्नुभइ, इन्टरनेटमा सुरक्षित रहनुहोला। प्रो टिप: साइटहरुमा कहिले पनि एउटै पासवर्ड प्रयोग नगर्नुहोला। pic.twitter.com/PjWwQWc7C4 — Aakar Anil (@aakarpost) May 4, 2018

कुन च्याट एप्स चलाउने?

फेसबुकको मेसेन्जरमा स्टोरीज आएपछि वाक्क, दिक्क नै भइयो । त्यसको विकल्प खोज्ने क्रममा पहिले त फेसबुक र मेसेन्जर एप दुवै मोबाइलबाट हटाएर ब्राउजरमा चलाउन थालेँ । त्यसको केही दिनपछि फेसबुक लाइट र मेसेन्जर लाइट चलाउन पुगेँ । फेसबुक लाइटको 'एप एक्सपिरियन्स' खासै गतिलो लागेन र फेरि केही हप्ता पछि फेसबुक एपमा सरेँ तर फेसबुक मेसेन्जर चाँहि मेसेन्जर लाइट नै मनपर्‍यो । गज्जब, च्याट गर्न मात्र मिल्ने । त्यसो त मोबाइलमा करिब आधा दर्जन च्याट एप्स छन्, सबै एप सँधै चलाइँदैन । अर्को कुरा, च्याटको लागि प्रयोग नगरिने एप्‌मा पनि च्याट गर्ने फिचर छ या भनौँ "प्राइभेट मेसेज" गर्ने सुबिधा छ । उदाहरणको लागि इन्स्टाग्राम फोटो सेयर गर्ने एप हो, तर यहाँ साथीहरुलाई सिधै मेसेज पनि गर्न मिल्छ, दोहोरो च्याट गर्न मिल्छ । हिजोआज म पनि प्राय: ट्विटरको 'डाइरेक्ट मेसेज' धेरै प्रयोग गरिरहेको हुन्छु, साथीहरुसँग कुरा गर्न । एक समय यस्तो थियो, म गुगल टक या भनौँ जिमेल च्याट मात्रै प्रयोग गर्थेँ । कसैले केही म्यासेज मलाई पठाउनु छ भने, कि त ईमेल गर्थे वा गुगल टकमा कुरा गर्थे, हैन भने फोन र एसएम...

Subscribe to Aakar Post