“तिमी को हो?” मेरो प्रश्न थियो! उसले भनी, “खुशी” । “को खुशी”, मैले सोधेँ ! “ह्या, कस्तो नचिन्या होला? म खुशी के ! रहर, छायाँ, खुशी जे भने नि म नै हो के”, उसको जवाफ ! “ए, तिमी पो, कता हराकी थियौ? अब के भनौँ त तिमीलाई उसोभए?” “जे भने नि हुन्छ!” “उसोभए म खुशी भन्छु है”, मैले भनेँ ! उसले हुन्छ भन्ने जनाउ दिन, आँखा सन्काइ र लेखी “हे हे” । कुरा यसरी नै सुरु भएको थियो च्याटमा ! च्याटमा को सँग कुरा गरिरहेछु, आफैँलाई पत्तो छैन, न पहिले च्याट गरिएको थियो, न भेट नै गरिएको थियो । ट्विटरमा नाम परिवर्तन गरिरहने ऊसँग ट्विटरमा आक्कल झुक्कल कुरा गरिने भएपनि उनको ‘म्यासेज’ पहिलोपल्ट च्याटमा अकस्मात आइपुगेको थियो ! म उनको बारेमा प्रस्ट हुन सकिरहेको थिँइन ! अत: फेरि सोधेँ, “यो खुशी को हो?” मेरो प्रश्नले, उसले आफू दुखित भएको जनाउ दिन लेखी “:(” “हैन किन यति रिङ्ग्याएको मलाई”, मैले सोधेँ । “नाम मे क्या रखा है? ;)”, उसको जवाफ ! “नाममा धेरै कुरा राख्या छ हजुर, चिन्नु त पर्यो नि, आफू कोसँग कुरा गर्दैछु भनेर”, मैले भनेँ ! “पिक द नेम, तिम्लाई जुन मन पर्छ त्यही राख”, उसले मलाई नाम छान्ने अधिकार दिई ।...
कहिलेकाही म अचम्मित हुन्छु कि 'धाराबासीदाई' को यो 'राधा' ले कसरी मदन पुरस्कार पायो होला भनेर...... कुनै बस्तुगत Quality त छैन यस्मा खासै....! शायद त्यो बर्ष त्यस्तो उल्लेख्निय साहित्य श्रीजना नभएर पो हो कि राधालाई चित्ठा परेको ? गाठी कुरो के हुनसक्छ आकार ब्रो ?
ReplyDeleteयो 'मदन पुरस्कार' भने पछि सँधै बबाल हुने गरेको छ । मैले थाहा पाएका भर्खरै का, 'पल्पसा क्याफे', 'राधा','अन्तर्मन को यात्रा', 'एकहात को ताली' आदि सबै कृति ले मदन पुरस्कार जितेको विषय मा यस्तै प्रतिक्रियाहरु सुन्ने गरेको छु । खै, गाँठि कुरा के हो, मलाई थाहा छैन ब्रो !!!
ReplyDeleteयो 'मदन पुरस्कार' भने पछि सँधै बबाल हुने गरेको छ । मैले थाहा पाएका भर्खरै का, 'पल्पसा क्याफे', 'राधा','अन्तर्मन को यात्रा', 'एकहात को ताली' आदि सबै कृति ले मदन पुरस्कार जितेको विषय मा यस्तै प्रतिक्रियाहरु सुन्ने गरेको छु । खै, गाँठि कुरा के हो, मलाई थाहा छैन ब्रो !!!
ReplyDelete9 Episode kina pura na rakheko ni ?
ReplyDeletethats a great
ReplyDelete