Tallest Statue of Lord Shiva stands on a high mountain touching the sky and is the tallest Hindu Religion and Lord Shiva statue in the whole world.The construction was started in 2005 and will complete in 2010.
Statue : Tallest Statue of Lord Shiva
Height: 108 ft from Ground [Total 145 ft]
Location: Chittpol (In Between Bhaktapur and Kavre, Nepal)
विश्व कै अग्लो मानिएको एक हातमा त्रिशूल र अर्कोमा डमरु बोकेको शिवको एक सय ४५ फिट अग्लो मुर्ति भक्तपुर को चित्तपोल मा रहेको छ। मूर्तिमा सिमेन्ट र फलामको छड प्रयोग गरिएको छ । मूर्ति जमिनमाथि मात्र एक सय आठ फिट अग्लो छ । मूर्तिडेढ महिनापछि तयार हुने, मूर्तिको रङरोगन भइरहेको छ ।
भक्तपुरको नलिन्चोक चित्तपोल गाविस भवन हुँदै तीन किलोमिटरको यात्रा गरेपछि यहाँ आइपुगिन्छ । त्यस्तै भक्तपुर र काभ्रेको सिमाना साँगाबाट १० मिनेटको पैदलयात्राबाट पनि आउन सकिन्छ । राजधानीका विभिन्न ठाउँबाट यो मूर्ति देखिन्छ ।
मूर्ति अवलोकन गर्न दैनिक चार सयभन्दा बढी सर्वसाधारण पुग्ने गर्छन् । निर्माणकर्ताको दाबीअनुसार शिवको मूर्ति विश्वकै अग्लो हो । मूर्तिको आसपासमा बगैंचा निर्माण गरिएको छ ।
मूर्ति निर्माणका लागि भाटभटेनीमा बस्दै आएका जैनले लगानी गरेका हुन् । जैनको पुर्ख्यौली घर भारत सिलगुडी हो । माघ २९ मा पर्ने शिवरात्रि पूजाका लागि भक्तजनलाई खुला गर्ने भनिए पनि उद्घाटन गर्न साइत नभएकाले वैशाखपछि मात्र पुजापाठका लागि खुला गरिने जैनले बताए । ७५ रोपनी जग्गामा मूर्तिलगायत २४ कोठाको आयुर्वेदिक अस्पतालसमेत निर्माण भइरहेको छ ।
बालबालिकालाई खेल्ने ठाउँ, बिरामी बस्ने चारवटा घर निर्माण भइसकेको छ । मूर्तिको निर्माणकार्य चार वर्षअघिबाट सुरु भएको हो । मूर्ति, आयुर्वेदिक अस्पताल, बालबालिका खेल्ने ठाउँ निर्माणका लागि ११ करोड खर्च भइसकेको उनले बताए । मूर्ति निर्माणका लागि उनले भारतबाट कालिगढ ल्याएका छन् ।
© Photo Credit: Prem Tshering Sherpa
reference: ekantipur