परीक्षा सकियो, के गर्ने ? एउटा बाहाना त चाहियो, अनि केही साथि सहित लागियो पनौती तिर मकर मेला को
नाम गरेर ! १२ वर्ष मा मनाइने मकर मेला देशभर कै प्रख्यात मेला भन्दा फरक नपर्ला । काठमाडौँ, पनौती चल्ने मिनिबस को छत मा बसेर पनौती पुगियो । यति नजिकै रहेर पनि, पनौती मेरा लागि नौलो थियो, पहिलो पटक म पुग्दैथिँए पनौती, दर्जनौँ स्वागत व्दारहरु पार गर्दै ।
सायद मकर मेला कै कारण होला, भिड धेरै थियो । मान्छेहरु को भिड त थियो नै, उसमाथि हिन्दी, अंग्रेजी र नेपाली गितहरु चर्को स्वरमा घन्किरहेका थिए । पसल पिच्छे नै, फरक फरक गित बजे पछि कस्को के लाग्छ र ? सायद मेला भनेको यही होला, मान्छे को भिड अनि बाटो नै ढाक्ने गरि राखिएका अस्थायी पसलहरु, खाजा
नास्ता को लागि खोलिएका अस्थायी टहराहरु ।
सायद, मेला को रौनक अहिले को समय मिल्दो अलि भएन होला । १२ वर्ष अघि यही मेला को पनि आफ्नो विशिष्ट महत्व थियो होला तर अहिले प्रविधि सँगै बदलिएका हामीहरुलाई, यो मेला संस्कति बचाउने काम भन्दा अरु केही लागेन । सँस्कृति बचाउनु त राम्रो कुरा हो तर अब युग सुहाउँदो तरिका अपनाउँदा राम्रो हुन्थ्यो होला ।

भिड छिचोल्दै, झोलुङ्गे पुल तरेर मन्दिर मा पुगियो । अनि तल झरेर अलिकति पानी छोइयो पनि, हुन त नुहाउनु पर्ने ! हा हा हा । अनि भित्र घुम्दै गइयो, २ वटा त पुराण नै वाचन भैरहेको थियो, त्यसबाहेक सबै आ-आफ्ना धर्म प्रचार गर्न बसेका थिए । यो धर्म प्रचार को संस्कृति देखेर पनि उदेक लागेर आउँछ ।
चारैतिर फर्काएका माइकहरु छन्, कतै के त कतै के , सबै आ-आफ्नै पारा मा । एकातिर नारायण-नारायण को एकहोरो, भजन आइरहेको छ भने, अर्कातिर हरे कृष्ण हरे राम को भजन बजिरहेको छ । अनि आफ्ना स्टल अगाडि किताबको थुप्रो लाएर बसेका छन्, धर्म प्रचारकहरु, आफ्नो सम्प्रदायलाई ठूलो देखाउँदै । त्यसपछि, ईन्द्रेश्वर मन्दिर सम्म पुगियो । ऐतिहासिक सहर पनौती मा केही घन्टा बिताएर फर्कियो, केही फोटो नि खिचेर
ल्याएको छु, मोबाइल बाट हेर्नुहोला है !
समय अभाव ले हामी डाँडा मा रहेको मन्दिर मा चाँहि पुगेनौँ।
मन्दिर अनि साथ मा, खोला लाई छेकेर बनाइएको कुण्ड, यहाँ जाने भक्तजनहरु मकर मेला को अवसर मा स्नान गर्ने गर्छन्, हामीले चाँहि पानी छोएर मुख धोएको जस्तो गर्यौँ ।