कर्णाली अञ्चल अझ मुगु जिल्ला । नेपालको ७५ औं जिल्ला । शिक्षा, स्वास्थ्य, सुबिधा र अन्य मानव विकास सुचकांकहरुले हेर्दा । हुन त हेर्ने आँखा फरक फरक हुन सक्छ तर सम्भावनाका किरण भन्दा पनि निराशा का बादलहरु बाक्लो भएको यो ठाउँको जनजिविका का केही झलकहरु यि तस्विरहरुमा देखिन सक्छन ।
परम्परागत पहिरन र श्रृङ्गारमा मुगाली युवतीहरु । यो पहिरन स्थानिय क्षेत्रमा नै उत्पादन हुने कपासलाई कातेर तयार गरिन्छ ।
एकपटक स्तम्भकार सि. के. लाल ले मुगूमा युवतीहरु (?) नभेटेको गुनासो गरेका थिए । औसत आयु निकै कम (४० को हाराहारिमा ) बाँच्ने मुगूका युवतीहरु को मुस्कान अर्को खड्किने कुरा हो मुगूमा ।
कर्णालीको किताप: परिक्षा सकिएपछी र च्यातचुत भएर आइपुगेका पुस्तकहरु खोला किनारमा जलाउनको लागि लगाइएको थुप्रो । समयमा र कामलाग्ने हालतमा नपुग्दा पुस्तकको महत्व पोको पार्न मात्र हुने गरेको छ ।