Kathamandu Cycle City 2020 ले आज नोभेम्बर २१, २००९ का दिन साइकल र्याली को आयोजना गरेको थियो । काठमाडौँलाई सन् २०२० सम्म मा साइकल मैत्री सहर को विकास गर्नु अभियान को मुख्य लक्ष रहेको छ । Kathamandu Cycle City 2020 ले आज गरेको साइकल र्याली मा प्रोफेसनल र ननप्रोफेसन गरि करिब २०० जना जति को सहभागिता रहेको थियो । बिहान ७ बजे र्याली सुरु गर्ने भनिएको भएपनि करिब ८ बजे र्याली सुरुभएको थियो । जावलाखेल मा Kathamandu Cycle City 2020 का एम्बास्डर समेत रहनुभएका साइकल यात्री पुष्कर शाह ले र्याली को उद्घाटन गर्नु भएको थियो । जावलाखेल बाट सुरु भएको र्याली लगनेखेल, पाटन दरबार स्क्वायर, पाटनढोका, कुपन्डोल, त्रिपुरेश्वर, जमल हुँदै, टुँडिखेललाई एक फन्को लाएर, न्युरोड हुँदै, वसन्तपुर मा पुगेर सभा मा परिणत भएको थियो । सभामा बोल्ने वक्ताहरुले, सबैले साइकल को महत्ता तथा वातावरण सम्बर्धन मा साइकल चढ्दा हुने फाइदाहरु को बारेमा चर्चा गर्नुभएको थियो । र्यालीका केही झलकहरु तल राखिएकाछन् :
शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ । Download Tihar Songs: Bhailini/Bhailo - भैलो Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन Download Tihar Songs: deusi re / देउसी रे Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।










gr888.... u r so fast man.... kip it up!!
ReplyDeleteलु न साथी हो.. २०२० सम्म त बुढो भैइन्छ.. घटाऊन मिल्दैन ? २०१२ गर्दा कसो होला ?
ReplyDeletegr888.... u r so fast man.... kip it up!!
ReplyDelete