Skip to main content

Download Bulbul : Episode-13



Listen to Bulbul Episode-13 [November 25,2009].

आइतबार बज्दै आएको बुलबुल आज देखि बुधबार बज्न सुरु गरेको छ । आज बुधबारे बसाइ को पहिलो बुलबुल ! आज को बुलबुल मा केही रात्री गन्थन को साथ मा पंकज उदास का गजलहरु लिएर आएका छौँ  ।

शरीर बिरामी भएर मात्र मान्छे बिरामी हुँदैन । मन बिरामी भए पनि बिरामी हुन्छ मान्छे । तर मन बिरामी भएको कमै मात्र देख्न सकिन्छ । त्यो त केवल त्यही व्यक्तिले देख्छ जसको मन बिरामी भएको छ । अरुहरुले त त्यही देख्छन्, जे देखिएको छ । मनको बिरामी शरीरमा उतार्न सकिने भए सारा अन्तरमुखी मान्छेले अरुहरुको करुणा बटुल्न आफ्नो मनको बिरामीपनलार्इ शरीरमा उतारिदिन्थ्यो ।

मनको बिरामी अध्ययन गर्नका लागि सिग्मण्ड फ्रायडको अध्ययन गर्छौं हामी भने, सिग्मण्ड फ्रायडले कति अध्ययन गरे होला त मनहरुको ? मन आखिर मनै हो । कहिले खुशी हुन्छ, पुलकित हुन्छ - लाग्छ अब मुक्त छ हर दु:खदेखि । कहिले फेरि यही मन एक्लै एक्लै कुँडिन्छ । उ आफैं बुझ्दैन, किन दुखेको हो मन ।

मन त्यसै व्यग्र भइदिन्छ, मान्छे त्यसै चिन्तित भइदिन्छ अनि समय त्यसै अप्ठ्यारो भइदिन्छ । एक थोपा पानीको मूल्य रेगिस्तानमा पुगेपछि थाहा हुन्छ । वस्तुको मूल्य अभावमा मात्र खुल्छ । सागरमा पुग्दा पानीको के दुख ? अनि के फिक्रि ? त्यसैकारण बन्यो होला नेपाली उखान "नपाउनेलार्इ कस्तोमा कस्तो, पाएपछि सस्तो" । त्यसैकारण उब्ज्यो अर्को उखान बुझ्नेलार्इ श्रीखण्ड, नबुझ्नेलार्इ खूर्पा बींड ।

पानीलार्इ "थोपा" एकाइमा नापे जस्तै माया र प्रेमलार्इ कुनै एकाइमा नापिंदो हो भने किटेर भन्न सकिन्छ प्रेमको सबभन्दा सानो एकाइको मूल्य तब खुल्छ जब प्रेमबाट मान्छे वञ्चित रहन्छ । कोही बोलेको मन पर्दैन, कुनै कुरामा ध्यान जाँदैन, भोक लागेको हो कि तिर्खा अहँ स्पष्ट हुँदैन, जति खेर पनि अव्यक्त केही खोजी गरिरहन्छ मनले । त्यसै त्यसै रित्तोपन एम्प्टीनेसले सताउँछ ।

प्रेम केलार्इ भन्ने ? बाटो घाटोमा देखेका आफूभन्दा विपरीत लिंगीप्रतिको आकर्षणलार्इ प्रेम भन्ने कि एक टुक्रा कागजमा ४ थोपा मसी खर्च गरेर लेखेको शब्दलार्इ प्रेम भन्ने ? स्कूल, कलेज वा अफिसमा आफूसंगै पढ्ने वा काम गर्ने आफूलार्इ सबैभन्दा राम्रो लागेको ठिटो अथवा ठिटीसंग सामीप्यता खोज्न उठेको चाहनालार्इ प्रेम भन्ने कि बाबुआमाले शिशु अवस्थादेखि आफूलार्इ हुर्काउन गरेको परिश्रमलार्इ प्रेम भन्ने ? संगै बसेर काँधमा काँध, हातमाथि हात राखेर गरिएका वाचा कसमलार्इ प्रेम भन्ने कि एक अर्काका विरह व्यथालार्इ बर्बरी आँखाबाट आँसु झार्दै व्यक्त गरिएका अभिव्यक्तिलार्इ प्रेम भन्ने ?

प्रेमको अर्थ अप्ठ्यारो छ, परिभाषा अस्पष्ट छ अनि प्रेम प्राप्तिको तरिका पृथक छ । कसैलार्इ देखेर देख्ने बित्तकिै कल्पेको भावना पनि प्रेम, Love at First Sight, आफ्ना राम्रा कुराको प्रशंसा सुनिरहँदा उठेको उभार पनि प्रेम, आफूलार्इ दिक्क लागेको दिन आफ्नो प्रकृति अनुरुप दिक्कतालार्इ हटाउन कसैले चालेको कदम पनि प्रेम । जब इच्छाले सन्तुष्टि प्राप्त गर्छ, त्यहीं जन्मन्छ प्रेम,.....त्यहीं भइदिन्छ । जब इच्छाहरु दमित गर्नुपर्ने हुन्छ, जब असन्तुष्टिहरु व्यक्त गर्ने समयको अभाव हुन्छ, जब खल्लोपनामा झन् रसशुन्य भएर केही पेश हुन्छ, त्यहीं जन्मन्छ वैराग, त्यहीं शुरु हुन्छ व्यग्रता अनि त्यहीं हुन्छ असन्तुष्टि ।

गुलाब पत्र पत्र हुने थियो
प्रत्येक कोपिला टुक्रा टुक्रा हुने थिए
तिमीले आफ्नो तीक्ष्ण दृष्टि दिइनौ र पो
नत्र अमृत पनि मदिरा हुने थियो

गुलाब पत्र पत्र के होला र ?
प्रत्येक कोपिला छरप्रष्ट कसरी होलान्
जसले संसारका लाखौं सौन्दर्य भोगिसकेको छ
तिमी एकमा आएर नियत कसरी खराब होला खै !

समय अप्ठ्‍यारो भइदिन्छ, कठीन समय गुजि्रदिन्छ मान्छेको जीवनमा । समय, वक्त अर्थात्‍ टाइम्‍ । सारा समय, सारा वक्त भरिमा कठीनता त्यो समयमा रह्यो अर्थात्‍ अन्तमुखीले च्यालेञ्ज गर्न नसकेको कठीन समय दुर्इवटा रह्यो । एउटा समय त्यो जहाँ उ अर्थात्‍ आत्मीय आउनु भन्दा अघिको अवधि छ र अर्को समय त्यो जहाँ उ अर्थात्‍ आत्मीय गएपछिको अवधि छ । त्यही दुर्इवटा अवधिमा जीवन गुज्रन्छ । त्यसैमा कठीनता आएपछि, खै त जीवनमा सन्तोष र सुख ? खै त जीवन बाँच्नुको सरसता ? खै जीवनको मूल्य ? खै जीवनको सारभूत तत्व ?

साइकोलोजीले मान्छेलार्इ दुर्इ प्रकारमा बाँडेको छ - बहिरमुखी र अन्तरमुखी । यसलार्इ प्रकार भन्दा पनि गुणको मात्राको रुपमा लिउँ होला । अन्तमुखी अधिकाँश समय दुखी बनाउँछ आफूलार्इ, मानसिक संघर्ष दिमागभरि बोकेर हिंड्‍छ, अनि त्यसैमा डुबिरहन्छ । कहिलेकाँही जब यो मानसिक संघर्ष चर्केर आउँछ तब योजना बनाउँछ आत्महत्याको पनि । प्रयत्न समेत गर्छ तर सफल हुँदैन । अन्तमुखीले आत्महत्या कहिल्यै गर्न सक्दैन किनकि उ प्रेम गर्छ आफैंसंग, आत्मासंग, आफ्‍नो निजत्वसंग ।

कहिलेकाँही यही अन्तरमुखी चाहन्छ - उसको आत्मरति, अझ भन्दा उसको आत्म-प्रेम उ कसैमा प्रतिस्थापन गर्न चाहन्छ । उसलार्इ अब एउटा विश्वासिलो हमसफर चाहिन्छ जोसंग उ आत्मीयता गाँस्न सकोस्‍, जसलार्इ उ आफ्‍ना सारा गोप्यताहरु खोल्न सकोस्‍ - निश्चिन्त भएर । उ संगको सामीप्यताले सधैं उसलार्इ सुरक्षाको प्रत्याभूति देओस्‍ - तब मात्र आफ्‍नो इच्छाको पूर्णता प्राप्त गर्छ - अन्तमुखी मान्छे ।

अन्तरमुखीका लागि उसको आत्मीय व्यक्तिसँग नजिक रहन मात्रै पाउनु पनि उसको सौभाग्य हो । त्यो व्यक्ति जसमा सारा भावना प्रतिस्थापन गर्न सकिन्छ उ प्रतिको मोह यति बढ्‍छ कि लाग्छ - उ बिना संसार छैन । जसले उसलार्इ पायो त्यही भाग्यमानी ठहर्छ । यस्तो लाग्छ त्यो मान्छे । जब कुनै अन्तमुखीले आफ्‍नो इच्छा र आकाँक्षा प्रतिस्थापन कसैमा गरेर ढुक्क हुन्छ र निश्चिन्त । त्यसपछि उसको आत्मा उ संग रहन्छ, सोच्छ अब म मणी बिनाको सर्प हुँ । जोसंग मेरो मणी छ उसले कहिले धोखा दिने छैन । तर जब त्यो विश्वास लिने अर्थात्‍ मणी लिनेले धोका दिन्छ, अर्थात्‍ जब तबियतको दिन आउँछ, तब म मृत्युको दिन नजिकै हुन्छ – अन्तरमुखी का लागि ।

- अच्युत घिमिरे  'बुलबुल' को रात्री गन्थन बाट !

Bulbul is a Radio Program (a gajal program). Bulbul is presented by Achyut Ghimire and broadcasted via Ujyalo 90 Network. Dinesh Niraula is technically assisting this program. Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulbul[at]unn.com.np or to: ghimireachyut[at]gmail.com

Download: Bulbul Episode-13 [November 25,2009]

Comments

Popular posts from this blog

भारतमा साइट ब्लक गरिँदा, नेपालमा पनि साइट ब्लक [File Sharing Sites Blocked in Nepal]

भारतको सर्वोच्च अदालतको आदेश अनुसार भारतका इन्टरनेट प्रदायक संस्थाहरु (ISP) ले फाइल सेयरिङ साइटहरु, टोरेन्ट, भिडियो साइटहरु तथा अन्य उपयोगी साइटहरुलाई ब्लक गरेकाछन् । आइसोहन्ट (Isohunt), पाइरेट वे (thepiratebay), किकएसटोरेन्ट (kickasstorrent) लगायतका टोरेन्ट साइटहरु तथा भिमियो (Vimeo) र डेलिमोसन (DailyMotion) जस्ता भिडियो सेयरिङ साइटका साथै पेस्टविन (Pastebin), एक्समार्क्स (Xmarks) जस्ता साइटहरुले 'पाइरेसी'लाई बढावा दिएको भन्दै उक्त साइटहरुलाई 'ब्लक' गर्न भारतको सर्वोच्च अदालतले 'आइएसपी'हरुलाई आदेश दिएको थियो । आदेश लगत्तै रिलायन्स, एयरटेल लगायत भारतिय इन्टरनेट प्रदायक संस्थाहरुले उक्त साइटहरु भारतमा ब्लक गरेकाछन्, तर त्यसैको असर स्वरुप नेपालका पनि केही आइएसपीहरुका प्रयोगकर्ताहरुले उक्त सेन्सरसिप सहन गर्नु परेको छ । भारतीय इन्टरनेट प्रदायक संस्थाहरुले साइट ब्लक गर्दा, नेपालमा पनि ती साइटहरु ब्लक हुन पुगेकाछन् । पेस्टविन, पाइरेट वे जस्ता साइटहरु नेपालका अधिकांश आइएसपीहरुबाट नखुल्ने भएकोछ, त्यसको सट्टा "अदालतको आदेश अनुसार साइट ब्लक गरिएकोछ" (Access t...

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

ट्विटरव्दारा प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न आग्रह [पडकास्ट 📻 ]

आकार पोष्ट रेडियोको पहिलो अंकमा स्वागत छ । आजको यो अंकमा ट्विटरले केही दिन पहिले पासवर्ड परिवर्तन गर्न जारी गरेको सूचनाको बारेमा कुरा गर्दैछु । के कति कारणले, ट्विटरले पासवर्ड परिवर्तन गर्न सूचना जारी गर्‍यो, तथा प्रयोगकर्ताले के कति कारणले पासवर्ड तुरुन्त परिवर्तन गर्नुपर्छ भन्ने विषयमा यो अंक केन्द्रित छ । पडकास्टको यो पहिलो अंक परिक्षणको रुपमा मोबाइलमा रेकर्ड गरेर तयार पारिएको हो । कति सकिन्छ थाहा छैन, तर यस पडकास्टलाई साप्ताहिक रुपमा सञ्चालन गर्ने मेरो योजना छ, जहाँ सूचना प्रविधिका विभिन्न पाटोहरुको बारेमा कुरा गर्नेछु । हाललाई यो पडकास्ट एन्कर एफएम तथा स्टिचर एप मार्फत सुन्न सकिन्छ । ट्विटरमा प्रयोग भएको पासवर्ड अन्य साइटहरुमा (जस्तो: फेसबुक, गुगल, दराज, सस्तोडिल, ड्रपबक्स आदि) पनि प्रयोग गरिएकोछ भने, ती साइटहरुमा पनि पासवर्ड तुरुन्त परिवर्तन गर्नुभइ, इन्टरनेटमा सुरक्षित रहनुहोला। प्रो टिप: साइटहरुमा कहिले पनि एउटै पासवर्ड प्रयोग नगर्नुहोला। pic.twitter.com/PjWwQWc7C4 — Aakar Anil (@aakarpost) May 4, 2018

कुन च्याट एप्स चलाउने?

फेसबुकको मेसेन्जरमा स्टोरीज आएपछि वाक्क, दिक्क नै भइयो । त्यसको विकल्प खोज्ने क्रममा पहिले त फेसबुक र मेसेन्जर एप दुवै मोबाइलबाट हटाएर ब्राउजरमा चलाउन थालेँ । त्यसको केही दिनपछि फेसबुक लाइट र मेसेन्जर लाइट चलाउन पुगेँ । फेसबुक लाइटको 'एप एक्सपिरियन्स' खासै गतिलो लागेन र फेरि केही हप्ता पछि फेसबुक एपमा सरेँ तर फेसबुक मेसेन्जर चाँहि मेसेन्जर लाइट नै मनपर्‍यो । गज्जब, च्याट गर्न मात्र मिल्ने । त्यसो त मोबाइलमा करिब आधा दर्जन च्याट एप्स छन्, सबै एप सँधै चलाइँदैन । अर्को कुरा, च्याटको लागि प्रयोग नगरिने एप्‌मा पनि च्याट गर्ने फिचर छ या भनौँ "प्राइभेट मेसेज" गर्ने सुबिधा छ । उदाहरणको लागि इन्स्टाग्राम फोटो सेयर गर्ने एप हो, तर यहाँ साथीहरुलाई सिधै मेसेज पनि गर्न मिल्छ, दोहोरो च्याट गर्न मिल्छ । हिजोआज म पनि प्राय: ट्विटरको 'डाइरेक्ट मेसेज' धेरै प्रयोग गरिरहेको हुन्छु, साथीहरुसँग कुरा गर्न । एक समय यस्तो थियो, म गुगल टक या भनौँ जिमेल च्याट मात्रै प्रयोग गर्थेँ । कसैले केही म्यासेज मलाई पठाउनु छ भने, कि त ईमेल गर्थे वा गुगल टकमा कुरा गर्थे, हैन भने फोन र एसएम...

कुखुरी जालैमा [Photo Story]

एउटी रातो रातो रङ कि कुखुरी हस्याङफस्याङ गरि कुद्दै छे ! तर बिचरी कूखुरी जालो मा परिछे, पसल तिर चाउचाउ र चिजबल जस्ता कुराहरु झुन्ड्याएर राख्ने जालो त कुखुरी को घाँटि मा झुन्डिएछ । कुखुरी आफैँ देखि तर्सि तर्सि हिँडिरा’कि छे ! पर बाट कुद्दै आएर कुखुरी ले मेरो क्यामरा अघि पोज दिइ, तपाई ले नि देख्नुहुन्छ नि, त्यो कुखुरी को घाँटि मा कसरी जाली अड्किएको छ या भनौँ त्यो जालो मा कुखुरी कसरी अड्केकी छे ! सायद डर लागेर होला, त्यसले परै बाट आफू जालि मा अड्किएकी छु भनेर देखाइ । मैले उसको पोज अलि नमिलेको झैँ गरेपछि, कुखुरी रोड को छेउतिर लागि र टाउको यस्सो थोरै फर्काएर देखाइ, गज्जब को पोज भयो भनेझैँ गरि मैले फेरि फोटो खिचेँ । यसलाई नि मोडलिङ मा साह्रै ‘इन्ट्रेस्ट’ रहेछ । उसलाई डर कम भएछ क्यारे, मलाई हेरिरही, सायद यो जाली मेरो घाँटि बाट निकालिदेउ भनी, मैले त्यस्तै बुझेँ । मेरो प्रतिक्रिया के हुन्छ भनेर हेर्दै, उ एकछिन रोड को बिचमा आएर टक्क रोकिइ । मैले फेरि फोटो खिँचे । उसलाई मैले हानी गर्दैन भन्ने पक्का झैँ भएछ । तर पनि शंकाले हेर्दैछे, कतै म कुखुरीलाई खाइदिने त हैन, यो केटा ले । मैले उसको शंक...

मेरो बिहे [कथा]

“एम ए पढ्दै छे, स्कुलमा पढाउँछे, केटी राम्री छ, एकचोटि हेर” आमाले चिया सँग प्रस्ताव पस्कनु भयो । बिहे गर्ने त यस्तै केटी सँग हो, तर पनि यो मामलामा किन किन म निर्णय गर्न एकदम कमजोर भइरहेको थिँए। “खान्दानी छन् रे, आँगन पनि ठूलो छ" आमाको भनाईको आसय मैले प्रष्टरुपमा बुझेको थिँए । तर कुनै विवाद नगरी म चुप लागेर कुरा सुनिरहेँ । “एक्ली छोरी, काठमाण्डौंमा दाजु भाइ सँग बसेर पढेकी, शिल स्वाभाव राम्रो छ, घर गरिखान्छे हाम्रो” आमा थप्दै हुनुहुन्थो, मलाई चिया भन्दा ति कुरा र बयान मीठा लाग्दै थिए । एक किसिमले आमा मेरो कल्पनामा बुट्टाहरु भर्दै हुनुहुन्थ्यो । “मलाई त मन खायो, तँलाई भनेर फोटो मगाएकीछु, ला” आमाले २ वटा फोटो हातमा राखिदिनु भयो । आमाको अगाडि नियालेर हेर्न लाज भयो । केटी त राम्री नै हो । मैले झलक्क हेर्दा त्यही देखें । म रिमोट चलाइरहेको थिँए । गोरुले दाँइ गरे जसरी च्यानल घुमाउनु मेरो पुरानो बानी । भरे बुवा आएपछि कुरा गरौँला भनेर आमा गिलास उठाउँदै जानुभयो । आमा गएपछी ‘केटीलाई’ नियालें । मुहार त राम्रै हो । कपाल कस्तो हो, प्रष्ट सँग देखिएको थिएन । कुर्ता सलवार, बाहुला नभएकोल...

Subscribe to Aakar Post