Skip to main content

Software Freedom Day 2009 : September 19

सँधै को झैँ यसवर्ष पनि सेप्टेम्बर १९ का दिन संसार भर "FOSS for Enterprise" भन्ने नाराका साथ Software Freedom Day 2009 मनाइँदै छ । सेप्टेम्बर १९ अर्थात असोज ३ गते, नेपालमा पनि Software Freedom Day मनाउन FOSS NEPAL ले जोडतोड का साथ तयारी गरिरहेको छ । विश्वव्यापिकरण र बजारीकरण सँगै, कम्प्युटर अनि सफ्टवेयरहरु मा पनि प्रतिस्पर्धा देखिएको छ । बढ्दो बजारीकरण सँगै अस्वस्थ प्रतिस्पर्धा बढेको छ, अनि कुनै समूह विशेष या व्यक्ति विशेष कै सफ्टवेयर तथा कम्प्युटर नै प्रयोग गर्न प्रयोगकर्ताहरुले अप्रत्यक्ष दबाब झेल्नुपरिरहेको छ । यसै कुरालाई मध्यनजर राख्दै खुल्ला तथा स्वतन्त्र सफ्टवेयर मा विश्वास गर्ने युवाहरु को पहल मा FOSS NEPAL नामक संस्था को स्थापना गरिएको थियो ।

सन् २००५ देखी नेपाल मा FOSS NEPAL ले Software Freedom Day मनाउँदै आएको छ । खुला तथा स्वतन्त्र सफ्टवेयरहरु को प्रयोग गर्नुपर्छ भन्ने मान्यता का साथ अघि बढेको FOSS NEPAL को नियमित इभेन्ट अन्तर्गत यसबर्ष पनि Software Freedom Day सेप्टेम्बर १९ का दिन मनाउन लागिएको हो ।


सेप्टेम्बर १९ का दिन Software Freedom Day मनाउन विभिन्न कार्यक्रमहरु समावेश गरिएको छ । कम्प्युटर तथा सफ्टवेयर मा रहेको एकाधिकार तोडिनुपर्छ भन्ने मान्यता का साथ आयोजना हुन गइरहेको कार्यक्रम मा निम्न कुराहरु समेटिनेछन् :
  • Registration
  • Open Enterprises, Open Space (Come - Sit - discuss)
  • Satasat GB
  • OSCN project showcase
  • Documentary Show
  • Signature Campaign
  • Open Enterprises Demo
  • FOSS Quiz
  • Games on GNU/Linux
  • Enterprises Application Demo
  • Presentation from FOSS Enthusiasts
यसका साथै,सँधै को झैँ सेप्टेम्बर १८ को साँझ माइतिघर मण्डला मा दिप प्रज्जवलन गरिने छ । Open Source Software को उपयोगिता अनि प्रयोग का बारेमा सर्वसाधारणलाई बुझाउनु नै इभेन्ट को मुख्य लक्ष रहेको छ । अत: यसै ब्लग मार्फत सम्पुर्ण व्यक्तिहरुलाई सेप्टेम्बर १९ मा यलमाया केन्द्र पाटनढोकामा सफ्टवेयर फ्रिडम डे मनाउन हार्दिक आमन्त्रण गरिन्छ ।

Event: Software Freedom Day
Date: 19th September 2009 (असोज ३ गते शनिवार)
Time: 9:00 AM Onwards
Venue: Yala Maya Kendra, Patan Dhoka, Lalitpur
Host: FOSS Nepal


FOSS Nepal के हो ? Software Freedom Day किन मनाइँदै छ भन्ने कौतुहलता छ भने यहाँ बाट जानकारी प्राप्त गर्न सक्नुहुन्छ । स्मरणिय रहोस्, विगत का २ श्रृंखला मा FOSS Nepal को प्रस्तुती उत्कृष्ट रहेकोले, विश्वभरिनै मनाइएको Software Freedom Day बाट FOSS Nepal सर्वोत्कृष्ट घोषित भएको थियो। अत: त्यही मान्यतालाई कायम राख्न FOSS Nepal अहिले गृहकार्यमा जुटिरहेको छ,साथै तपाई पनि साथ र सहयोग गर्न इच्छुक हुनुहुन्छ भने FOSS Nepal को ढोका तपाइ को लागि सँधै खुल्ला रहेको छ ।

Comments

  1. All the best for Program....
    Will love to visit this program...

    Best Wishes !!!

    ReplyDelete
  2. how can i join this day?

    ReplyDelete
  3. Sagar ji, If you want to be a volunteer, you can go into our wiki wiki.fossnepal.org into SFD 09 page and write your name there.

    If you just want to be a participant, then you can come to Yala maya kendra on that day.. nothing have to be done.. entrance is free with some free cds and demonstration..

    ReplyDelete
  4. Thanks for sharing the information. all the best for software freedom day 2009!

    ReplyDelete
  5. great presentation skill ! keep it up !

    ReplyDelete
  6. great presentation skill ! keep it up !

    ReplyDelete

Post a Comment

Popular posts from this blog

भारतमा साइट ब्लक गरिँदा, नेपालमा पनि साइट ब्लक [File Sharing Sites Blocked in Nepal]

भारतको सर्वोच्च अदालतको आदेश अनुसार भारतका इन्टरनेट प्रदायक संस्थाहरु (ISP) ले फाइल सेयरिङ साइटहरु, टोरेन्ट, भिडियो साइटहरु तथा अन्य उपयोगी साइटहरुलाई ब्लक गरेकाछन् । आइसोहन्ट (Isohunt), पाइरेट वे (thepiratebay), किकएसटोरेन्ट (kickasstorrent) लगायतका टोरेन्ट साइटहरु तथा भिमियो (Vimeo) र डेलिमोसन (DailyMotion) जस्ता भिडियो सेयरिङ साइटका साथै पेस्टविन (Pastebin), एक्समार्क्स (Xmarks) जस्ता साइटहरुले 'पाइरेसी'लाई बढावा दिएको भन्दै उक्त साइटहरुलाई 'ब्लक' गर्न भारतको सर्वोच्च अदालतले 'आइएसपी'हरुलाई आदेश दिएको थियो । आदेश लगत्तै रिलायन्स, एयरटेल लगायत भारतिय इन्टरनेट प्रदायक संस्थाहरुले उक्त साइटहरु भारतमा ब्लक गरेकाछन्, तर त्यसैको असर स्वरुप नेपालका पनि केही आइएसपीहरुका प्रयोगकर्ताहरुले उक्त सेन्सरसिप सहन गर्नु परेको छ । भारतीय इन्टरनेट प्रदायक संस्थाहरुले साइट ब्लक गर्दा, नेपालमा पनि ती साइटहरु ब्लक हुन पुगेकाछन् । पेस्टविन, पाइरेट वे जस्ता साइटहरु नेपालका अधिकांश आइएसपीहरुबाट नखुल्ने भएकोछ, त्यसको सट्टा "अदालतको आदेश अनुसार साइट ब्लक गरिएकोछ" (Access t...

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

SLC Result 2066/2067 (2009-2010)

The Office of the Controller of Examinations (OCE), Sanothimi, on Friday published the results of the School Leaving Certificate (SLC) 2066 examinations held last year. 64.31 percent students passed the SLC 2066/67, according to the Controller of Examinations (OCE) Sanothimi, Bhaktapur. We have uploaded SLC Result 2066 in .pdf , .txt and in .zip file format for you. Download the file and search your ‘symbol number’. Congratulations to all, who passed SLC this year. And if you want to see your results with marks then, you can follow THT (symbol no. and birth date required). Download SLC Result 2066/2067 (2009-2010) : REGULAR: EXEMPTED: Distinction --------------- First division First division Second Division Second Division Third Division Third Division Withheld Withheld ...

ट्विटरव्दारा प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न आग्रह [पडकास्ट 📻 ]

आकार पोष्ट रेडियोको पहिलो अंकमा स्वागत छ । आजको यो अंकमा ट्विटरले केही दिन पहिले पासवर्ड परिवर्तन गर्न जारी गरेको सूचनाको बारेमा कुरा गर्दैछु । के कति कारणले, ट्विटरले पासवर्ड परिवर्तन गर्न सूचना जारी गर्‍यो, तथा प्रयोगकर्ताले के कति कारणले पासवर्ड तुरुन्त परिवर्तन गर्नुपर्छ भन्ने विषयमा यो अंक केन्द्रित छ । पडकास्टको यो पहिलो अंक परिक्षणको रुपमा मोबाइलमा रेकर्ड गरेर तयार पारिएको हो । कति सकिन्छ थाहा छैन, तर यस पडकास्टलाई साप्ताहिक रुपमा सञ्चालन गर्ने मेरो योजना छ, जहाँ सूचना प्रविधिका विभिन्न पाटोहरुको बारेमा कुरा गर्नेछु । हाललाई यो पडकास्ट एन्कर एफएम तथा स्टिचर एप मार्फत सुन्न सकिन्छ । ट्विटरमा प्रयोग भएको पासवर्ड अन्य साइटहरुमा (जस्तो: फेसबुक, गुगल, दराज, सस्तोडिल, ड्रपबक्स आदि) पनि प्रयोग गरिएकोछ भने, ती साइटहरुमा पनि पासवर्ड तुरुन्त परिवर्तन गर्नुभइ, इन्टरनेटमा सुरक्षित रहनुहोला। प्रो टिप: साइटहरुमा कहिले पनि एउटै पासवर्ड प्रयोग नगर्नुहोला। pic.twitter.com/PjWwQWc7C4 — Aakar Anil (@aakarpost) May 4, 2018

मोबाइलोग्राफी Photo Story [Pictures]

ग्राहक को पर्खाइ मा हात को मुठी भित्र सल्किरहेको चुरोट छ, नेपाली ढाकाटोपी, अनि कोट र गोल्डस्टार जुत्ता मा सजिएका बुढा बा, पुरानो वसपार्क छेवैको, एक पर्खाल को आड मा ग्राहक को पर्खाइ मा छन् । काँटावाला, तराजु लिएर बसेका उनी, मान्छे को तौल जोख्छन्, तौल जोखि माग्नेहरुले पैसो तिरेर आफ्नो तौल जोख्छन् । यो फोटो लिएको समय नेपाली कांग्रेस को महाधिवेशन चल्दैथियो । बाटोभरि मान्छेहरु को भिड थियो, तर यस्तो लाग्दैथ्यो यी बुढा बा लाई केही वास्ता थिएन । उनी चुरोट तान्दै आफैँ मा हराइरहेका झैँ देखिन्थेँ । ढल्किँदो दिन त्रिपुरेश्वर मा अवस्थित मन्दिर को फोटो खिच्दा, पश्चिम मा सूर्य डुब्न लागिसकेको थियो । कोलाहाल को बिचमा उभिएको मन्दिर आफू मा चाँहि साह्रै शान्त छ । पुल्चोक मा आयोजित लोकस २०१० हेरेर फर्किँदै गर्दा, थकाइ मार्ने उद्देश्य ले यही मन्दिर मा एकछिन अडिएको थिँए । झोलुङ्गे पुल ललितपुर बालकुमारी मा, मनोहरा खोला माथि रहेको झोलुंङ्गे पुल ! यो फोटो खिच्दा, मौसम सफा थिएन, हल्का वर्षा भइरहेथ्यो । त्यसदिन केही साथिहरु को साथ मा, नयाँ वानेश्वर, शंखमुल हुँदै यो झोलुङ्गे पुल तरेर, बालकुमारी हु...

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

Subscribe to Aakar Post