
Listen to Maya Thakuri's Story 'चौतारो साक्षी छ' in RadioBachan.
आज को रेडियोवाचन को नयाँ अंक मा "माया ठकुरी" को कथासंग्रह 'चौतारो साक्षी छ' बाट "उसको कथा" तथा "चौतारो साक्षी छ" नामक २ वटा कथा वाचन गर्दैछौँ । रेडियोवाचनका लागि हाम्रा चिरपरिचित प्रस्तोता 'अच्युत घिमिरे' कथा वाचन गर्दैहुनुहन्छ भने प्रविधि मा दिलिप ज्योती ले साथ दिइरहनुभएको छ ।
नेपाली साहित्य मा माया ठकुरी का कथाहरु यथार्थपरक मानिन्छन् । सन् १९४६ मा लखनउ भारत मा जन्मिनु भएकी कथाकार माया ठकुरी को पहिलो कथा 'बहुलाही' हो । बिए सम्म अध्ययन गर्नुभएकी कथाकार ठकुरी ले शास्त्रिय संगित मा जुनियर डिग्री गर्नुभएको छ भने, शिक्षण पेशा मा संलग्न हुनुहुन्छ । उहाँले वि. सं. २०४१ को मैनालीकथा पुरस्कार,वि.सं. २०३५ मा रन्तश्री स्वर्ण पदक र वि.सं. २०४३ मा जिल्ला शिक्षा समिति पाल्पाद्वारा कदर पत्र / प्रशंसा पत्र ले सम्मानित हुनुभएको छ । उहाँ को "नजुरेको जोडी - कथा संग्रह, गमलाको फूल - कथा संग्रह, साँघु तरेपछि - कथा संग्रह" आदि लगायत का कथा संग्रहहरु प्रकाशित भएका छन् ।
यी रेडियोवाचनका अंकहरु केही वर्ष पहिले एचबिसी एफएम बाट प्रसारण भइसकेकाछन् ।
माथिको अडियो डाउनलोड गर्नुहोस् ।
imgsrc:nai.com.np