अपडेट: केयु का विभिन्न क्लबहरु र पुरुष तथा महिला छात्रावासका प्रतिनिधिहरुको मध्यस्थता मा आन्दोलनरत पक्ष र प्रशासन विच ७ बुँदे सहमतिहरु भएको छ ।
काठमाडौँ विश्विद्यालय आज दोश्रो दिन पनि बन्द रहेको छ । SWC (Student Welfare Council) ले विभिन्न माग राखि गरिएको आन्दोलन ले आज उग्र रुप लिएको छ । यसअघि हिजो SWC ले आफ्नो माग को सुनवाइ नभएको भन्दै सबै डिपार्टमेन्टहरु मा ताला लगाएको थियो भने उता रजिष्ट्रार को कार्यालय ले ताला नखुले कारवाही गरिनेछ भन्दै आज प्रशासन आफैँले ताला फुटाएका कारण स्थिति असमान्य बनेको छ । सो क्रम मा झडप भएर केही विद्यार्थीहरु घाइते भएका छन् भने, झडप कै क्रम मा केही सिसा र गमला तोडफोड भएको छ । केहीबेर अघिसम्म पनि प्रशासन ले वार्ता मा नबोलाएको ले, विद्यार्थीहरु झनै आक्रोशित देखिएकाछन् ।
केही दिन यता, प्रशासन र SWC बिच दूरी बढ्दैगएको थियो । CR हरु को राजिनामा पछि, SWC को कार्यक्षमता मै प्रशासन ले औँला ठड्याएपछि, स्थिति जटिल बन्दैगएको हो । एकातिर मागहरु सुनुवाइ हुनुपर्ने माग उठिरहँदा विद्यार्थीहरुकै अर्को समूह पढाइ सुचारु गर्न दबाब दिइरहेको छ । विद्यार्थीहरु नै विभिन्न गुट र समूहमा बाँडिएका ले केयु मा स्थिति नराम्रो बन्ने तथा जुनसुकै बेला झडप हुन सक्ने स्थिति देखिएको छ ।
विश्वविद्यालय लाई राजनितिबाट टाढा राख्ने अभिप्राय ले, केयुमा विद्यार्थीको हकहित को लागि विद्यार्थी कल्याणकारिणी परिषद गठन गर्ने प्रचलन रहेको छ, सो को चयन निर्वाचन बाट हुने प्रावधान छ । निर्वाचन को बेला देखि नै, परिस्थिति असहज बन्दै गएको थियो । हामी शतप्रिशत विद्यार्थी हौँ भनेर, भाषण दिए पनि यहाँ भै'रहेका गतिविधिहरु ले सबै समूह राजनितक संगठन को छत्रछाँया मा रहेकाले पनि स्थिति गम्भिर बन्ने खतरा बढेको छ ।
साथै, अहिले विद्यार्थीले उठाएका मागलाई प्रशासन ले वेवास्ता गरेको आरोप SWC ले लगाएको छ । प्रशासन ले विद्यार्थीलाई वार्ता मा बोलाउनुको सट्टा एकमाथि अर्को नोटिस निकालेर विद्यार्थीलाई कडा कारबाही गर्ने चेतावनि दिइरहेकाले, प्रशासन को नालायकिपन र दमनकारी प्रवृति उदागों भएको छ । वर्तमान SWC का सभापति सुनिल बानियाँ को नेतृत्वमा आन्दोलन चर्किएको छ । SWC लाई निस्कृय पारी कुनै पनि कार्यक्रम आयोजना गर्न नदिएपछि र प्रशासन ले विभिन्न नियमहरु विद्यार्थीहरुमाझ लाद्न खोजेपछि, SWC आन्दोलन मा उत्रिएको हो ।
आन्दोलन को पक्ष र विपक्ष मा विद्यार्थीहरु दुई समूहमा बाँडिएपछि, स्थिति झनै गम्भिर बनेको छ । SWC लाई नेविसंघ भएको आरोप लागेको छ भने अर्कातर्फ अनेरास्ववियु क्रान्तिकारी र अनेरास्ववियु समर्थित समूह पढाइ सुचारु हुनुपर्ने भन्दै आन्दोलन को विपक्ष मा देखिएकाछन् । प्रशासन ले समयमै वार्ता मा नबोलाउने हो भने, स्थिति जटिल बन्ने खतरा त बढेको छ । अत: चाँडोभन्दा चाँडो वार्ता मा बसि आपसी सहमतिमा अहिले को आन्दोलन मत्थर पार्नुबाहेक अरु कुनै विकल्प बाँकिरहेको छैन । टियुको रोग केयुमा सरेको छ, सबैलाई चेतना भया ?
आज को झडप पछि, केयु को प्रशासनिक भवन अगाडि सिसा का टुक्राहरु र गमलाहरु यसरी छरपस्ट भएकाछन् ।