Skip to main content

Bus Experience

बस अति नै भिड छ । पुतलीसडक चोक, बागबजार, डिल्लीबजार जाने सबै बाटोमा मान्छे नै मान्छे ले भरिएका छन् । मान्छे पनि कति हुन्, सबै आ-आफ्नै धुनमा मस्त र व्यस्त छन् । सदा, पुतलीसडक बाट कोटेश्वर जाने म, आज भने पुतलीसडक बाट चाबहिल तिर लाग्दैछु । नेपाल यातायात, काठमाडौँ मा सडक मा गुड्ने गाडिहरु मध्ये मलाई सबैभन्दा मन पर्ने ब्रान्ड !

चाइनिज गाडि नै हो क्यार, यो नेपाल यातायात का गाडिहरु, गाडि सानो सानो भएपनि, ठूला ठूला झ्यालहरु छन् । अनि, जोकोही ले अनुमान गरेभन्दा तेब्बर मान्छे एउटै गाडिमा चेपिएकाहुन्छन् । हुन त आफ्नो टाइम छ गाडि को, हरदम ड्राइभर घडि हेर्दै गाडि चलाउँछन् । अत: नेपाल यातायात चढ्दा प्राय: ढिलो हुँदैन, यदि धेरै ठूलो जाम मा फसिएन भने ।

आज म मात्र एक्लो छैन, मेरो साथ मा दाजु पनि हुनुहुन्छ, हामीलाई सुकेधारा पुग्न हतार छ । दाजुले बसपार्क जाउँ भन्दा भन्दै मैले नेपाल यातायात सुझाएँ । यो गाडि मा चढ्दा थाहा हुन्छ कि, खुट्टा मा पनि आँखा हुनु जरुरी छ भनेर । एउटा पाइला राख्न पनि धेरै सोच्नुपर्छ, यस्तो सकस हुन्छ कि, गाडि मा उभिँदा केही मा समाउनुपर्ने जरुरी हुँदैन । चारैतिर नै मान्छे बाट घेरिएका हुन्छौँ, तातो श्वास मा बाफ्फिरहेका हुन्छौँ । त्यसमाथी कन्डक्टरले एकसाइड समातेर पछाडि जानुस त भन्दा बसमा भा’को सबैको मथिंगल रिंगिन्छ । तर आज यसो भएको छैन, भर्खर गाडि आएर रोकिएकोले होला, हामी दुइजनाले चढ्ने बित्तिकै सिट पायौँ ।

पुतलीसडकबाट नेपाल यातायात चढ्दा सिट पाइयो भन्दा आफूलाई भाग्यमानी मान्नुपर्छ । दाँया साइडमा, डबल सिट छ भने वाँया साइडमा सिंगल सिट छ । हामी दुई दाजुभाइ, दाँया तिर को सिटमा बस्यौँ, तर एउटैमा होइन । एक – एक जना फरक सिटमा बस्यौँ । गाडि भरिन थाल्यो, मान्छे को भिड बढ्यो । घडि हेर्दै ड्राइभर ले गाडि कुदाए । कुदाउन पनि धेरै नै कुदाउँछन्, नेपाल यातायात चाँहि अरुको तुलनामा ।

भाटभटेनी मा एउटी बुढि आइमाई बसमा चढिन, साथ मा उनको नाती वा यस्तै कोही थियो २०-२२ वर्ष जतिको । सिटमा बसेको कोही भलाद्‍मी बोले, बुढिआमालाई सिट छोडिदिउँ, तर उनीभने आफैँ सिटमा लपक्क टाँसिएका थिए, छोड्नुपर्ला भनेर । ती भलाद्‍मीले त्यति नभन्दै, दाजु ले सिट छोडिदिसक्नुभएको थियो, ती बुढीआइमाई लाई । बुढी गजक्क परेर, सिटमा बसिन, दाजु त्यहीँ कोचिएर उभिनुभयो, मैले मेरो सिटमा बस्नलाई भनेँ, भै’गो तैँ बस् भन्नुभएकोले म नै बसेँ सिटमा ।

गर्मीहुन थालेको छ, गाडिमा कोचिएका मान्छेहरुको श्वास ले । सम्झँदा पनि गज्जब लाग्छ, त्याँ कसैलाई अहिलेको माहामारी फैलिएको स्वाइन फ्लु लागेको भए, मान्छे जति सबै सोत्तर हुनेथिए । गाडि वालुवाटारमा रोकियो, ती बुढिआइमाई सँगै सिटमा रहेकी एकजना को स्टप आइपुगेकोले उनी ओर्लिन । म सोच्दैथिँए, अब दाजु बस्नुहुन्छ होला, अनि दाजु पनि तयार हुनुहुन्थ्यो बस्नलाई । जब दाजु बस्न थाल्नुभयो, ती बुढीले हातले छेकिन र उनकै आफन्तीलाई सिटमा राखिन, त्यही अघि सँगै आउने केटालाई ।

झनक्क रिस उठ्यो मलाई, तर चुपचाप नै थिँए । दाजुलाई हेरेँ, दाजुले मलाई हेर्नुभयो, भित्र भित्र रिस उठेको भए पनि हामी हाँस्यौ । लाग्यो, बेक्कार छोडिएछ, यति कठिन यात्रा मा त्यो सिट त्यो बुढीलाई । आफू कोचिएर भएपनि, सिट छाडिदिएको तर ती बुढीले सम्झिनन् । साँच्चि, गुन गर्ने जमाना गएछ कि जस्तो लाग्यो । हुन त यो सम्मान सँग पनि जोडिएको कुरा हो । वृद्ध वृद्धा को सहयोग र सम्मान गर्नुपर्छ, त्यो थाहा छ अनि गरिएको पनि छ तर कहिँलेकाँहि यस्तो हुँदा चाँहि भने, बेक्कारमा यसो गरिएछ जस्तो लाग्छ । कम्तिमा ती बुढि आइमाईले एकपटक सोध्नु त पर्थ्यो । घर पुगियो तर बाटो भरि त्यही कुरा मनमा आइरह्‍यो । त्यती सम्मान का साथ ती बुढी आईमाईलाई सिट छोडिदिएको तर उनले त पछि आफैँलाई बस्न दिइनन् । कस्तो संस्कार आएछ, हामीमा !

नेपाल यातायात मा सिट पाउँदा, युद्ध जितेको अनुभव सायद यसै कुरा ले पनि होला । यस्ता कुराहरु प्राय: गाडिहरुमा घटिरहेका हुन्छन् । लाग्छ, संवेदना त सबै मा शुन्य छ । कुनै महिला बच्चा लिएर बसमा चढिन् भने, त्यही सिट नछोड्ने मान्छे नै अगाडि बोल्छ, उहाँको लागि सिट छोड्दिउँ, उ भन्छ मात्रै तर सिट बाट टसमस हुँदैन । अनि कहिलकाँहि त्यही पहिलेको कुरा ले पनि आफूलाई पनि सिट छोड्न मन लाग्दैन । तर पनि मन ले मान्दैन, अनि फेरि त्यहीँ कोचिएर उभिन्छु, अरु कसैका लागि सिट छोड्दै । अनि त्यो सिट मा पछि अरु नै कोही आएर बसिदिन्छन्, एकपटक बसौँ भनेर पनि भन्दैनन्, म सहिदिन्छु, अब त्यही परको स्टप त हो नि भन्दै ।

Comments

  1. मेरो त घर नै झन् नेपाल यातायातको अन्तिम बिसौनी हो बालकुमारी ! सबैभन्दा बढि हिँड्नुपर्ने रूटमा पर्ने भएकाले प्राय: यसैमा चढिन्छ । जाँदा त जहिले आनन्द हु्न्छ शुरूमै चढेर सीट पाईन्छ । फर्कँदा भने अन्तिम बिसौनी नआउञ्जेल उभिनै पर्छ । भाग्य दह्रो भए कोटेश्वरबाट सीट पाईन्छ । अनि मानवीय संवेदनाको त के कुरा गर्नु !! मानवीय संवेदनाभन्दा नेपाल यातायातकै कुरा गर्न रमाईलो !!

    ReplyDelete
  2. dami lekha, maile pani aanubhav gareko

    ReplyDelete
  3. Great writeup... Ma pani 2 barsa lagatar chadeko Nepal yatayat, perfect analysis of situation. Mutual experience here, we don't care these small things but you have written it very lively. Keep it up.

    ReplyDelete
  4. I have suffered like this...while I used to travel by bus...and the people grrr....I don't know why they are so senseless....u grace yourself choosing Nepal Yatayat..and I had to chose a micro bus...and whts more irritating vechile than a micro bus...three people are adjusted in two people's seat...Uff... Girls are asaulted too....in the pack bus...uff

    So many vechile run in the street...why they are still so pack..is it because everyone...each of us have to reach the destination so fast..then what may be the next reason...

    ReplyDelete
  5. very nice and interesting article...
    I think it was experinced by many people in their daily life.....

    ReplyDelete
  6. some unlucky days, i am compelled to use Nepal Yatayat! I share the similar experience!!

    ReplyDelete
  7. Great writeup... Ma pani 2 barsa lagatar chadeko Nepal yatayat, perfect analysis of situation. Mutual experience here, we don't care these small things but you have written it very lively. Keep it up.

    ReplyDelete

Post a Comment

Popular posts from this blog

भारतमा साइट ब्लक गरिँदा, नेपालमा पनि साइट ब्लक [File Sharing Sites Blocked in Nepal]

भारतको सर्वोच्च अदालतको आदेश अनुसार भारतका इन्टरनेट प्रदायक संस्थाहरु (ISP) ले फाइल सेयरिङ साइटहरु, टोरेन्ट, भिडियो साइटहरु तथा अन्य उपयोगी साइटहरुलाई ब्लक गरेकाछन् । आइसोहन्ट (Isohunt), पाइरेट वे (thepiratebay), किकएसटोरेन्ट (kickasstorrent) लगायतका टोरेन्ट साइटहरु तथा भिमियो (Vimeo) र डेलिमोसन (DailyMotion) जस्ता भिडियो सेयरिङ साइटका साथै पेस्टविन (Pastebin), एक्समार्क्स (Xmarks) जस्ता साइटहरुले 'पाइरेसी'लाई बढावा दिएको भन्दै उक्त साइटहरुलाई 'ब्लक' गर्न भारतको सर्वोच्च अदालतले 'आइएसपी'हरुलाई आदेश दिएको थियो । आदेश लगत्तै रिलायन्स, एयरटेल लगायत भारतिय इन्टरनेट प्रदायक संस्थाहरुले उक्त साइटहरु भारतमा ब्लक गरेकाछन्, तर त्यसैको असर स्वरुप नेपालका पनि केही आइएसपीहरुका प्रयोगकर्ताहरुले उक्त सेन्सरसिप सहन गर्नु परेको छ । भारतीय इन्टरनेट प्रदायक संस्थाहरुले साइट ब्लक गर्दा, नेपालमा पनि ती साइटहरु ब्लक हुन पुगेकाछन् । पेस्टविन, पाइरेट वे जस्ता साइटहरु नेपालका अधिकांश आइएसपीहरुबाट नखुल्ने भएकोछ, त्यसको सट्टा "अदालतको आदेश अनुसार साइट ब्लक गरिएकोछ" (Access t...

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

ट्विटरव्दारा प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न आग्रह [पडकास्ट 📻 ]

आकार पोष्ट रेडियोको पहिलो अंकमा स्वागत छ । आजको यो अंकमा ट्विटरले केही दिन पहिले पासवर्ड परिवर्तन गर्न जारी गरेको सूचनाको बारेमा कुरा गर्दैछु । के कति कारणले, ट्विटरले पासवर्ड परिवर्तन गर्न सूचना जारी गर्‍यो, तथा प्रयोगकर्ताले के कति कारणले पासवर्ड तुरुन्त परिवर्तन गर्नुपर्छ भन्ने विषयमा यो अंक केन्द्रित छ । पडकास्टको यो पहिलो अंक परिक्षणको रुपमा मोबाइलमा रेकर्ड गरेर तयार पारिएको हो । कति सकिन्छ थाहा छैन, तर यस पडकास्टलाई साप्ताहिक रुपमा सञ्चालन गर्ने मेरो योजना छ, जहाँ सूचना प्रविधिका विभिन्न पाटोहरुको बारेमा कुरा गर्नेछु । हाललाई यो पडकास्ट एन्कर एफएम तथा स्टिचर एप मार्फत सुन्न सकिन्छ । ट्विटरमा प्रयोग भएको पासवर्ड अन्य साइटहरुमा (जस्तो: फेसबुक, गुगल, दराज, सस्तोडिल, ड्रपबक्स आदि) पनि प्रयोग गरिएकोछ भने, ती साइटहरुमा पनि पासवर्ड तुरुन्त परिवर्तन गर्नुभइ, इन्टरनेटमा सुरक्षित रहनुहोला। प्रो टिप: साइटहरुमा कहिले पनि एउटै पासवर्ड प्रयोग नगर्नुहोला। pic.twitter.com/PjWwQWc7C4 — Aakar Anil (@aakarpost) May 4, 2018

कुन च्याट एप्स चलाउने?

फेसबुकको मेसेन्जरमा स्टोरीज आएपछि वाक्क, दिक्क नै भइयो । त्यसको विकल्प खोज्ने क्रममा पहिले त फेसबुक र मेसेन्जर एप दुवै मोबाइलबाट हटाएर ब्राउजरमा चलाउन थालेँ । त्यसको केही दिनपछि फेसबुक लाइट र मेसेन्जर लाइट चलाउन पुगेँ । फेसबुक लाइटको 'एप एक्सपिरियन्स' खासै गतिलो लागेन र फेरि केही हप्ता पछि फेसबुक एपमा सरेँ तर फेसबुक मेसेन्जर चाँहि मेसेन्जर लाइट नै मनपर्‍यो । गज्जब, च्याट गर्न मात्र मिल्ने । त्यसो त मोबाइलमा करिब आधा दर्जन च्याट एप्स छन्, सबै एप सँधै चलाइँदैन । अर्को कुरा, च्याटको लागि प्रयोग नगरिने एप्‌मा पनि च्याट गर्ने फिचर छ या भनौँ "प्राइभेट मेसेज" गर्ने सुबिधा छ । उदाहरणको लागि इन्स्टाग्राम फोटो सेयर गर्ने एप हो, तर यहाँ साथीहरुलाई सिधै मेसेज पनि गर्न मिल्छ, दोहोरो च्याट गर्न मिल्छ । हिजोआज म पनि प्राय: ट्विटरको 'डाइरेक्ट मेसेज' धेरै प्रयोग गरिरहेको हुन्छु, साथीहरुसँग कुरा गर्न । एक समय यस्तो थियो, म गुगल टक या भनौँ जिमेल च्याट मात्रै प्रयोग गर्थेँ । कसैले केही म्यासेज मलाई पठाउनु छ भने, कि त ईमेल गर्थे वा गुगल टकमा कुरा गर्थे, हैन भने फोन र एसएम...

कुखुरी जालैमा [Photo Story]

एउटी रातो रातो रङ कि कुखुरी हस्याङफस्याङ गरि कुद्दै छे ! तर बिचरी कूखुरी जालो मा परिछे, पसल तिर चाउचाउ र चिजबल जस्ता कुराहरु झुन्ड्याएर राख्ने जालो त कुखुरी को घाँटि मा झुन्डिएछ । कुखुरी आफैँ देखि तर्सि तर्सि हिँडिरा’कि छे ! पर बाट कुद्दै आएर कुखुरी ले मेरो क्यामरा अघि पोज दिइ, तपाई ले नि देख्नुहुन्छ नि, त्यो कुखुरी को घाँटि मा कसरी जाली अड्किएको छ या भनौँ त्यो जालो मा कुखुरी कसरी अड्केकी छे ! सायद डर लागेर होला, त्यसले परै बाट आफू जालि मा अड्किएकी छु भनेर देखाइ । मैले उसको पोज अलि नमिलेको झैँ गरेपछि, कुखुरी रोड को छेउतिर लागि र टाउको यस्सो थोरै फर्काएर देखाइ, गज्जब को पोज भयो भनेझैँ गरि मैले फेरि फोटो खिचेँ । यसलाई नि मोडलिङ मा साह्रै ‘इन्ट्रेस्ट’ रहेछ । उसलाई डर कम भएछ क्यारे, मलाई हेरिरही, सायद यो जाली मेरो घाँटि बाट निकालिदेउ भनी, मैले त्यस्तै बुझेँ । मेरो प्रतिक्रिया के हुन्छ भनेर हेर्दै, उ एकछिन रोड को बिचमा आएर टक्क रोकिइ । मैले फेरि फोटो खिँचे । उसलाई मैले हानी गर्दैन भन्ने पक्का झैँ भएछ । तर पनि शंकाले हेर्दैछे, कतै म कुखुरीलाई खाइदिने त हैन, यो केटा ले । मैले उसको शंक...

मेरो बिहे [कथा]

“एम ए पढ्दै छे, स्कुलमा पढाउँछे, केटी राम्री छ, एकचोटि हेर” आमाले चिया सँग प्रस्ताव पस्कनु भयो । बिहे गर्ने त यस्तै केटी सँग हो, तर पनि यो मामलामा किन किन म निर्णय गर्न एकदम कमजोर भइरहेको थिँए। “खान्दानी छन् रे, आँगन पनि ठूलो छ" आमाको भनाईको आसय मैले प्रष्टरुपमा बुझेको थिँए । तर कुनै विवाद नगरी म चुप लागेर कुरा सुनिरहेँ । “एक्ली छोरी, काठमाण्डौंमा दाजु भाइ सँग बसेर पढेकी, शिल स्वाभाव राम्रो छ, घर गरिखान्छे हाम्रो” आमा थप्दै हुनुहुन्थो, मलाई चिया भन्दा ति कुरा र बयान मीठा लाग्दै थिए । एक किसिमले आमा मेरो कल्पनामा बुट्टाहरु भर्दै हुनुहुन्थ्यो । “मलाई त मन खायो, तँलाई भनेर फोटो मगाएकीछु, ला” आमाले २ वटा फोटो हातमा राखिदिनु भयो । आमाको अगाडि नियालेर हेर्न लाज भयो । केटी त राम्री नै हो । मैले झलक्क हेर्दा त्यही देखें । म रिमोट चलाइरहेको थिँए । गोरुले दाँइ गरे जसरी च्यानल घुमाउनु मेरो पुरानो बानी । भरे बुवा आएपछि कुरा गरौँला भनेर आमा गिलास उठाउँदै जानुभयो । आमा गएपछी ‘केटीलाई’ नियालें । मुहार त राम्रै हो । कपाल कस्तो हो, प्रष्ट सँग देखिएको थिएन । कुर्ता सलवार, बाहुला नभएकोल...

Subscribe to Aakar Post