Skip to main content

मेरो कथा

देखे पनि नदेखेको जसरी बाटो लागे दुवै । खै, कसरी यस्तो भएका हुन्, पहिले त यस्तो थिएनन्, सबैमा यही जिज्ञासा छ । हरदम सँगै रहने उनीहरु अहिले परिचितहरु को भिडमा पनि अपरिचित बनेर हिँडिरहेकाछन् । कसैले सोधेमा जवाफ दिन्छन्, ‘थाहा छैन, त्यस्को बारेमा मलाई के मतलब, जब उसले मलाई आफ्नो मान्दैन भने, उसको जिन्दगीमा मेरो केही भ्यालु छैन भने’ । दुवै को जवाफ एउटै हुन्छ, सबैसँग तर अफसोच उनीहरुको जवाफ सुन्ने एउटै साझा मान्छे कोही छैन । यदि दुवै को कुरा एउटैले सुन्ने हो भने सायद, उनीहरु बिच को दुरी रहँदैनथियो । एक अर्काको नजरमा नराम्रो बनेर हिँड्दैन थिए होलान् ।

आज पनि भेट भएको थियो तर न उसले बोलायो न उनले बोल्ने इच्छा नै देखाइन् । दुवै एउटै रेष्टुरेन्टमा पुगेकाछन् तर टेबल बेग्लै छ । अनि दुवै विपरित दिशा तिर फर्किएकाछन् । उनीहरुलाई हेर्दा लाग्दैन कि, उनीहरु कुनै समय सँगै थिए ।

हुन त अफिस जाने बाटो पनि एकै छ, अनि दिनहुँ देख्छन् तर पनि नदेखेको, नचिनेको नाटक गर्छन् । हुन त उनीहरु बिच केही भएकै थिएन । सुनाउँदा पनि सबै हाँस्नेछन्, उनीहरु को मनमुटाव को कारण सुनेर । (फेरी भनुँ भने नि, आफ्नै बेइज्जत हुन्छ, भन्दिन म पनि, उनीहरु जेसुकै गरुन् ।) तर पनि उनीहरु दुवै आफ्नो अडान मा अडिग छन् । अनि आफूलाई मात्र सही र अर्कोलाई गलत ठानिरहेकाछन् । एउटा इमोशनल ब्ल्याकमेलिङ गरिरहेकाछन् दुवैजना, दुवैजना आफूप्रति सहानुभुति खोजिरहेकाछन् । (एक अर्को, आगो र पानी हुनु पर्ने मा, दुवै आगो भएपछि समाधान पनि प्राय: असम्भव नै छ हैन र ?) दुवै भित्र भित्रै आफैँ पिल्सिरहेकाछन्, रोइरहेकाछन् । तर पनि यो सत्य हो कि, अब फेरी उनीहरु एक हुनेछैनन्, बरु जिन्दगी भर एकअर्कालाई सम्झेर रोएरै बिताउनेछन् दिनहरु । त्यो सामिप्यता को आभाष सँधै खड्किरहनेछ ।

जब जब दुवैलाई एकअर्काको याद आउँछ, तव दुवैको पारो तात्छ तर फेरी एकछिन मा लल्याकलुलुक हुन्छन् । अनि तिनै पुराना दिनहरु सम्झिन्छन् । त्यो अविष्मरणिय पहिलो भेट सम्झिन्छन् (हुन त भेट पनि मैले नै गराइदिएको हुँ), केही क्षण पुराना कुरामा हराउँछन् । दुवै एक अर्कालाई धिक्कार्छन्, दुवै एकअर्का माथि दोष थोपरेर आफू पानी माथि को ओभानो बन्न खोज्छन् ।

पहिले जोसँग एकपटक कुरा नगरी चित्त बुझ्दैनथियो, जो एकअर्काका आफ्ना हरेक कुराहरु बाँढ्थे तर आज उनीहरु एकशब्द पनि बोल्दैनन् । उनीहरु एउटै नदिका दुइ किनार भएका छन्, जुन आपस मा मिल्न असम्भव छ । सुन्दैछु, दुवैजना धेरै टाढा जाँदैछन् रे, अब कहिले पनि भेट्दैनन् रे ! तर पनि एकान्त मा सम्झेर रुने गर्छन् रे ! म सम्झाउन सक्दिन उनीहरुलाई ।

उनीहरु बिचको मनमुटाव को कारण मै थिँए । तर म यो कुरा उनीहरु दुवैलाई भन्न सक्दिन, बुझाउन सक्दिन । म केही भन्न सक्दिन्, म देखिएको यथार्थलाई चुपचाप हेरिरहन मात्र सक्छु । उनीहरुले पनि चिनेका छैनन् मलाई, तर उनीहरुले मेरो भरपुर उपयोग गरेकाछन् । हुन त मैले नै भेट गराइदिएको हुँ उनीहरुलाई तर आखिर मा उनीहरु बिच फाटो ल्याउने कारक पनि म नै बन्न पुगेँ । म हुँ ‘नेपाल टेलिकम को नेटवर्क’ ।

उनीहरुलाई मिलाउन, म नसक्ने भएको छु । के तपाई उनीहरुलाई सम्झाउन सक्नुहुन्छ ? के उनीहरुलाई सम्बन्धको फाटो को कारण ‘मोबाइल को नेटवर्क’ हो भनेर भन्दिनसक्नुहुन्छ ? फेरी उनीहरुलाई सँगै हेर्ने रहर थियो, तर सायद मेरो यो रहर, रहर मै सिमित हुनेहोला । साँच्चै, के तपाई उनीहरुलाई मिलाउन सक्नुहुन्छ ? प्लिज भन्दिनु न उनीहरुलाई, सम्झाइदिनु न उनीहरुलाई ! हैन, कसैलाई त भनिदिनोस् न यार, मेरो कथा, मेरो दुरावस्था ।

Comments

  1. kasto satire handeko...
    I am feeling so akward reading this...Afterall Nepal Telecom is responsible...
    I hope I understood everything what you want to say.....
    Aba sadhai dos Nepal Telecom lai hahahaha

    ReplyDelete
  2. hahaha.. Nice one.... Yo story lai NTC ko nikamma hakim harulai forward garnu parne... teso gare kaso hola...hehehehe

    ReplyDelete
  3. story ta ramro chha nai tesmathi satire ta jhan danger chha ... kunai newspaperko front pagema chhapne ho bhane newspaper lastai bikchha... NTC ko sahi kaamlai sahi dhanga bata prasthut gareko chau yaar....

    ReplyDelete
  4. हा हा हा! दामी गयो!!

    ReplyDelete
  5. एकदमै खतरा लेख लाग्यो मलाई !!!

    ReplyDelete
  6. जसले जे सुकै भनुन, दोष जति सबै त्यसको मात्र कहा हो र? अली अली त त्यसको भर परेर त्यसलाई बोक्नेको पनि छ है ।

    ReplyDelete
  7. बद्लीरहेको समयको नयाँ प्रेम कथा ... वा वा romantic, funny, serious.... सब छ..... drama खालको ....nice

    ReplyDelete
  8. Aakar's new track like of Ravi of Bir Hospital...nice to see this kind of new tracks....Ramro cha ....keep writting this kind of new tracks more hai

    ReplyDelete
  9. हन होउ, के गर्‍या यो अनिल बाबूले !? ख्यालख्यालमै झ्याल परे जस्तो । स्वाद चाहिँ नयाँ आयो है ।
    नेटवर्कको दोष त भनियो, तर खासमा दोष चाहिँ कसैको छैन है । सबै खेला समय र परिस्थितिको । फोनको नेटवर्कमा झुन्डिएको सम्बन्ध पनि के सम्बन्ध । उहिले हाम्रा जीबाहरू केगरी पिरती गाँस्थे हुनन् !

    ReplyDelete
  10. बढो मज्जाको लेख हा हा । राम्रो छ है आकारजी अझै राम्रो राम्रो पढ्न पाइयोस

    ReplyDelete
  11. thanx aakar ji,well,download garera sunna milne chhoto ra mitho katha haru,news haru daily upload garidinu bhaye dekhi,hami sarai tapai prati aabhari hune thiye.

    Thank you for your assist.

    ReplyDelete
  12. I'll try my best.Thank you for listening.

    ReplyDelete
  13. बढो मज्जाको लेख हा हा । राम्रो छ है आकारजी अझै राम्रो राम्रो पढ्न पाइयोस

    ReplyDelete
  14. हन होउ, के गर्‍या यो अनिल बाबूले !? ख्यालख्यालमै झ्याल परे जस्तो । स्वाद चाहिँ नयाँ आयो है ।
    नेटवर्कको दोष त भनियो, तर खासमा दोष चाहिँ कसैको छैन है । सबै खेला समय र परिस्थितिको । फोनको नेटवर्कमा झुन्डिएको सम्बन्ध पनि के सम्बन्ध । उहिले हाम्रा जीबाहरू केगरी पिरती गाँस्थे हुनन् !

    ReplyDelete

Post a Comment

Popular posts from this blog

SLC Result 2066/2067 (2009-2010)

The Office of the Controller of Examinations (OCE), Sanothimi, on Friday published the results of the School Leaving Certificate (SLC) 2066 examinations held last year. 64.31 percent students passed the SLC 2066/67, according to the Controller of Examinations (OCE) Sanothimi, Bhaktapur. We have uploaded SLC Result 2066 in .pdf , .txt and in .zip file format for you. Download the file and search your ‘symbol number’. Congratulations to all, who passed SLC this year. And if you want to see your results with marks then, you can follow THT (symbol no. and birth date required). Download SLC Result 2066/2067 (2009-2010) : REGULAR: EXEMPTED: Distinction --------------- First division First division Second Division Second Division Third Division Third Division Withheld Withheld ...

Download Tihar Dhun and Deusi Bhailo Songs

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ । Download Tihar Songs: Bhailini/Bhailo - भैलो Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन Download Tihar Songs: deusi re / देउसी रे Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

Radha : Shruti Sambeg [Review and Download]

Radha by Krishna Dharabasi is wonderful novel based on traditional era of Lord Krishna and Radha. The traditional plot of the story makes the readers/listeners feel that Dharabasi is narrating us the same old story of love of Radha and Krishna. However , the story based on the traditional plot it portrays the modern era in a dramatic way such that it speaks of so many hidden things that we will be amazed while ending it up. Radha and Krishna are the eternal lovers. Lord Krishna and Radha are together since childhood. But in teenage they are separated (as in the traditional story) and Lord Krishna has to go away leaving Vindraban for fulfilling the task for which he has taken birth.This brings tragedy to Radha and all the people in Vindraban. Radha waits for Krishna to arrive but he seldom does. She is stubborn to go meet Krishna. Later she sets out as a Yogini in a long voyage to search self, leaving her parents. She is accompanied by her friend Bisakha everywhere she went. Radha faces...

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

Palpasa Cafe [Review]

अपडेट: प्रकाशक'को अाग्रहमा रेडियो वाचनबाट पल्पसा क्याफेको वाचन हटाइएको छ । हामी ले विगतका केही रेडियो वाचन का शृंखला मा नारायण वाग्ले को चर्चित उपन्यास "पल्पसा क्याफे" रेडियोकर्मी अच्युत घिमिरे को आवाजमा सुनाएका थियौँ । ८ अंकमा प्रशारण गरिएको पल्पसा क्याफे का लेखक सँग "पल्पसा क्याफे" को सेरोफेरो मा गरिएको कुराकानी राख्ने योजना हाम्रो थियो तर अन्तरवार्ता को रेकर्ड अहिले फेला पार्न नसकिएकोले प्रशारण गर्न असमर्थ भएका छौँ, पछि भेटिएको खण्डमा हामी अवश्य पनि राख्ने नै छौँ । हामीले भनिरहनुपर्दैन, पल्पसा क्याफे एक उत्कृष्ट उपन्यास हो जसलाई ऐतिहासिक दस्तावेज भन्दा पनि फरक नपर्ला । रेडियोवाचन को शृंखला मा यी सम्पुर्ण अंकहरु उपलब्ध गराइदिनुहुने अच्युत घिमिरेलाई धेरै धेरै धन्यवाद । पल्पसा क्याफे त सुनिसकियो, तर यहाँहरु ले पल्पसा क्याफेलाई कसरी मुल्यांङ्कन गर्नुभयो थाहा छैन । खैर कुरो जेसुकै होस्, आज यहाँ म केही साथिहरुको ब्लगमा प्रकाशित "पल्पसा क्याफे" बारे गरिएको टिप्पणीहरु सहित उपस्थित भएको छु । साथिहरुको ब्लगमा प्रकाशित भइसकेका कुराहरुलाई एकै ठाउँमा समेट्न...

हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु

नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो पात्रो ले हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण सार्वजनिक गरेकोछ । नयाँ थिम, इमोजी तथा नेपाली स्टिकरहरु सहित आएको हाम्रो नेपाली किबोर्ड को नयाँ संस्करण हिजोबाट गुगल प्लेस्टोरमा उपलब्ध छ । हाम्रो नेपाली किबोर्डमा नयाँ के छ? स्टिकर हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखिएकोछ । मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ । थिम हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थिम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थिम उपलब्ध छ । चलनचल्तिको “ब...

Subscribe to Aakar Post