Skip to main content

सचेतना र्याली सम्पन्न

“SAFE SCHOOL: EVERY GIRL’S RIGHT” (बालिकाहरुको लागि विद्यालयमा सुरक्षित वातावरण कायम गरियोस) भन्ने नारा सहित आज मे १५, २००९ का दिन एम्नेस्टि इन्टरनेसनल, काठमाडौँ विश्वविद्यालय युथ नेटवर्क धुलिखेल को आयोजना मा सचेतना र्यारली सम्पन्न भएको छ । काठमाडौँ विश्वविद्यालय को गेट देखि सुरु भएको र्या्ली २८ किलो हुँदै, धुलिखेल बजार परिक्रमा गरि सञ्जिवनी स्कुलमा गएर सभामा परिणत भएको थियो ।

र्याली पछि भएको सभालाई प्रमुख अतिथि, काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुरेशराज शर्मा, काभ्रे जिल्ला का डिएसपि सन्दिप भन्डारी, एम्नेस्टि नेपाल च्याप्टर का प्रतिनिधि लगायतले सम्बोधन गर्नुहुँदै महिला माथि हुने हिंसा तथा दुर्व्यवहार र महिला अधिकारहरु को चर्चा गर्नुभएको थियो । कार्यक्रम मा, रोट्राक्ट क्लब धुलिखेल का प्रतिनिधि, जिल्ला शिक्षा कार्यालय काभ्रेका प्रतिनिधिहरु लगायत काठमाडौँ विश्वविद्यालय तथा धुलिखेल बोर्डिङ का विद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।





































Note: All these photos are taken by me from mobile.

Comments

Post a Comment

Subscribe to Aakar Post