अपवाद ! हो कोहि पनि अपवाद हुँदैन । अनि रोग ले सानो ठूलो पनि भन्दैन, हो अपवाद केही अनि कोही पनि छैन । यस्तै वियषवस्तुलाई समेटेर बनाइएको एचआइभि सँग सम्बन्धि छोटो नेपाली चलचित्र "अपवाद" लिएर आएका छौँ । HIV Short Movie Competition मा एवार्ड जित्न सफल नेपाली छोटो चलचित्र "अपवाद" ले साँच्चै एउटा फरक कोण बाट विषयवस्तुलाई मज्जाले अगाडि बढाएको छ ।
Watch Nepali Short Movie: Apabad
मैले यसै चलचित्रको सेरोफेरोमा रहेर, अहिलेको नेपाली चलचित्रका व्यस्त नायक राजबल्लभ कोइराला सँग, अनलाईन कुरा गरेको थिँए । सन्देशमुलक छोटो फिल्म खेल्दा आफूलाई निकै रमाइलो र नौलो अनुभव भएको नायक राजबल्लभ कोइरालाले बताए । नेपाली व्यवसायिक चलचित्र चाँहि यस्तो विषयवस्तुमा बनाउन सकिँदैन भन्दै उनले भने, यहाँ त मान्छेलाई बुझाउनै गाह्रो छ, कल्ले हेर्ने त्यस्तो चलचित्र ।
युवाहरुलाई लक्षित गरेर तयार गरिएको चलचित्र अपवाद, नेपाली टिभि च्यानलहरुबाट पनि प्रसारण भैसकेको जानकारी नायक कोइरालाले हामीलाई गराए । नेपाली चलचित्रहरुमा अहिले सर्वाधिक व्यस्त रहेका नायक कोइराला, ले सामाजिक सन्देश दिन को लागि यस्ता कुराहरु को असर बढि हुने बताए । उनले उदाहरण दिँदै भने, नेपाली लाई सरल भाषामा बुझाउन, "मह" मदनबहादुर र हरिबहादुर को भेष मा आउनुपर्यो ।
तपाई पनि हेर्नुहोस्, एचआइभि सँग सम्बन्धित भएर तयार गरिको छोटो चलचित्र "अपवाद" । हामीले यो भिडियो युट्युब बाट लिएका हौँ । निर शाह, राजबल्लभ कोइराला, मेलिना मानन्धर, ऋचा शर्मा, विकास रौनियार आदिको अभिनय रहेको चलचित्र USAID को सहयोगमा पुरेन्द्र झा ले निर्माण गरेका हुन् ।