Skip to main content

एउटा मरिरहेछ

विर हस्पिटल को आकस्मिक कक्ष, निकै नै दौड धुप छ । डाक्टरलाई, नर्सलाई भ्याइनभ्याइ छ, परिचय नखुलेको एक अपरिचत को शरीरमा धुकधुकी बाँकि छ । डाक्टरहरु उसलाई बचाउन प्रयासरत छन्, तर अफसोच हस्पिटल मा उसलाई चिन्ने कोही छैनन् । एउटा लावारिश नै भन्दा पनि हुन्छ, यतिखेर सम्म पनि परिचय खुल्न सकेको छैन उसको ।

उसलाई राखिएको कक्ष को एक कुना मा उसलाई बाटो मा भेटेर उपचारार्थ ल्याउने नर्स शैली उभिएकि छिन् । शैली को हात मा एउटा डायरी छ, जुन घटनास्थल मा उक्त अपरिचित सँगै फेला परेको थियो तर त्यसमा कहिँ पनि नाम लेखिएको छैन तर दर्जनौँ पेजहरु भरिएकाछन्। शैली विर हस्पिटल कै नर्स हुन्, उपचार मा उनी आफ्नो संलग्नता जनाउँदैछिन् । शैली ले त्यो घाइतेलाई कुपण्डोल को बाग्मती पुल मा भेटेकि थिइन ।

भर्खर झिसमिसे साँझ परेको थियो, एउटा बत्तासिएर गएको निजी गाडिले उसलाई अर्थात रविलाई ठक्कर दिएको थियो, ऊ ढुन्मुनाउँदै लड्यो, त्यो निजी गाडि एकपटक पनि नरोकिइ पत्पत धुवाँ उडाउँदै कुद्‍यो । त्यही गाडि पछि पछि ट्याक्सीमा आउँदै गरेकि शैली ले घाइतेलाई देखिन्, अनि आफ्नो, एउटा नर्सको दायित्व निभाउन, त्यो घाइतेलाई विर अस्पताल को आकस्मिक कक्षमा पुर्‍याएकी थिइन् ।

बेडमा लम्पसार परेको घाइते रवि को अनुहार उज्यालो र चम्किलो छ, तर उसको अवस्था ठिक छैन, जे जस्तोसुकै भएपनि डाक्टरहरु ले आश मारेका छैनन् । रवि गहिरो निन्द्रा मा रहेको छ, तर अनुहार हेर्दा लाग्छ अहिले नै उठेर बोलीहाल्छ, मुस्कुराए झैँ लाग्दै छ ।

रात छिपिँदै छ, बाहिर कोलाहाल, होहल्ला र फोहोर को डंगुर छ । विर हस्पिटल को कम्पाउन्ड बाहिर यौनकर्मी महिलाहरु को भीड छ, उनीहरु आफ्नो शरीर को यति र उति दाम लगाउँदैछन् । पछाडि भित्ता मा टोलसुधार समितिले “यो ठाउँमा यौन कार्य गर्न मनाही छ” भनेर लेखेको छ । तर यौनकर्मी महिलाहरु हस्पिटलकै कम्पाउण्ड को आड लिएर आफ्नो दामकाम गरिरहेकाछन् । वटुवाहरु आफ्नो गन्तव्यमा पुग्न हतार गरिरहेकाछन् ।

अरुका भाग्य बताइदिनेहरु, हातहेरिदिनेहरु पनि अब फुटपाथबाट उठ्दैछन्, उनीहरु को आफ्नै ठेगान छैन तर सबैका भविष्य बताइदिनेगर्छन् । माथि आकाशे पुलका पसलहरु पनि उठ्दैछन् । आकाशे पुल मा निलो चलचित्रका सिडि बेच्नेहरु भने,विस्तारै “दाइ, नेपाली ब्लु – नेपाली ब्लु” भनेर हात मा सिडि थमाउन खोज्दैछन्, वटुवाहरुलाई सिडि बेच्न खोजिरहेकाछन् ।

खुलामञ्चमा कुनै पार्टिको आमसभा रहेछ, त्यहाँ बाट पनि मान्छेहरु धमाधम निस्कँदैछन्, यसकारण पनि विरहस्पिटल बाहिर मान्छेहरु को धेरै भिड छ । पर महांकाल को मन्दिर बाट मधुरो घन्टिको आवाज सुनिँदैछ, सडक बालबालिका झुण्ड झूण्ड मा छन् । महांकाल को अगाडि अशक्त, असहाय माग्नेहरुको भिड देखिन्छ, बत्तिको उज्यालो मा । सँगै रहेको सैनिक मञ्च को गेटमा एक सैनिक जवान पहरा दिइरहेकाछन् । गाडिहरु आफ्नै रफ्तारमा कुदिरहेकाछन्, मोटरसाइकल चालकहरु नियम मिचिरहेकाछन् । अनि वटुवाहरु पनि आकाशे पुल छाडेर, सिधै तलबाटै व्यस्त सडक काटिरहेकाछन्, तर छेउ को भित्तामा लेखिएको छ, “बाटो काट्न आकाशे पुलको प्रयोग गरौँ” ।

डम्पिङ साइट का स्थानिय सँग को विवाद अनि महानगरपालिका कै कर्मचारीहरुको आन्दोलनका कारण फोहोर को डंगुर सडक छेउ थुप्रिएको छ । त्यो फोहोर को सिधा असर हस्पिटल मा परिरहेको छ, हस्पिटल को वाताबरण नै दुषित बनिरहेको छ । सबै, नाक थुनेर हिँडिरहेकाछन् ।

रत्नपार्क तिर पनि भिडभाड नै छ । माइक्रो, टेम्पो र बसहरु एकहोरो हर्न बजाइरहेकाछन् । लगनखेल, सातदोबाटो, नयाँवानेश्वर, कोटेश्वर भन्ने आवाजहरु धेरै सुनिँदैछन् । उता पारिपट्टि रानीपोखरी को डिलमा रहेको शान्तिवाटिका मा गणेशमान सिंह उभिइरहेकाछन् । अनि उनकै सालिक को तल एउटा संगठन विभिन्न मागहरु राखेर रिले अनशनमा बसेकोछ । हिँड्नेहरु पनि अचम्म मानेर हेर्छन्, ती अनशनकारी को अगाडि पनि त्यही फोहोर को डंगुर थुप्रिएको छ ।

उता रत्नपार्क भित्र “मुकुन्दे” को भाषण सकिएको छ । खासमा मुकुन्दे रत्नपार्क भित्र एउटा रुखमाथि चढेर दिनहुँ भाषण गर्ने गर्छ, सबै भन्छन् मुकुन्दे खुस्केट हो तर उसको क्रेज बढ्दैछ । मुकुन्दे रुखमा चढेर भाषण गर्न थालेपछि वरिपरिका सबै मानिस भेलाभएर उसको भाषण सुन्न थाल्छन् । सबैकुरा प्रस्टरुपले भनिरहेको छ, अनि सबैकुरा सत्य छन् तर पनि उ एक सन्काहा र पागल नै हो । तर अहिले रात परेकोले मुकुन्दे पनि वासस्थान खोज्दैछ, रात काट्न का लागि ।

हस्पिटल मा घाइते रवि छट्पटाइरहेको छ, सायद मृत्यु को याचना गरिरहेको होला, डाक्टरहरु उसलाई बचाउन प्रयासरत छन् । एउटा जिवन र मृत्यु सँग संघर्ष गरिरहेको छ तर सहर मदमस्त बन्दै छ । रातसँगै रात्रिजिवनमा रमाउनेहरु सल्बलाउँदैछन् । न्युरोड गेट तिर पनि भिडभाड छ , केटिहरु को जमात छ, सायद उनीहरु काठमाडौँ का सम्भ्रान्त परिवारका छोरीहरु हुन्, जो रात्रिजिवनमा मदमस्त हुने सुरमा छन् । केटाहरु को हुल पनि कम छैन, केटाहरु को हुल तिनै केटीहरु को पछि पछि लागेको छ । केटिहरु पनि के कम, ती केटाहरु आफ्नो पछि पछि आउँदैछन् कि छैनन् बेलाबेला मा चियो गर्दैछन्, अनि छिल्लिएर नानाथरी बोल्दैछन् ।

घन्टाघर ले ९ बजेको संकेत बजाइसकेको छ, सडकमा मान्छे र गाडिको संख्यामा कमि आएको भएपनि, फोहोर को दुर्गन्ध टाढासम्म फैलिएको छ । लोडसेडिङ को समय नपरेकोले बत्तिको उज्यालो छ, बत्तिको उज्यालो मा पानी नभएको रानीपोखरी टल्किएको छ । अनि हस्पिटल को क्यालेन्डरमा चैत महिना पल्टिरहेको छ ।

जिन्दगी को भरोसा नहुने रहेछ, जतिखेर जे पनि हुनसक्छ, जिन्दगी मा पुर्णविराम लाग्न सक्छ । केही घन्टा अघिसम्म रवि पनि ठीकै थियो, अरु जत्तिकै सबल थियो, सक्षम थियो, एउटा राम्रो पेशामा थियो । तर अहिले एकैछिन को हतार भनौँ या एक निमेष को घटनाले उ जिवन र मृत्युसँग संघर्ष गरिरहेको छ । घन्टाघर ले १२ बजेको संकेत गर्‍यो, मध्यरात मा सारा सहर लगभग मस्त निन्द्रा मा छ तर हस्पिटल मा कोलाहाल छ, रुवाबासी चलिरहेको छ । पलपल मा भर्ना भइरहेकाछन्, अनि केही पलपल मा सारा संसारलाई चटक्क छाडेर निकै लामो यात्रामा निस्किरहेकाछन्, कहिले नफर्किने गरि । रविको पनि कुनै ठेगान छैन, उ पनि उसको मायालाग्दो परिवारलाई चटक्क छाडेर कहिले नफर्किने गरि यात्रा मा जानसक्छ । घरपरिवारलाई रुवाउँदै उ निकै टाढा जानसक्छ, तर यो सहरलाई केही फरक पर्ने छैन ।

यहाँ पलपल मा नयाँ जन्मिरहेछन् अनि पलपल मा टाढा भइरहेकाछन्, मरिरहेकाछन् । तर सायद यतिखेर सम्म पनि उसको परिवार भने बेखबर हुन सक्छ किनभने उसको परिचय खुलेको छैन । अनि यो सहरमा यस्ता दुर्घटनाहरु दर्जनका संङ्ख्यामा हुन्छन् , यहाँ को मर्छ को बाँच्छ केही ठेगान छैन । हस्पिटल मा एउटा मरिरहेछ, सहर मस्त निन्द्रामा छ, फेरि भोलि त बिहान हुँदैछ ।
-कथा-
फोटो: फ्लिकर डटकम

Comments

  1. Feels like narrator is someone having great knowledge about the running world which is so much absurd. May be life is like this when one borns, the same moment other dies! The story is potraying the reality. So the story can be read as another realistic story, form accident to prostitutes to blue movies to girls enjoying night life...to someone giving speech to Ganesh Man singh...
    And above all the instance of "Ghantaghar" time and again reminding us the "time" that is running and Ravi is counting minutes of his life....
    Wonderful...realistic

    ReplyDelete
  2. कथा ले मन छोयो....तर जति दुखी भए नि बास्ताबिक्तालाई त स्वीकार गर्ने पर्छ...

    ReplyDelete
  3. AAKAR jee ,
    Katha ta man chune khalko rahecha aakarji, Photo ta jhatta herda kasto darlagdo halnu bhayeko, tar katha padhisake pachi photo bhava khulne rahecha.

    Ani Aakar jee Thanks For Inform me about the problem in my Blog. I think, i have fix it. Hope you will let me know if there is still same problem.
    Thanks

    ReplyDelete
  4. कथा वास्ताबिक्ता सँग निकै नजिक छ, लेखाई राम्रो र सरर बगेको छ ।

    ReplyDelete
  5. मलाई त कुनै घटना जस्तो नै लागेको थियो तर अन्त्यमा कथा पो रहेछ वास्तबिकता बोकेको कथा । आकार जी धन्यबाद ।

    ReplyDelete
  6. कथा एकदम राम्रो छ

    ReplyDelete
  7. म पनि आधासम्म त साँच्चिकै घटना होला भनेर पढ्दै थिएँ। समसामयीक बिषयबस्तुको सशक्त चित्रण ।

    ReplyDelete
  8. कस्तो राम्रो कथा !!!

    ReplyDelete
  9. "एउटा जिवन र मृत्यु सँग संघर्ष गरिरहेको छ तर सहर मदमस्त बन्दै छ । अनि यो सहरमा यस्ता दुर्घटनाहरु दर्जनका संङ्ख्यामा हुन्छन् , यहाँ को मर्छ को बाँच्छ केही ठेगान छैन । हस्पिटल मा एउटा मरिरहेछ, सहर मस्त निन्द्रामा छ, फेरि भोलि त बिहान हुँदैछ ।" Aakarpsot ji chhuyo chattakai yo line harule.. Katha Kathmandu le......

    ReplyDelete
  10. कथा ले मन छोयो....तर जति दुखी भए नि बास्ताबिक्तालाई त स्वीकार गर्ने पर्छ...

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match [LIVE]

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match खेल को पहिलो हाफसम्म जोर्डन ४ गोलले अगाडि छ ! जोर्डन ले ४ गोल हानेको छ भने, नेपाल ले कुनै पनि गोल फर्काउन सकेको छैन ! पहिलो हाल्फमा जोर्डनीहरुकै दवदवा रहेको थियो । First Half Nepal 0:4 Jordan Full Time Nepal 0:9 Jordan जोर्डन को रंगशालामा भएको खेलमा जोर्डनी टिम ९:० को विशाल अन्तर ले विजयी भएको छ ! नेपाली टिम, जोर्डनी टिम को अगाडि आज कमजोर सावित भयो, खेल अवधिभर नेपाली टिम जोर्डनी टिम को दवावमा रह्यो ! नेपालले छनौटको तेस्रो चरण प्रवेश गर्न बिहीबार दशरथ रंगशालामा अर्को एक खेल खेल्नेछ ! LIVE VIDEO WAS MOVED BY NOW Though LIVE video was moved, but we have small clip. Enjoy! Here's another Video:

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

Download Tihar Dhun and Deusi Bhailo Songs

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ । Download Tihar Songs: Bhailini/Bhailo - भैलो Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन Download Tihar Songs: deusi re / देउसी रे Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

डर : एक अनुभव

डर अर्थात Fear. गुगल मा Fear भन्ने शब्द खोज्यो भने १५०,०००,००० वटा नतिजा निस्कन्छन्। तर आफ्नो जिवन मा डर खोज्यो भने, त्यो भन्दा सायद धेरै डरहरु पत्ता लाग्छन् होला ! सबैभन्दा धेरै लाग्ने डर भनेकै 'मर्ने डर' हो । जन्मेपछि मर्नुपर्छ भन्ने थाहा छ, तर अहिले को उमेर मा यही कुरा ले डर लगाउँछ कहिँ सुईकिने त हैन भनेर ! वृद्ध अवस्था मा के हुन्छ थाहा भएन, तर सबैलाई लाग्ने सबैभन्दा ठूलो डर चाँहि मृत्यु कै हो । मृत्यु पछि अन्य डरहरु आउँछन् । विद्यार्थीलाई हरेक परीक्षा मा राम्रो गर्न सक्दिन कि भन्ने डर लाग्छ। अस्ति को दिन पनि पत्रिका मा आएको थियो, एसएलसी को कपी मा विद्यार्थीहरु ले पैसा राखेछन्, पास गराइदिनु भन्दै, किनकी उनीहरुलाई डर छ, फेल भइएला कि भनेर ! व्यापारीलाई आफ्नै किसिम को डर छ, लगानी डुब्ने हो कि, नाफा नहुने हो कि ? नेतालाई आफ्नै डर छ, कतै कुर्सी गुम्ने हो कि, कतै त्यो पो सत्ता मा पुग्ने हो कि ? कसैलाई के को डर, कसैलाई के को डर ? डर सँधै हाम्रै वरिपरि सँधै घुमिरहेको हुन्छ र हरेक क्षण सतर्क गराइरहेको हुन्छ । आज चाँहि म, सुनेका कुराहरुका कारण बालमष्तिस्क मा उब्जिने डर को बारेमा कुरा...

My First Post on Blog

Subscribe to Aakar Post