Skip to main content

मिसाइल म्यान

एपीजे अब्दुल कलाम, उनी साहित्यकारभन्दा पनि राष्ट्रपति हुन्, त्यसभन्दा पनि वैज्ञानिक हुन्, अझ त्यसभन्दा पनि खुला हृदयका धनी मानिस हुन् । साधारण लवाइ-खुवाइमा जीवन व्यतीत गरिरहेका मर्धन्य प्रतिभाका धनी यी विश्वप्रसिद्ध वैज्ञानिकको नेपाल आगमन अहिले चर्चाको विषय बनेको छ । आफ्नो मिहिनेत र बलबुताले देशलाई आणविक शक्तिसम्पन्न बनाउँदै भारतमा वैज्ञानिक क्रान्तिको सूत्रपात गर्ने त्यहाँका ११ औं राष्ट्रपति डा अभुल पकिर जैनुलाब्द्दिन अब्दुल कलाम आज मंगलबार हुने काठमाडौं विश्वविद्यालयको १४ औं दीक्षान्त समारोहमा प्रमुख अतिथिका रूपमा आएका छन् ।

आफू धर्तीमा आएपछि पृथ्वीले ७७ चोटी सुर्यको फन्को मारिसकेको बताउने कलामले भर्खरै एक टीभी च्यानलस“गको अन्तर्वार्तामा पृथ्वीजस्तै निरन्तर आफ्नै कार्यपथमा लम्किरहने बताए । विश्वका ३० भन्दा बढी विश्वविद्यालयबाट डाक्टर उपाधिद्वारा सम्मानित कलाम 'एरोनोटिकल इन्जिनियर' हुन् ।

महाशक्ति राष्ट्रहरूको निमन्त्रणालाई अस्वीकार गर्दै कलामले भारतमै पहिलोपटक सफलतापुर्वक स्याटेलाइट प्रक्षेपण गरे, जसले भारतलाई 'स्पेस क्लब'को सम्मानित सदस्य पनि बनायो । विभिन्न इन्स्टिच्युटहरूको नेर्टवर्क मिलाउँदै 'अग्नि' र 'पृथ्वी' मिसाइलको सफलतापुर्वक विकास गरेका उनी 'मिसाइल म्यान'का रूपमा पनि विश्वप्रसिद्ध छन् ।



Courage to think different,
Courage to invent,
Courage to travel into an unexplored path,
Courage to discover the impossible,
Courage to combat the problems
and succeed, Are the unique qualities of the youth.
As a youth of my nation,
I will work and work with courage to achieve success in all the missions.
-By Dr. Kalam


अमेरिका ब्रिटेनस्थित अक्सफोर्ड विश्वविद्यालयको निमन्त्रणालाई समेत कुनै कारणवश अस्वीकार गरेका कलामले काठमाडौं विश्वविद्यालयको दीक्षान्त समारोहको निमन्त्रणालाई सहर्षस्वीकार्नु विश्वविद्यालयको मात्रै नभई देशकै लागि पनि गर्व र प्रतिष्ठाको विषय हो । कलामको प्रमुख आतिथ्यमा दीक्षित हुने अवसर पाएका काठमाडौं विश्वविद्यालयबाट उत्पादित डाक्टर-इन्जिनियरहरूले अबको बाटो कस्तो लिने र कता गएर जागिर खाने भन्ने अन्योलबाट मुक्त हुन उनको हँसिलो चेहरा हेरेर, उनको संर्घषपुर्ण युवावस्था सम्झेमात्रै पनि काफी हुन्छ ।

विपन्न परिवारमा जन्मेर आफ्नै अदम्य साहसले आजको यो गरिमामय ओहोदामा आइपुगेका कलाम साधारण र गरिब माझीका छोरा रहेको बारे सायद कमैलाई हेक्का होला । कलामले 'कोटा प्रथा' अर्न्तर्गत पिछडिएका र गरिब भनेर कहिल्यै नाम भजाएनन् र सुविधा पनि लिएनन् ।

जे गरे सबैसँग खुला प्रतिस्पर्धामै उत्रेर गरे, जसको नतिजा आज विश्वसामु र्छलङ्ग छ ।

गरिबी नै शिक्षाको बाधक तत्त्व मान्नेहरूले विपन्नताका बाबजुद कलामको जुझारुपन र शिक्षाप्रतिको लगावबाट आर्जित बौद्धिकता हेरेर धेरै पाठ सिक्न सक्नुपर्छ । पत्रिका बेचेर बाल्यकालमा पढेका कलामबाट दुःख के हो र योस“ग कसरी जुध्ने भन्ने व्यावहारिक ज्ञान सिक्न सक्नुपर्छ । झुपडीबाट राष्ट्रपतिको महलसम्म पुग्दा पनि उनमा देखिएको 'उस्तै' सरलतालाई आत्मसात गर्न सक्नुपर्छ ।

आफू राष्ट्रपति रहँदासमेत देशका धेरै शिक्षालयमा गएर विद्यार्थीहरूलाई विज्ञान र प्रविध्रि्रति चाख जगाउन प्रश्न गर्ने कलामले युवा वर्गमाथि विशेष ध्यान दिने गरेका छन् । युवाहरूलाई उनको सुझाव छ- अर्बौं मान्छेका धनी हामीले आफूमा अर्बौं सोचाइहरू राख्न सक्यौं भनेमात्रै ठूला हुन सक्छौं ।

युवा वर्ग र विद्यार्थीमा मात्र सीमित नरहेको कलामको राजनेतासम्बन्धी आफ्नै धारणा रहेको छ । उनका अनुसार, नेतृत्व गर्ने नेतासँग स्पष्ट दृष्टि हुनुपर्छ । स्पष्ट दृष्टिविना कोही पनि नेता बन्न सक्दैनन् । नेताले जस्तोसुकै अप्ठयारा चुनौतीलाई सामना गर्दै हिँड्न सक्नुपर्छ । नेताले सफलता र असफलतालाई व्यवस्थित गर्न सक्नुपर्छ ।

तर हाम्रो देशमा नराम्रो संस्कार बसेको छ । आफ्नो स्वार्थअनुसार नचलेपछि सत्तासञ्चालकहरू जस्तोसुकै निर्णय गर्न पछि पर्दैनन्, चाहे त्यो कर्मचारी सरुवा-बढुवाको कुरा होस् या नीतिनिर्माण गर्ने प्रबुद्ध व्यक्तिसँग सम्बन्धित विषय नै किन नहोस् । दूरदृष्टि अधिकांशमा देखिन्न । अरूका राम्रा कुरालाई राम्रो भन्न पनि नसक्ने र भित्रभित्रै नकार्न पनि नसक्ने हाम्रा नेताहरूको अवगुणले गर्दा अन्ततोगत्वा राष्ट्रलाई नै घाटा परिरहेको छ ।

देशको राजनीतिदेखि अर्थनीतिसम्मका नीतिहरू विज्ञान र प्रविधिसँग जोडिएका हुन्छन् । देश र परिस्थितिअनुसार प्रविधिको विकास नभएसम्म देशको विकास सम्भव हुनै सक्दैन । आयातीत प्रविधिले तत्कालका लागि राहत दिए पनि दर्ीघकालीन समाधान दिन सक्दैन । यसका लागि राज्यले विज्ञान र प्रविधिको विकासमा लगानी बढाउनैपर्छ । यससँगै राज्यले गर्ने लगानीमा निजी क्षेत्र पनि आउनसक्ने वातावरणको निर्माण गर्नसकेचाहिँ हाम्रो देशमा धेरै कलामहरू जन्मने थिए होलान् ।

देशका गति र दिशा बदल्नसक्ने कलामहरू हाम्रा देशमा पनि छन् होलान् । जो बाल्यकालमा उनले जस्तै पत्रिका बेचेर जीविकोपार्जन गर्दैछन् वा उनका गरिब माझी बुबाजस्तै जसले छोरा पढाउनकै निम्ति भनेर फेवा, वेगनाश वा कोशीमा डुंगा चलाइरहेका छन् कि, यो त भविष्यले नै बताउला ।

-आशिष लुइटेल

ईलेक्टोनिक्स एन्ड इलेक्टिकल ईन्जिनियरिङ
तेस्रो वर्ष, काठमाडौँ विश्वविद्यालय ।

(१८ नोभेम्बर २००८, कान्तिपुर मा प्रकाशित)

Comments

  1. मैले एपीजे अब्दुल कलामको बारेमा पहिला उनी भारत को राष्ट्रपति भए पछि न्यूज़पेपर बाट उन लाइ चिनेको थिए -उनको आदर्श र एक्चुअल लाइफ धेरै सराहानीय लागेको थियो ।
    'मिसाइल म्यान' को थाप जानकारीको लागी आकर जी लाइ धन्यवाद छ अनि -आशिष लाइ पनी साथै कान्तिपुर publication लाइ पनी जसले एस्तो राम्रो कुरा काशित गर्यो ।

    ReplyDelete
  2. कान्तिपुरमा पढ्दा पनि याद गरेको थिएँ। आशीषजीले यो गल्ती हतारको कारणले गर्नुभएको हुनसक्छ। अक्सफोर्ड विश्वविद्यालय अमेरिकामा नभएर ब्रिटेनमा हैन र?

    कलामको बारेमा लेख्नुभएकोमा धन्यबाद! उनी निश्चय पनि एक महान मान्छे हुन् र हामी सबैका लागि प्रेरणाका स्रोत।

    ReplyDelete
  3. Thanks for your informative writing about Dr. Kalam's visit to Nepal. He is indeed a source of inspiration to many of us. I admire his simplicity along with his intellectual ability. yes, it is a matter of pleasure and prestige to have a chief guest like Dr. Kalam at the convocation ceremony. Best wishes to all the KU graduates for a bright future..

    ReplyDelete
  4. Asis bro halka mistake bhayacha ni. aakar bhai edit garihalana.

    ReplyDelete
  5. nice to read you on kantipur Aakar...

    ReplyDelete
  6. Ma Dr.Kalam lai hridaya dekhi nay samman garthachu.Yo lakh padhapachi yesto soch ayo ki Nepali sanga pani ta uha sanga gastay prativa ta hloa ni, kashay sanag bhaya pani nathakhiyako hola, kashay ko prativa lay dakhinay batabaran payako chayna hola, kashay ko prativa paristhiti lay dabauda dabauday padkana matra baki hola athaba yestay yestay...kahi karan lay bahira naayako hola.Khai hami lay aphno mind ra chatana lai nai saghuro banayara khali paisha ko pachiltira matra jhondayako hau ki athawa life lai nai bughna nasakaka hau???
    Ash garau hamro desh ma pani chaday nai uha gasta ra uha bhantha pani tagada dimag bhayakaharu dakhaparnay chan.

    ReplyDelete
  7. कान्तिपुरमा पढ्दा पनि याद गरेको थिएँ। आशीषजीले यो गल्ती हतारको कारणले गर्नुभएको हुनसक्छ। अक्सफोर्ड विश्वविद्यालय अमेरिकामा नभएर ब्रिटेनमा हैन र?

    कलामको बारेमा लेख्नुभएकोमा धन्यबाद! उनी निश्चय पनि एक महान मान्छे हुन् र हामी सबैका लागि प्रेरणाका स्रोत।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

भारतमा साइट ब्लक गरिँदा, नेपालमा पनि साइट ब्लक [File Sharing Sites Blocked in Nepal]

भारतको सर्वोच्च अदालतको आदेश अनुसार भारतका इन्टरनेट प्रदायक संस्थाहरु (ISP) ले फाइल सेयरिङ साइटहरु, टोरेन्ट, भिडियो साइटहरु तथा अन्य उपयोगी साइटहरुलाई ब्लक गरेकाछन् । आइसोहन्ट (Isohunt), पाइरेट वे (thepiratebay), किकएसटोरेन्ट (kickasstorrent) लगायतका टोरेन्ट साइटहरु तथा भिमियो (Vimeo) र डेलिमोसन (DailyMotion) जस्ता भिडियो सेयरिङ साइटका साथै पेस्टविन (Pastebin), एक्समार्क्स (Xmarks) जस्ता साइटहरुले 'पाइरेसी'लाई बढावा दिएको भन्दै उक्त साइटहरुलाई 'ब्लक' गर्न भारतको सर्वोच्च अदालतले 'आइएसपी'हरुलाई आदेश दिएको थियो । आदेश लगत्तै रिलायन्स, एयरटेल लगायत भारतिय इन्टरनेट प्रदायक संस्थाहरुले उक्त साइटहरु भारतमा ब्लक गरेकाछन्, तर त्यसैको असर स्वरुप नेपालका पनि केही आइएसपीहरुका प्रयोगकर्ताहरुले उक्त सेन्सरसिप सहन गर्नु परेको छ । भारतीय इन्टरनेट प्रदायक संस्थाहरुले साइट ब्लक गर्दा, नेपालमा पनि ती साइटहरु ब्लक हुन पुगेकाछन् । पेस्टविन, पाइरेट वे जस्ता साइटहरु नेपालका अधिकांश आइएसपीहरुबाट नखुल्ने भएकोछ, त्यसको सट्टा "अदालतको आदेश अनुसार साइट ब्लक गरिएकोछ" (Access t...

SLC Result 2066/2067 (2009-2010)

The Office of the Controller of Examinations (OCE), Sanothimi, on Friday published the results of the School Leaving Certificate (SLC) 2066 examinations held last year. 64.31 percent students passed the SLC 2066/67, according to the Controller of Examinations (OCE) Sanothimi, Bhaktapur. We have uploaded SLC Result 2066 in .pdf , .txt and in .zip file format for you. Download the file and search your ‘symbol number’. Congratulations to all, who passed SLC this year. And if you want to see your results with marks then, you can follow THT (symbol no. and birth date required). Download SLC Result 2066/2067 (2009-2010) : REGULAR: EXEMPTED: Distinction --------------- First division First division Second Division Second Division Third Division Third Division Withheld Withheld ...

मोबाइलोग्राफी Photo Story [Pictures]

ग्राहक को पर्खाइ मा हात को मुठी भित्र सल्किरहेको चुरोट छ, नेपाली ढाकाटोपी, अनि कोट र गोल्डस्टार जुत्ता मा सजिएका बुढा बा, पुरानो वसपार्क छेवैको, एक पर्खाल को आड मा ग्राहक को पर्खाइ मा छन् । काँटावाला, तराजु लिएर बसेका उनी, मान्छे को तौल जोख्छन्, तौल जोखि माग्नेहरुले पैसो तिरेर आफ्नो तौल जोख्छन् । यो फोटो लिएको समय नेपाली कांग्रेस को महाधिवेशन चल्दैथियो । बाटोभरि मान्छेहरु को भिड थियो, तर यस्तो लाग्दैथ्यो यी बुढा बा लाई केही वास्ता थिएन । उनी चुरोट तान्दै आफैँ मा हराइरहेका झैँ देखिन्थेँ । ढल्किँदो दिन त्रिपुरेश्वर मा अवस्थित मन्दिर को फोटो खिच्दा, पश्चिम मा सूर्य डुब्न लागिसकेको थियो । कोलाहाल को बिचमा उभिएको मन्दिर आफू मा चाँहि साह्रै शान्त छ । पुल्चोक मा आयोजित लोकस २०१० हेरेर फर्किँदै गर्दा, थकाइ मार्ने उद्देश्य ले यही मन्दिर मा एकछिन अडिएको थिँए । झोलुङ्गे पुल ललितपुर बालकुमारी मा, मनोहरा खोला माथि रहेको झोलुंङ्गे पुल ! यो फोटो खिच्दा, मौसम सफा थिएन, हल्का वर्षा भइरहेथ्यो । त्यसदिन केही साथिहरु को साथ मा, नयाँ वानेश्वर, शंखमुल हुँदै यो झोलुङ्गे पुल तरेर, बालकुमारी हु...

ट्विटरव्दारा प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न आग्रह [पडकास्ट 📻 ]

आकार पोष्ट रेडियोको पहिलो अंकमा स्वागत छ । आजको यो अंकमा ट्विटरले केही दिन पहिले पासवर्ड परिवर्तन गर्न जारी गरेको सूचनाको बारेमा कुरा गर्दैछु । के कति कारणले, ट्विटरले पासवर्ड परिवर्तन गर्न सूचना जारी गर्‍यो, तथा प्रयोगकर्ताले के कति कारणले पासवर्ड तुरुन्त परिवर्तन गर्नुपर्छ भन्ने विषयमा यो अंक केन्द्रित छ । पडकास्टको यो पहिलो अंक परिक्षणको रुपमा मोबाइलमा रेकर्ड गरेर तयार पारिएको हो । कति सकिन्छ थाहा छैन, तर यस पडकास्टलाई साप्ताहिक रुपमा सञ्चालन गर्ने मेरो योजना छ, जहाँ सूचना प्रविधिका विभिन्न पाटोहरुको बारेमा कुरा गर्नेछु । हाललाई यो पडकास्ट एन्कर एफएम तथा स्टिचर एप मार्फत सुन्न सकिन्छ । ट्विटरमा प्रयोग भएको पासवर्ड अन्य साइटहरुमा (जस्तो: फेसबुक, गुगल, दराज, सस्तोडिल, ड्रपबक्स आदि) पनि प्रयोग गरिएकोछ भने, ती साइटहरुमा पनि पासवर्ड तुरुन्त परिवर्तन गर्नुभइ, इन्टरनेटमा सुरक्षित रहनुहोला। प्रो टिप: साइटहरुमा कहिले पनि एउटै पासवर्ड प्रयोग नगर्नुहोला। pic.twitter.com/PjWwQWc7C4 — Aakar Anil (@aakarpost) May 4, 2018

कुन च्याट एप्स चलाउने?

फेसबुकको मेसेन्जरमा स्टोरीज आएपछि वाक्क, दिक्क नै भइयो । त्यसको विकल्प खोज्ने क्रममा पहिले त फेसबुक र मेसेन्जर एप दुवै मोबाइलबाट हटाएर ब्राउजरमा चलाउन थालेँ । त्यसको केही दिनपछि फेसबुक लाइट र मेसेन्जर लाइट चलाउन पुगेँ । फेसबुक लाइटको 'एप एक्सपिरियन्स' खासै गतिलो लागेन र फेरि केही हप्ता पछि फेसबुक एपमा सरेँ तर फेसबुक मेसेन्जर चाँहि मेसेन्जर लाइट नै मनपर्‍यो । गज्जब, च्याट गर्न मात्र मिल्ने । त्यसो त मोबाइलमा करिब आधा दर्जन च्याट एप्स छन्, सबै एप सँधै चलाइँदैन । अर्को कुरा, च्याटको लागि प्रयोग नगरिने एप्‌मा पनि च्याट गर्ने फिचर छ या भनौँ "प्राइभेट मेसेज" गर्ने सुबिधा छ । उदाहरणको लागि इन्स्टाग्राम फोटो सेयर गर्ने एप हो, तर यहाँ साथीहरुलाई सिधै मेसेज पनि गर्न मिल्छ, दोहोरो च्याट गर्न मिल्छ । हिजोआज म पनि प्राय: ट्विटरको 'डाइरेक्ट मेसेज' धेरै प्रयोग गरिरहेको हुन्छु, साथीहरुसँग कुरा गर्न । एक समय यस्तो थियो, म गुगल टक या भनौँ जिमेल च्याट मात्रै प्रयोग गर्थेँ । कसैले केही म्यासेज मलाई पठाउनु छ भने, कि त ईमेल गर्थे वा गुगल टकमा कुरा गर्थे, हैन भने फोन र एसएम...

Subscribe to Aakar Post