Skip to main content

अव्यक्त पिडा

“नहाँसेर बाँच्न नसकिने जिवन तर हाँसेर बाँच्न नपाएको मान्छे, आफैँमा कति ठूलो बिरोध हो ।”
सायद यी माथिका हरफहरु साहित्यिक कार्यक्रम बुलबुल कै कुनै अंकमा सुनेझैँ लाग्छ । कहिलेकाँहि घोत्लिने गरेको छु, तिनै शब्दहरु माथि, तिनै भनाइहरु माथि ! साँच्चै, हाँस्नै नपाएको मन को पिडा कस्तो हुन्छ होला ? अनि पिडा कति अथाह हुन्छ होला ? अनुमान गर्न निकै नै मुस्किल छ ।

तिहार को टिका लगाइसकिएको थियो । अनि खाना खाएर दिउँसो एकछिन तेर्सो बसेथेँ, भुसुक्कै निदाएछु, बिउँझदा बेलुका को ४ बजिसकेको थियो । उठ्दा खेरि मोबाइल मा एसएमएस आ’को संकेत बजिरहेको थियो, हत्तपत्त एसएमएस हेरेँ, लगभग १ घन्टा भइसकेछ एसएमएस आएको, एसएमएस पढेँ । यहाँ एसएमएस मा के थियो भनेर उल्लेख नगरौँ तर एसएमएस मा कसैको वास्तविकता थियो, कसैको कथा थियो, अनि कसैको व्यथा थियो, अनि कसैको तितो यथार्थ थियो, अनि कसैका लागि बल्झिएको घाउ थियो । साँच्चै भन्ने हो भने, एसएमएस मा कसैको जिवन भोगाइको तितो यथार्थ र वास्तविकता थियो । अनि वर्णन नै गर्न नसकिने एउटा अथाह पिडा थियो, अनि ती पिडाहरु मेरो सामु छताछुल्ल पारिएको थियो एसएमएस मार्फत । “सुख बाँढ्दा सुख बढ्छ भन्छन्, अनि दु:ख बाँढ्दा दु:ख घट्छ भन्छन्”, सायद यही भएर होला, मलाई एसएमएस आएको थियो, केही तितो अनुभव सेयर गरिएको थियो ।

एसएमएस पढेपछि फोन गरेँ, उताबाट मलिन अनि मधुरो स्वर नै थियो, हो खुशी को कुनै संकेत थिएन, मात्र लाग्थ्यो यस्तो विरक्त कहिले लागेको थिएन, यस्तो तितो यथार्थ नितान्त पहिलोपटक थियो, उनका लागि । अनि मेरा लागि पनि त, एकदमै भिन्न अनुभव रह्‍यो । म त्यो पिडालाई महशुस गर्न सक्छु तर अहँ किन म अभिव्यक्त गर्न सक्दिन । म त्यसै-त्यसै अन्यौल मा थिँए, मलाई ती एसएमएस का शब्दहरुले केही सोच्न बाध्य बनाइरहेको थियो, तर के थियो भन्न कठिन छ ।

कति आशा र सपनाहरु छन्, पुरा हुन्छन् हुँदैनन्, भविष्य के होला, म यस्तै-यस्तै सोचिरहेँथे । सोच्दै जाँदा म कहाँ-कहाँ निकै टाढा पुगेछु, डर लागेर आयो । अनि म कोठाबाट बाहिर निस्किँए, त्यसपछि घर को सबैभन्दा माथिल्लो तल्ला मा गएर, चिसो हावामा आफूलाई छाडिदिँए ।

कोटेश्वर छेउमा छ, म बसेको घर । अनि घरमाथि बाट उड्छन् जहाजहरु । एउटा ठूलो जहाज ले मलाई झस्काइदियो । अनि त्यही जहाजलाई एयरपोर्टमा नबसुन्जेल सम्म हेरिरहेँ । अनि अस्ति लुक्ला मा भएको विमान दुर्घटना सम्झेँ, अनि आजैमात्र भारतको आसाम राज्यमा भएको श्रीङ्खलाबद्ध विस्फोट सम्झेँ, अनि फेरी उनको एसएमएस सम्झेँ । मेरो मनमा पनि ठूलो विस्फोट भयो, मन अधैर्य भयो, अनि मनको व्यथा भुलाउन नोटबुकका पाना मा बलपेन ले कोर्न थालेँ ।

घरको छतबाट काठमाडौँ देखिन्छ , काठमाडौँ मतलब यहाँ बाट म, एयरपोर्ट, पशुपति को वन, कोटेश्वर, धरहरा, स्वयम्भु, पुल्चोकको कान्तिपुर एफएम तथा टिभि टावर, गोदावरी एरिया, बालकुमारीको सनराइज होम्स, भक्तपुरको लोकन्थली अनि सानोठिमी को परिक्षा नियन्त्रण कार्यालय देखिरेहको छु, चारैतिर घुमीघुमी म हेरिरहेको छु । एयरपोर्टमा लहरै बत्ति बलेका छन्, एउटा बत्ति चाँहि धेरै उज्यालो छ, अनि सरर हिँडेको अनुभव हुन्छ त्यो चहकिलो बत्ति, जहाज बस्नेबेला मा !

आकाश खुल्ला नै छ, छिटपुट बादल छन् । घाम पश्चिमपट्टिको किर्तिपुरको डाँडाबाट पारीपट्टि डुब्नै लागेको छ । सगर पनि निकै रातो देखिएको छ । दक्षिणपट्टि फुल्चोकी डाँडाको टेलिभिजन टावर देखिरहेको छु । अनि पूर्वपट्टि नगरकोट को डाँडा देखिरहेको छु, जहाँ अझै घाम लागिरहेकै छ । उत्तरतिरका हिमालहरु भने बादल ले छेकिएको छ, तर पनि म अनुमान गर्न सक्छु, त्यो हिमाल नै हो, घाम मा टल्किएको । साँझ ढल्दैछ, रात पर्दैछ ।

म एफएम अध्यात्मज्योति बाट बेलुका ५ बजे बज्ने पुराना सदाबहार हिन्दी गितहरु सुनिरहेको छु, किशोर कुमार, मोहम्मद रफी, मुकेश, लता, गितादेवी आदि सबै गाइरहेकाछन् । मेरो मन पनि शितलताको अनुभव गरिरहेको छ, सायद म ती गितहरुमा, यही अवस्थाको चित्रण पाइरहेको छु ।

सहरमा आतसवाजी भैरहेको छ, पटाङ-पुटुङ को आवाज आइरेहको छ । बत्तिहरुले घरहरु झिलिमिली देखिएकाछन्, अनि मनहरा खोला को पुलमाथि गाडिहरुको लस्कर छैन, सायद तिहार भएर होला, गाडिहरु निकै थोरै छन् ।

साँझ ढल्दैछ, रात पर्दैछ । सायद मेरो मन पनि केही हलुका महशुस गरिरहेको छ । उनको दोश्रो एसएमएस आइसकेको छ, मेरो एसएमएस को रिप्लाइ बनेर । म यथार्थलाई भुल्ने कोशीस गर्दैछु । यीनै डाँडाकाँडा, आकाश, बादल, घर, हिमाल, जहाज, एयरपोर्ट, टावरहरु हेरेर ।

सायद मेरो गन्थन केहि पनि बुझिएन होला, अनि यहाँ म खासै बुझाइरहन पनि आवश्यक ठान्दिँन । मात्र म यहाँ, यथार्थलाई भुलाउने कोशीस गरिरहेको छु । कुरालाई अन्तै मोड्ने प्रयास गरिरहेछु । उ त्यहाँ परको घरबाट एउटा ठूलो आतसबाजी भयो । जहाज ल्याण्ड गर्दै थियो । त्यो गरिएको आतसबाजीले जहाजलाई केही असर गर्‍यो या गरेन थाहा भएन तर त्यो आतसबाजी जहाज कै सम्मुख पुगेर पड्किएको थियो । अनि अहिले पनि सहरभरि पड्किरहेकाछन्, सहर तिहार मनाइरहेको छ ।

Comments

  1. kasto ramrari lekhdo raichau timi... yo article padera malai feri ghar farkina maan lagyo...

    ReplyDelete
  2. oo aakarG.
    bastam ma k vayo ko, purai padhera pani bhujnai sakeyena.
    van6an pir share garda kam hun6, then why r u packing it deep inside of u?

    ReplyDelete
  3. मुकुन्द !
    यो मेरो कथा होइन, यो मेरो साथी को कथा हो अनि उसको व्यक्तिगत कुरा भएकोले मैले नलेखेको हुँ । तर त्यो उसको कथाले मलाई पनि केही असर गर्‍यो, अनि मैले ती तितो यथार्थलाई भुल्न, या भनौँ ध्यान अन्तै मोड्न, त्यही क्षण यो जे पायो त्यही लेखेको हुँ ।
    अनि यो कुरालाई म बुझाउन पनि चाहन्न नि त साथी ।

    ReplyDelete
  4. अाकार जी तपाइको लेखने शैलीको कुरै छैन, खुसीलाग्यो लेख पढेर ।।। तपाइले जुनसुकै कुरालाइ पनि लेखन सक्नुहुन्छ यसमा दुविधा छैन । जे हो यो जो सँग सम्वन्धित भएपनि सम्वन्धित ब्यक्तिलाइ धर्यताका साथ धिरज भइ अगाडि वढन शुभकामना ।।।।।

    ReplyDelete
  5. timi kaile haseko thiyau, timro samu uni ruda........................

    ReplyDelete
  6. मुकुन्द !
    तिमीले एकदम सही कुरा गर्‍यौ यार ।
    अरुको दु:ख मा हाँस्नु भनेको त बेवकुफी मात्र हो ।

    ReplyDelete
  7. Aakar ji
    thank u very much for ur frens heart touching story sharing to us. ur writing style ia so nice keep it up

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Download Tihar Dhun and Deusi Bhailo Songs

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ । Download Tihar Songs: Bhailini/Bhailo - भैलो Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन Download Tihar Songs: deusi re / देउसी रे Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

म र ऊ - एउटा अनलाइन भेट [कथा]

“तिमी को हो?” मेरो प्रश्न थियो! उसले भनी, “खुशी” । “को खुशी”, मैले सोधेँ ! “ह्या, कस्तो नचिन्या होला? म खुशी के ! रहर, छायाँ, खुशी जे भने नि म नै हो के”, उसको जवाफ ! “ए, तिमी पो, कता हराकी थियौ? अब के भनौँ त तिमीलाई उसोभए?” “जे भने नि हुन्छ!” “उसोभए म खुशी भन्छु है”, मैले भनेँ ! उसले हुन्छ भन्ने जनाउ दिन, आँखा सन्काइ र लेखी “हे हे” । कुरा यसरी नै सुरु भएको थियो च्याटमा ! च्याटमा को सँग कुरा गरिरहेछु, आफैँलाई पत्तो छैन, न पहिले च्याट गरिएको थियो, न भेट नै गरिएको थियो । ट्विटरमा नाम परिवर्तन गरिरहने ऊसँग ट्विटरमा आक्कल झुक्कल कुरा गरिने भएपनि उनको ‘म्यासेज’ पहिलोपल्ट च्याटमा अकस्मात आइपुगेको थियो ! म उनको बारेमा प्रस्ट हुन सकिरहेको थिँइन ! अत: फेरि सोधेँ, “यो खुशी को हो?” मेरो प्रश्नले, उसले आफू दुखित भएको जनाउ दिन लेखी “:(” “हैन किन यति रिङ्ग्याएको मलाई”, मैले सोधेँ । “नाम मे क्या रखा है? ;)”, उसको जवाफ ! “नाममा धेरै कुरा राख्या छ हजुर, चिन्नु त पर्यो नि, आफू कोसँग कुरा गर्दैछु भनेर”, मैले भनेँ ! “पिक द नेम, तिम्लाई जुन मन पर्छ त्यही राख”, उसले मलाई नाम छान्ने अधिकार दिई ।...

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match [LIVE]

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match खेल को पहिलो हाफसम्म जोर्डन ४ गोलले अगाडि छ ! जोर्डन ले ४ गोल हानेको छ भने, नेपाल ले कुनै पनि गोल फर्काउन सकेको छैन ! पहिलो हाल्फमा जोर्डनीहरुकै दवदवा रहेको थियो । First Half Nepal 0:4 Jordan Full Time Nepal 0:9 Jordan जोर्डन को रंगशालामा भएको खेलमा जोर्डनी टिम ९:० को विशाल अन्तर ले विजयी भएको छ ! नेपाली टिम, जोर्डनी टिम को अगाडि आज कमजोर सावित भयो, खेल अवधिभर नेपाली टिम जोर्डनी टिम को दवावमा रह्यो ! नेपालले छनौटको तेस्रो चरण प्रवेश गर्न बिहीबार दशरथ रंगशालामा अर्को एक खेल खेल्नेछ ! LIVE VIDEO WAS MOVED BY NOW Though LIVE video was moved, but we have small clip. Enjoy! Here's another Video:

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

KU Holi 2066 [Pictures]

This year also, I’ve celebrated Holi (Fagu Purnima) at Kathmandu University, Dhulikhel Kavre. This is my 3rd Holi at KU. Holi is one of the most interesting event over here. We are preserving KU Holi Culture. HAPPY HOLI !!! We have enjoyed a lot today, hope you are also enjoying the festival of colour HOLI. Once Again Happy Holi To You All. Here,  I’m posting some pictures of KU Holi 2066. Enjoy Holi !!!      11th and 13th Photo: By Shakun

Subscribe to Aakar Post