Skip to main content

Have your Say

अनुत्तरित प्रश्न

उसलाई अपहरण गरिएको धेरैदिन पछि उ मारियो भन्ने खबर आयो । घर परिवारलाई पत्याउन गाह्रो परेपनि आखिर उ मरिसकेकै थियो या भनौँ मारिइसकेको थियो । उ मारिएको र लाश सम्म पनि नपाएको विरोध मा चक्काजाम, बन्द, हड्ताल सबै गरियो । केहिदिन पछि हत्यारा का नाइकेले घटनाको सम्बन्धमा माफी माग्दै, परिवारलाई राहत दिने बताए । उता बाबुको हत्याले मर्माहत भएको १२ वर्षे छोरोले एउटा ठूलो मास अगाडि सम्बोधन गर्दै भन्यो- “जसले मेरो बाबु को हत्या गरेर राहत दिन्छु भनेको छ, म पनि त्यसै गर्न चाहन्छु, त्यसलाई मारेर म पनि राहत दिन्छु त्यसको परिवारलाई, के त्यो मर्न तयार छ ? के मैले त्यसको हत्या गर्न पाउँछु ?” उपस्थित दर्शकदिर्घाबाट ताली बज्यो । तर उसको प्रश्न भने अनुत्तरित नै रह्यो ।
------------------------------------------------------------------------

वन्यजन्तु संरक्षणविद

एक विदेशी नागरिक नेपाल आएका थिए, केही वर्ष पहिले । उनी वन्यजन्तुमा चाख राख्दारहेछन् साथै वन्यजन्तु संरक्षण सम्बन्धि लेखहरु लेख्दारहेछन्, विभिन्न पत्रपत्रिकाहरुमा । नयाँ-नयाँ जीवजन्तुबारे लेख लेख्न उनी नेपाल का वनजंगल चहारीरहन्थे ।

अस्ति एक्कासी उनको डेरामा छापा मारिएको खबर आयो । रहस्य खुल्यो, वास्तव मै उनी वन्यजन्तुलाई निकै माया गर्दारहेछन्, त्यही भएर वन्यजन्तुका टाउका,छाला देखि हाड सम्म उनीसँग रहेछन् । वन्यजन्तुलाई अत्ति माया गर्ने भएर, उनी बाघकै छाला मा सुत्दारहेछन्, अनि बाघकै छाला मा बस्दारहेछन्, बाकस र सन्दुकहरुपनि हात्ति र गैँडाका छालाहरुले मोडेर बनाएका रहेछन् । सँधै आफ्नै अगाडि वन्यजन्तुहरु देख्न चाहने भएर होला, बाघ, हरिण, चित्तल आदीका टाउकाहरु पनि भित्तैभरि सजाइएकोरहेछ ।

त्यस्ता वन्यजन्तु संरक्षणविद र वन्यजन्तुप्रेमी अहिले विदेश हुँइकिएकारहेछन्, तर नेपालका प्रहरीहरु भने कम्तिमा एकपल्ट उनको अनुहार हेर्न र सम्मान गर्नलाई आतुर छन्, त्यसैले प्रहरीले पनि उनको जोडतोडले खोजिरहेकाछन् ।
(लघुकथा)

News Update:
जेठ १५ मा गणतन्त्र को कार्यान्वायन गर्ने दिन, माओवादिले राजदरबार घेर्ने योजना बनाएकाछन् । टिरिक पनि कस्तो लगा'का है, अब दरबार घेराउ गरेपछि राजा बाहिर निस्कनै पाउँदैनन्, अनि भएन त ? नेपाल संवैधानिक गणतन्त्र ! अनि राजा पनि हिजै लुसुक्क नागार्जुनबाट नारायणहिटि आका'छन् रे !

हैन, के होला है ??? भोलि को दिन नेपाल को ईतिहासमा कुन हिसाब ले गणना होला ? नेपाल साँच्चै गणतन्त्र होला ? आजसम्म पनि मलाई विश्वास लागेको छैन, अनि कुनै अड्कल गर्ने सकिएको पनि छैन, नयाँ घट्ने राजनितिक घटनाहरुको समिकरण कस्तो होला ? भित्र-भित्रै नेताहरुले केहि फट्याँई या बठ्याँई गरेका त छैनन् ? जे होला- भोलि देखिएला, अनि जे होला- राम्रै को लागि होला ।

जय नेपाल ! जय गणतन्त्र !!


Comments

  1. The question raised by the boy might not have been answered because the answerer is not a leader of a criminal group but of a party, what the boy told is right both emotionally and logically.There is no compensation for life!!!

    ReplyDelete
  2. यस्तै बन्य जन्तु संरक्षणविद हरुले नै नेपालको सबै बन जन्तु हरु सखाफ पारी साके ....

    ReplyDelete
  3. Great analysis!!

    Your short stories contains "atom bomb" on it..., it reflects the reality.

    ReplyDelete
  4. Well, Maoist is the party which has been just landed from the armed conflict. They r in the proccess of socialisation. But within their group there are also people like us. Some of them are may be smuggler, some criminal and some good people also. And I agree with the deep sorrow of the son, that is not abnormal. But fren, in our country most of the time a person is stronger than the state and state can not do anything to a person no matter how big crime he/she has committed. And here is the question of political parties, the group of more than 2 million people. That's why we have very poor transitional justice system. The people involved should be treated as Nepali army officer and his followers and punished same. Because they are army not like "us". and universally accepted them as army. And I want to remind all, that still more than 5000 people are disappeared from state and non-state aspects. If a single person's deaht can create such a big pressure, what about the life of more than 5000 people and their family...???? Please lets speak about them too. This previous death has been the cause to hit Maoist to take revenge and we supported political parties. We warned Maoist but it was NC and UML trying to take revenge. Of course price of human life should not be so so cheap but the life of the businessman and the life of the poor one dead for no crime should not be different. Here, the price of a businessman is higher than price of 5000 people. And this is no doubt injustice!!!

    ReplyDelete
  5. The question raised by the boy might not have been answered because the answerer is not a leader of a criminal group but of a party, what the boy told is right both emotionally and logically.There is no compensation for life!!!

    ReplyDelete

Post a Comment

Popular posts from this blog

भारतमा साइट ब्लक गरिँदा, नेपालमा पनि साइट ब्लक [File Sharing Sites Blocked in Nepal]

भारतको सर्वोच्च अदालतको आदेश अनुसार भारतका इन्टरनेट प्रदायक संस्थाहरु (ISP) ले फाइल सेयरिङ साइटहरु, टोरेन्ट, भिडियो साइटहरु तथा अन्य उपयोगी साइटहरुलाई ब्लक गरेकाछन् । आइसोहन्ट (Isohunt), पाइरेट वे (thepiratebay), किकएसटोरेन्ट (kickasstorrent) लगायतका टोरेन्ट साइटहरु तथा भिमियो (Vimeo) र डेलिमोसन (DailyMotion) जस्ता भिडियो सेयरिङ साइटका साथै पेस्टविन (Pastebin), एक्समार्क्स (Xmarks) जस्ता साइटहरुले 'पाइरेसी'लाई बढावा दिएको भन्दै उक्त साइटहरुलाई 'ब्लक' गर्न भारतको सर्वोच्च अदालतले 'आइएसपी'हरुलाई आदेश दिएको थियो । आदेश लगत्तै रिलायन्स, एयरटेल लगायत भारतिय इन्टरनेट प्रदायक संस्थाहरुले उक्त साइटहरु भारतमा ब्लक गरेकाछन्, तर त्यसैको असर स्वरुप नेपालका पनि केही आइएसपीहरुका प्रयोगकर्ताहरुले उक्त सेन्सरसिप सहन गर्नु परेको छ । भारतीय इन्टरनेट प्रदायक संस्थाहरुले साइट ब्लक गर्दा, नेपालमा पनि ती साइटहरु ब्लक हुन पुगेकाछन् । पेस्टविन, पाइरेट वे जस्ता साइटहरु नेपालका अधिकांश आइएसपीहरुबाट नखुल्ने भएकोछ, त्यसको सट्टा "अदालतको आदेश अनुसार साइट ब्लक गरिएकोछ" (Access t...

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

ट्विटरव्दारा प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न आग्रह [पडकास्ट 📻 ]

आकार पोष्ट रेडियोको पहिलो अंकमा स्वागत छ । आजको यो अंकमा ट्विटरले केही दिन पहिले पासवर्ड परिवर्तन गर्न जारी गरेको सूचनाको बारेमा कुरा गर्दैछु । के कति कारणले, ट्विटरले पासवर्ड परिवर्तन गर्न सूचना जारी गर्‍यो, तथा प्रयोगकर्ताले के कति कारणले पासवर्ड तुरुन्त परिवर्तन गर्नुपर्छ भन्ने विषयमा यो अंक केन्द्रित छ । पडकास्टको यो पहिलो अंक परिक्षणको रुपमा मोबाइलमा रेकर्ड गरेर तयार पारिएको हो । कति सकिन्छ थाहा छैन, तर यस पडकास्टलाई साप्ताहिक रुपमा सञ्चालन गर्ने मेरो योजना छ, जहाँ सूचना प्रविधिका विभिन्न पाटोहरुको बारेमा कुरा गर्नेछु । हाललाई यो पडकास्ट एन्कर एफएम तथा स्टिचर एप मार्फत सुन्न सकिन्छ । ट्विटरमा प्रयोग भएको पासवर्ड अन्य साइटहरुमा (जस्तो: फेसबुक, गुगल, दराज, सस्तोडिल, ड्रपबक्स आदि) पनि प्रयोग गरिएकोछ भने, ती साइटहरुमा पनि पासवर्ड तुरुन्त परिवर्तन गर्नुभइ, इन्टरनेटमा सुरक्षित रहनुहोला। प्रो टिप: साइटहरुमा कहिले पनि एउटै पासवर्ड प्रयोग नगर्नुहोला। pic.twitter.com/PjWwQWc7C4 — Aakar Anil (@aakarpost) May 4, 2018

SLC Result 2066/2067 (2009-2010)

The Office of the Controller of Examinations (OCE), Sanothimi, on Friday published the results of the School Leaving Certificate (SLC) 2066 examinations held last year. 64.31 percent students passed the SLC 2066/67, according to the Controller of Examinations (OCE) Sanothimi, Bhaktapur. We have uploaded SLC Result 2066 in .pdf , .txt and in .zip file format for you. Download the file and search your ‘symbol number’. Congratulations to all, who passed SLC this year. And if you want to see your results with marks then, you can follow THT (symbol no. and birth date required). Download SLC Result 2066/2067 (2009-2010) : REGULAR: EXEMPTED: Distinction --------------- First division First division Second Division Second Division Third Division Third Division Withheld Withheld ...

मोबाइलोग्राफी Photo Story [Pictures]

ग्राहक को पर्खाइ मा हात को मुठी भित्र सल्किरहेको चुरोट छ, नेपाली ढाकाटोपी, अनि कोट र गोल्डस्टार जुत्ता मा सजिएका बुढा बा, पुरानो वसपार्क छेवैको, एक पर्खाल को आड मा ग्राहक को पर्खाइ मा छन् । काँटावाला, तराजु लिएर बसेका उनी, मान्छे को तौल जोख्छन्, तौल जोखि माग्नेहरुले पैसो तिरेर आफ्नो तौल जोख्छन् । यो फोटो लिएको समय नेपाली कांग्रेस को महाधिवेशन चल्दैथियो । बाटोभरि मान्छेहरु को भिड थियो, तर यस्तो लाग्दैथ्यो यी बुढा बा लाई केही वास्ता थिएन । उनी चुरोट तान्दै आफैँ मा हराइरहेका झैँ देखिन्थेँ । ढल्किँदो दिन त्रिपुरेश्वर मा अवस्थित मन्दिर को फोटो खिच्दा, पश्चिम मा सूर्य डुब्न लागिसकेको थियो । कोलाहाल को बिचमा उभिएको मन्दिर आफू मा चाँहि साह्रै शान्त छ । पुल्चोक मा आयोजित लोकस २०१० हेरेर फर्किँदै गर्दा, थकाइ मार्ने उद्देश्य ले यही मन्दिर मा एकछिन अडिएको थिँए । झोलुङ्गे पुल ललितपुर बालकुमारी मा, मनोहरा खोला माथि रहेको झोलुंङ्गे पुल ! यो फोटो खिच्दा, मौसम सफा थिएन, हल्का वर्षा भइरहेथ्यो । त्यसदिन केही साथिहरु को साथ मा, नयाँ वानेश्वर, शंखमुल हुँदै यो झोलुङ्गे पुल तरेर, बालकुमारी हु...

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

Subscribe to Aakar Post