अनुत्तरित प्रश्न
उसलाई अपहरण गरिएको धेरैदिन पछि उ मारियो भन्ने खबर आयो । घर परिवारलाई पत्याउन गाह्रो परेपनि आखिर उ मरिसकेकै थियो या भनौँ मारिइसकेको थियो । उ मारिएको र लाश सम्म पनि नपाएको विरोध मा चक्काजाम, बन्द, हड्ताल सबै गरियो । केहिदिन पछि हत्यारा का नाइकेले घटनाको सम्बन्धमा माफी माग्दै, परिवारलाई राहत दिने बताए । उता बाबुको हत्याले मर्माहत भएको १२ वर्षे छोरोले एउटा ठूलो मास अगाडि सम्बोधन गर्दै भन्यो- “जसले मेरो बाबु को हत्या गरेर राहत दिन्छु भनेको छ, म पनि त्यसै गर्न चाहन्छु, त्यसलाई मारेर म पनि राहत दिन्छु त्यसको परिवारलाई, के त्यो मर्न तयार छ ? के मैले त्यसको हत्या गर्न पाउँछु ?” उपस्थित दर्शकदिर्घाबाट ताली बज्यो । तर उसको प्रश्न भने अनुत्तरित नै रह्यो ।
------------------------------------------------------------------------
वन्यजन्तु संरक्षणविद
एक विदेशी नागरिक नेपाल आएका थिए, केही वर्ष पहिले । उनी वन्यजन्तुमा चाख राख्दारहेछन् साथै वन्यजन्तु संरक्षण सम्बन्धि लेखहरु लेख्दारहेछन्, विभिन्न पत्रपत्रिकाहरुमा । नयाँ-नयाँ जीवजन्तुबारे लेख लेख्न उनी नेपाल का वनजंगल चहारीरहन्थे ।
अस्ति एक्कासी उनको डेरामा छापा मारिएको खबर आयो । रहस्य खुल्यो, वास्तव मै उनी वन्यजन्तुलाई निकै माया गर्दारहेछन्, त्यही भएर वन्यजन्तुका टाउका,छाला देखि हाड सम्म उनीसँग रहेछन् । वन्यजन्तुलाई अत्ति माया गर्ने भएर, उनी बाघकै छाला मा सुत्दारहेछन्, अनि बाघकै छाला मा बस्दारहेछन्, बाकस र सन्दुकहरुपनि हात्ति र गैँडाका छालाहरुले मोडेर बनाएका रहेछन् । सँधै आफ्नै अगाडि वन्यजन्तुहरु देख्न चाहने भएर होला, बाघ, हरिण, चित्तल आदीका टाउकाहरु पनि भित्तैभरि सजाइएकोरहेछ ।
त्यस्ता वन्यजन्तु संरक्षणविद र वन्यजन्तुप्रेमी अहिले विदेश हुँइकिएकारहेछन्, तर नेपालका प्रहरीहरु भने कम्तिमा एकपल्ट उनको अनुहार हेर्न र सम्मान गर्नलाई आतुर छन्, त्यसैले प्रहरीले पनि उनको जोडतोडले खोजिरहेकाछन् ।
(लघुकथा)
News Update:
जेठ १५ मा गणतन्त्र को कार्यान्वायन गर्ने दिन, माओवादिले राजदरबार घेर्ने योजना बनाएकाछन् । टिरिक पनि कस्तो लगा'का है, अब दरबार घेराउ गरेपछि राजा बाहिर निस्कनै पाउँदैनन्, अनि भएन त ? नेपाल संवैधानिक गणतन्त्र ! अनि राजा पनि हिजै लुसुक्क नागार्जुनबाट नारायणहिटि आका'छन् रे !
हैन, के होला है ??? भोलि को दिन नेपाल को ईतिहासमा कुन हिसाब ले गणना होला ? नेपाल साँच्चै गणतन्त्र होला ? आजसम्म पनि मलाई विश्वास लागेको छैन, अनि कुनै अड्कल गर्ने सकिएको पनि छैन, नयाँ घट्ने राजनितिक घटनाहरुको समिकरण कस्तो होला ? भित्र-भित्रै नेताहरुले केहि फट्याँई या बठ्याँई गरेका त छैनन् ? जे होला- भोलि देखिएला, अनि जे होला- राम्रै को लागि होला ।
जय नेपाल ! जय गणतन्त्र !!