Skip to main content

१२ नबज्ने घडी

- ईशान गजुरेल
[email protected]

टेबुलमा कम्प्युटर आरामले बसेको छ ।

त्यसको बायाँपट्टी
टक्-टक् आवाज निकाल्दै
रातलाई चुनौती दिँदैछ मेरो घडी ।
मैले त्यसलाई घुरेको आधाघण्टा भयो
उपलब्धि, केबल समयनाश ।

आज म त्यो घडिमा मेरो देश देख्दैछु,
अनि त्यसका सुइहरुमा राजनिति
जसलाई चलाईराखेका छन् ब्याट्रीले ।
ती ब्याट्रीमा म नेतालाई देख्छु ।
बेला-बेलामा ती ब्याट्रीलाई फेर्नुपर्छ,
फेर्नेमान्छे अर्थात स्वयम मलाई
म जनता देख्छु ।
घडिमा तिथी पनि छ,
घडिमा १,२,….१२ अंक पनि छन्,
हरेक अंकमा म देशमा घट्ने घटना देख्छु ।

मैले त्यस घडिमा एकनासले
निकम्मा भएर हेरेको देख्दा,
ती नेताले,
म जनतालाई राजनितिको सुई घुमाउँदै
विभिन्न घटना घटाउँदै १२ बज्छ,बज्छ
संविधानसभा आउँछ-आउँछ भनेर
१२ बजे पुग्दा नपुग्दै आफ्नो रुप
फेरेर फेरी तिनै घटना
दोहोय्राउँदै छन् ॥

एक समय
आउला
जब ती राजनितिक सुई
१२ अंकमा टक्क रोकिएला
जुनबेला
ब्याट्री फेल हुनेछन्,

नयाँ ब्याट्री फेर्नुपर्नेछ
मैले ॥

Comments

  1. now only 10 days remains to change the battery, but need to see janta harule purano battery lai recharge garachhan ki naya brand ko rakha chhan?

    ReplyDelete
  2. मलाई लाग्दैछ यसपाली पनि सायद १२ बज्ने छैन। १२ बजेको समयसंग सबै दल त्रस्त छन किनकी त्यो बेलामा जनताले कुन 'ब्याट्री' छान्छन भनेर कसैलाई थाहा छैन। त्यसैले साढे एघार, पौने बाह्र वा बाह्र बज्न १ मिनेट बाँकि सम्म पनि पनि घडिको सुई उल्टो घुम्ने पुरा सम्भाबना देख्छु म त!

    Very interesting!!

    ReplyDelete
  3. १२ त जसरी पनि बजाउनै पर्छ नि , १२ बजे पछी के हुन्छ त्यो चाँही हेर्न नै बाँकी छ !!!!!!

    ReplyDelete
  4. yo post Sarhai Ghat lagyo.
    parkhaiko samay ali lamo nai lagcha.

    Asha garum yo patak jantale ramro brand ko batry Change garun.

    ReplyDelete
  5. १२ त जसरी पनि बजाउनै पर्छ नि , १२ बजे पछी के हुन्छ त्यो चाँही हेर्न नै बाँकी छ !!!!!!

    ReplyDelete

Post a Comment

Subscribe to Aakar Post