म छोरी, म आइमाई जात, म नारी । आज म तृप्ती अनुभव गरिरहेको छु । मलाई लाग्छ आज मेरो जित भएको छ, आज म आनन्दले भरिपुर्ण छु । उ हेर, मेरी आमा चिच्याई चिच्याई रोइरहेकी छिन्, उता बुवा पनि त्यस्तै । साना साना भाइबहिनी चाँहि बुझ्दैनन्, यस्तो ठूलो कुरा । सायद तपाई को अनुमान मिल्न सक्छ… हो म अब यस संसार मा छैन, म मरिसेकेकी छु, हो म मरिसकेकी छु । हो, मैले आफूले आफैँलाई मृत्यु दिएकी छु र म यो गर्व को साथ बताउँदैछु । हो, मैले आत्महत्या गरेँ । अनि यही आत्महत्या को विषयमा धेरै प्रश्न उठिरहेकाछन्, मान्छेहरु कानेखुशी गर्दैछन् । त्यो छिमेकी आइमाई, उ हेर्नुस् खासखुस गर्दैछिन् । मेरो चरित्र मा दाग लगाउँदैछन्, म मा नभएको खोट र दाग पनि देखाउन खोज्दैछन् उनीहरु । समाजमा केटा ले आत्महत्या गर्यो भने, “टेन्सन” ले, या अरु कुनै वाहाना… अनि किशोरी केटी ले आत्महत्या गरी भने, ‘गर्भवति भएको’, कि ‘प्रेम मा धोका पाएको’ वा सिधै ‘चरित्रहिन’ भएको आरोप । मलाई पनि यस्तो लान्छना लाग्नु स्वभाविक हो । तर भित्री कुरा त कसलाई थाहा हुन्छ हैन र ? के हामी अरु को मन पढ्न सक्छौँ र ? धेरै के भन्नु तर मैले आफूलाई चाँहि मृत्यु दिँए । ...
poem chai damizz chha
ReplyDeleteke garne nepalile aphno pahichan bhalne bhaye aba
so sad
poem chai damizz chha
ReplyDeleteke garne nepalile aphno pahichan bhalne bhaye aba
so sad