नेपालका खाना/रेष्टुरेन्ट पारखीहरुका लागि लक्षित गरि अनिश श्रेष्ठ र मनिषा कर्माचार्य ले सुरु गरेको ' यल्लो नेपाल ' स्टार्टअप, गुगल बिजनेस स्टोरिज कम्पिटिसनको फाइनलमा पुगेकोछ। यल्लो नेपाल एप मार्फत, मोबाइलबाटै खानाको मेनु हेर्न, आफ्नो नजिक'को रेष्टुरेन्ट खोज्न, सस्तो डिल्स तथा डिस्काउन्ट भेट्टाउन, काठमाडौमा भइरहेका पार्टि आदि बारेमा थाहा पाउन सकिन्छ । गुगल बिजनेस ग्रुप (जिबिजी)ले केही महिना अघि सुरु गरेको बिजनेस स्टोरी कम्पिटिसनमा ५० भन्दा धेरै देशका सयौँ कम्पनीहरुलाई पछि पार्दै यल्लो नेपाल एप, कम्पिटिसनको फाइनलमा पुगेको हो। यस कम्पिटिसनको फाइनलमा यल्लो नेपाल सँगै अन्य देशका आठवटा स्टार्टअपले प्रतिस्पर्धा गर्दैछन् । गुगल'ले ९ वटा फाइनलिस्टबाट ३ वटा उत्कृष्ट स्टार्टअप पब्लिक भोटिङबाट छान्नेछ । छानिएका ३ उत्कृष्ट स्टार्टअपले गुगलबाट ५ हजार डलरको फन्डिङ पाउनेछन्, जसले स्टार्टअपलाई अघि बढ्न ठूलो भरथेग गर्नेछ । नेपालमा स्टार्टअपको कल्चर भर्खर भर्खर सुरु भएको समयमा, गुगल जस्ता ठूलो कम्पनीले साना लोकल कम्पनीलाई यसरी प्रोत्साहन गर्नु स्वागतयोग्य कुरा हो । तर गुगलका