Skip to main content

Posts

Listen to Bulbul Episode-70 [December 29,2010]. शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulbul[at]unn.com.np or to: ghimireachyut[at]gmail.com Download: Episode-70 [December 29,2010]

गुगल का ब्लगर का प्रयोगकर्ताहरुलाई खुशी को खबर छ । केही दिन अघि ब्लगर ले ब्लगलाई मोबाइल फ्रेन्डली बनाउने सुविधा थपेको छ ।  डेस्कटप र ल्यापटप हुँदै, इन्टरनेट मोबाइलमय हुँदै गएको समय मा, ब्लगर ले थपेको यो सुविधाले ब्लग का पाठकहरु अझै बढाउने कुरामा दुविधा छैन । अब मोबाइल फ्रेन्डली ब्लग का लागि, ब्लगर का प्रयोगकर्ताहरुले अन्य साइटहरुमा निर्भर हुनु नपर्ने स्थिति आएको छ । अब ब्लगर को सेटिङ बाट नै, ब्लग को लागि मोबाइल साइट बनाउन सकिन्छ । मोबाइल भर्सन कसरी बनाउने ? हाललाई ब्लगलाई मोबाइल भर्सन बनाउने सुविधा ब्लगर ड्राफ्ट मा मात्र उपलब्ध छ । अत:  यो सुविधा उपयोग गर्न को लागि ब्लगर ड्राफ्ट मा जानुहोस । ड्यासबोर्ड हुँदै सेटिङ मा जानुहोस् , त्यसपछि सेटिङ हुँदै इमेल र मोबाइल ट्याब मा जानुहोस् । [Dashboard > Settings > Email & Mobile tab] त्यस पेज मा माथि यही फोटो मा देखाए जसरी, Yes भन्ने अप्सन थिचेर मोबाइल प्रिभ्यु थिच्नुहोस्, तपाई को मोबाइल साइट तयार भयो । ब्लगर कै टेम्प्लेट मा ब्लग बनाइको छ भने, मोबाइल मा पनि त्यही थिम देखिनेछ भने गुगल एड राखिएको भए, एड पनि...

सनातन धर्मावलम्बी हिन्दूहरूको मान्यताअनुसार छत्र (छाता), ध्वज (ध्वजा वा झण्डा), चामर (चमर वा पङ्खा) र कार्मुक (धनु) सनातनदेखि नै राष्ट्र वा राज्यका राजकीय प्रतीक वा चिह्नका रूपमा चिनिँदै आएका हुन्। राजाहरू आ-आफ्ना राष्ट्र वा राज्यका प्रतीक वा चिह्न लिएर राजकीय यात्रामा निस्कन्थे। लडाइँका मैदानमा पनि कुनै राजाको छत्र, ध्वज, चामर वा कार्मुक भाँचिदिन सफल हुनुको अर्थ हुन्थ्यो, त्यस राज्य उपर विजय। राजा पृथ्वीनारायण शाहले आफ्नो दिव्योपदेश मा “म जसै अर्काको छत्र-भङ्ग गर्न भनी जान्छु, त्यसैवेला मेरो छत्रलाई भङ्ग गर्न यहाँ अर्को राजा आयो भने के-कसो होला?” भन्ने प्रश्न उठाएका छन्। यिनको यस भनाइबाट त्यतिवेला राष्ट्रध्वज वा राष्ट्रिय-झण्डाको भन्दा राजछत्रको बढी महत्व हुने गरेको छनक पाइन्छ। नेपालमा राष्ट्रिय-ध्वजा वा राष्ट्रिय-झण्डाको चलन कहिलेदेखि शुरु भयो, निश्चित भन्न सकिँदैन। लिच्छवि राजाहरूले आफूलाई लिच्छवि-कुलकेतुः अर्थात् लिच्छवि-कुलको झण्डाजस्तो भनी चिनाउने गरेका थिए। यसबाट त्यतिवेला नै नेपालमा केतु अर्थात् ध्वजाको प्रचलन थियो भन्न सकिन्छ। इन्द्रजात्राको दिन इन्द्रध्वज फहराउने परम्परा आज...

Listen to 4th episode of Aadha Bato by Krishna Dharabasi. श्रुतिसंवेग मा हामी ले कृष्ण धरावासी को उपन्यास “आधा बाटो” लिएर आएका छौ | आफ्ना जिवन भोगाइ का यथार्थलाई जोडेर तयार पारिएको उपन्यास ‘आधा बाटो’ कृष्ण धरावासी को आत्मकथा को रुपमा रहेको छ । “राधा” जस्तो सफल उपन्यास लेखिसकेका धरावासी को यो पछिल्लो उपन्यास मा आफ्ना बाल्यकाल देखि हाल को अवस्था सम्म को कुराहरु समेटेर लेखिएको कारण उपन्यासलाई धरावासी ले ‘आधा बाटो’ भन्न रुचाएका छन् । आफूले देखे सुनेको स्थान, नाम आदि का कारण यो उपन्यास पढ्ने तथा सुन्नेहरुलाई आफ्नै कथा जस्तो पनि लाग्न सक्छ । उज्यालो ९० नेटवर्क को लागि निर्माण गरिएको कार्यक्रम श्रुति संवेग मा सदाझैँ वाचन मा अच्युत घिमिरे हुनुहुन्छ भने प्रविधी मा दिनेश निरौला र शशिन्द्र गौतम रहनुभएको छ । Download : Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –4

तपाई ले आज गुगल को होमपेज हेर्नुभयो? गुगल को होमपेजमा गुगल ले विदा को लागि नयाँ ‘डुडल’ (लोगो) राखेको छ । अनि गुगल को उक्त डुडल मा पहिलो पटक ‘नेपाल’ समावेश गरिएको छ । विदा मनाउन को लागि गुगल ले राखेको पछिल्लो ‘डुडल’ मा १७ वटा दृश्यहरु समावेश गरिएका छन्, जसमध्ये एउटा दृश्य नेपाल को रहेको छ । नेपाल अंकित गराउने गुगल लोगो मा ‘३ जना महिलाहरु आफ्ना परम्परागत भेषभुषा मा सजिएका देखिन्छन्’ भने उनीहरु को पछाडि ‘स्वयम्भु’ को झल्को दिलाउने ध्वजापताका सहित को गुम्बा देखिन्छ । जब कसैले ले, नेपाल समावेश गरेको गुगल को डुडल ‘क्लिक’ गर्छन्, गुगल ‘सर्च’ मा नेपाल बारे को सर्च नतिजाहरु देखिन्छन् । नेपाल यसरी गुगुल को विदा को लोगो मा समावेश  हुनु हाम्रो गौरव को विषय पनि हो । नजिकिँदै गरेको पर्यटन वर्ष २०११ को पुर्वसन्ध्यामा नेपाल गुगल को होमपेज मा समावेश हुँदा, नेपाल को प्रचार पनि राम्रै सँग भएको छ । दैनिक करोडौँ व्यक्तिहरुले गुगल सर्च प्रयोग गर्ने हुँदा, करोडौँ व्यक्तिहरु ले नेपाल बारे थाहा पाउने कुरालाई पनि नकार्न सकिन्न । लोगोमा ‘स्वयम्भु’ को दृश्य समावेश गरेबाट गुगल ले बुद्ध लुम्बिनी मा जन्...

Listen to Bulbul Episode-69 [December 22,2010]. शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulbul[at]unn.com.np or to: ghimireachyut[at]gmail.com Download: Episode-69 [December 22,2010]