Skip to main content

Posts

Showing posts with the label Terai

गोरु किनबेच हुने बजार भएका कारण, सायद बरहथवा नाम रहन गएको होला । पूर्व-पश्चिम राजमार्गबाट करिब १२ किलोमिटर दक्षिणमा अवस्थित बरहथवा बजार (हाल नगरपालिका) मा हप्ताको दुई दिन बजार लाग्छ। राजमार्गबाट जम्मा १२ किलोमिटर भएपनि, यो बाटो छिचोल्न गाडीमा लगभग ४५ मिनेट देखि १ घन्टासम्म लाग्छ। सम्भवत सर्लाही जिल्लामा सबैभन्दा धेरै कारोबार हुने ठाउँ बरहथवा हो, तर मैले थाहा पाएदेखि बरहथवाको रुप लगभग उस्तै छ । केही नयाँ घर बनेका छन्, गाविस नगरपालिकामा परिणत भएको छ, केही थान बोर्डहरुमा मधेस सरकार थपिएको छ तर बाँकी कुरामा खासै केही फेरबदल देखिएको छैन । सम्भवत: पहिलो पटक बस मैले यहीँ बरहथवामा नै देखेँ हुँला, चढेँ हुँला । बिहानै दूध बोक्ने टायरमा बसेर २ घन्टाको यात्रा पछि, बरहथवा पुगेर धेरै पटक बस चढिएको छ । बरहथवा वरिपरिको भू-भाग/वस्ती कृषीको लागि उर्वर मानिन्छ, अनाज बेच्ने देखि लिएर, दैनिक उपभोग्य वस्तु किन्ने/बेच्ने, गाइवस्तु किनबेच आदि सबैको लागि बरहथवा नै एकमात्र बजार हो। बरहथवा बजारमा दुईवटा चलचित्र हल पहिले देखि नै छन्, सायद पहिलो फिल्म पनि यहीँ हेरियो होला । पहिलो पटक फोन पनि यहीँ देखियो होला । प

हामीकहाँ दैनिक लोडसेडिङ हुन्छ, तर लोडसेडिङ हुँदै गर्दा पनि विद्युतिकरणको कार्य भने रोकिएको छैन रे, रोकिनुपनि हुँदैन । लोडसेडिङ भइरहेको छ, अहिले त बिजुलीको माग धान्न सक्या छैन, अन्यत्र विद्युतिकरण किन गर्नुपर्यो भन्ने तर्क नि हुँदो हो । तर मेरो विचारमा विद्युतिकरण सँगसँगै हुँदै जानुपर्छ, हाइड्रोपावरहरुको निर्माण छिटो छिटो हुँदै जानुपर्छ । बिजुलीको खम्बा उभ्याइसकेपछि, तार टाँगिसकेपछि, लोडसेडिङ नै हुने भएपनि घरमा बिजुली बल्न कति समय लाग्ला? १ महिना, १ वर्ष ? तर होइन बिजुलीको खम्बा गाडेको दशौँ वर्ष पछि पनि बिजुली नबल्न सक्छ । हो, नबल्न सक्छ? कारण, हाम्रो नेताहरुको राजनितीक दाउपेच । “विकास” भन्ने कुरा, राजनितिक दल र नेताहरुको राजनितिक अस्त्र । माथि फोटोमा बिजुलीका खम्बा र तारहरु देख्न सक्नुहुन्छ । तपाईहरु अनुमान गर्नसक्नुहुन्छ? यो खम्बा कहिले गाडियो? किन गाडियो? निश्चय नै बिजुलीको खम्बा बिजुलीका लागि नै हो । तर बिजुलीको खम्बा गाडिनु चुनावमा भोट माग्ने काइदा रहेछ भनेर, म बल्ल बुझ्दैछु । यो कुरा कुनै दुर्गम गाउँको होइन, यो कुरा धेरै टाढाको पनि होइन । हप्ता दिन पहिले, घरजाँदा आफ्नो जन्मस्थ

“मेरो सर्वस्वै भयो” भन्ने शिर्षक मा हिजो चैत १६ को कान्तिपुर दैनिक  को प्रमुख पृष्ठ मा उनको समाचार छापिएको थियो । पेशा ले कृषक तर आफ्नो जमिन को नाउँ मा उनको जम्मा ६ कठ्ठा रहेछ । हाइब्रिड जात को मकै लाउँदा प्रशस्त आम्दानी हुने देखेर, उनले अरु को जग्गा समेत ठेक्का मा लिएछन्, अनि रिनपान गरेरै बिउबिजन, मलखाद हालेछन् ।  जग्गा सबै हरियो देखियो, लहलहाउँदो मकै को बोट ले, सबै मकै का बोट मा ठूला ठूला मकै का घोगा लागे । तर अफसोच, कुनै पनि घोगा मा दाना लागेन । धेरै सपना साँचेर, खेति गरेका उनी मकै नफलेपछि मर्नु न बाँच्नुको अवस्था मा रहेकाछन् । उनी अर्थात शंकरपुर-९, सर्लाही  का मकैपीडित किसान हिरा कोइराला । मकै को घोगा मा दाना नलागेपछि, छट्पटिएका उनले भने “मनले हरेस खाएपछि क्षतिपूर्तिको आन्दोलनमा आफ्नो पीडा पोख्न निस्केको हुँ । केही नभएको बुंगोले जे गरे पनि भयो । साह्रै विचलित र निरीह महसुस गरेको छु । सरकारले पनि किसानलाई त्यति ध्यान दिँदैन । मकैमा दाना लागेन मात्र भन्ठान्या छ । तर मेरो सर्वस्वै हुने अवस्था छ । मैले र छरछिमेकले जसरी अरूले यो पीडा कसरी बुझून्”! सरकारले के, कति र कुन हिसाबले र

काठमाडौँ उपत्यका मा, बाग्मती जति नै फोहोर देखिन्छ, त्यही बाग्मती तराई झरेपछि उति नै स्वच्छ र निलो देखिन्छ । काठमाडौँ देखि दक्षिण बग्दै जाँदा, बाग्मती मा मिसिएका फोहोरहरु, सायद बाटै मा पच्छन् होला र त, तराई मा पुग्दा निकै सङ्लो र निलो देखिन्छ । धेरै जना ले सोध्ने प्रश्न, ‘यो त्यही काठमाडौँ मा देखिने बाग्मती हो त?’ रौतहट र सर्लाही जिल्ला को सिमा मात्र नभइ, नारायणी र जनकपुर अञ्चल को सिमा पनि बाग्मती नै हो । पूर्व पश्चिम राजमार्ग, माथि रहेको बाग्मती पुल !   बाग्मती सिचाइँ आयोजना यहीँ नै रहेको छ, पर देखिएको बाग्मती ब्यारेज हो । त्यहीँ बाट सर्लाही तथा रौतहट का भागहरु मा सिँचाइ को लागि, नहर को निर्माण गरिएको छ । बाग्मती बाट निकालिएका नहर, जहाँ को पानी सिँचाइ को लागि प्रयोग गरिन्छ। बाग्मती प्रदुषित भयो भनेर कराएको धेरै वर्ष भइसकेको छ, तर काम गरिएको छैन, ढल, मल सबै त्यही बाग्मती मा मिसाएका छन्, काठमाडौँवासी ले । बाग्मती नदी, काठमाडौँ मै सफा भइदिने हो भने, बाग्मती को सुन्दरता अझै बढ्ने थियो अनि बाग्मती सभ्यता बाँचिरहने थियो ।

यहाँ म बम को कुरा गर्दैछैन, तर बम विस्फोटनले पारेको असर फोटो मार्फत देखाउँदैछु । हुन त फोटो को लागि भनेर छुट्टै ब्लग बनाएको छु, अनि कम्प्युटर टेक्नोलोजी को लागि अर्को बनाएको छु । तर अहिले एउटै ब्लगमा पनि समय दिन गाह्रो बैरहेको छ, अत: सबै ब्लग अपडेट गर्नु भनेको काम गाह्रै हुँदोरहेछ । हुन त म समय यही ब्लगलाई दिने गर्छु, अनि खासमा भन्ने हो भने, अरु ब्लगलाई प्रमोट पनि गरेको छैन तर पनि नतिजा सन्तोषजनक नै छ । यहाँ म दिनहुँजसो झुल्कन्छु भने अरु ब्लगमा महिनौँ पनि रेगुलर नहुन सक्छु, यसका आफ्नै कथाहरु छन् । खैर, आज को पोष्ट को प्रसंगमा जाउँ होला । यहाँ फोटोहरु राखिएको छ, करिब महिना दिन अघि रौतहटको चन्द्रनिगाहपुर मा बम पड्किएको स्थल को । बाँकि कुरा त यही फोटो अनि क्याप्सन ले भन्नेछ । एक महिना अघि दुई जना बालबालिका को मृत्‍यु हुने गरी चपुर चोक मा भएको बिस्फोटको कारणले सुकेको रुख । मध्यमाञ्चल महोत्सब को प्रचार को लागि राखिएको ब्यानर। गौरमा भएको उक्त महोत्सबमा भएको बिस्फोट ले गर्दा पुरै महोत्सब नै असफल भएको थियो। सबै फोटोहरु दाजु "मेलोडियस मिलन" ले अस्ति रौतहट जाँदा खिच्नुभएको हो । आजै केह

Namaskar. First of all I want to thank you for sending me your write-up. Its just excellent in logic and the reality in some instances. I'm also thankful for you as I got a new friend. Let us be good friends. We nepali should be united to make our motherland prosperous. In 1998 August, i have been in Vienna for 10 days. So a little bit i know your city. Our country is going through very tough time in her history, so all this tormoil is like"labour pain" before a child borns. But we should be very careful about commual harmony. Personally I have many Madhesi friends and i never felt and feel anything agaist them. But there are some, with thier own plans and intensions, who can do harm to our country knowingly or accidently. My all writings and efforts are directed against them. So as the agenda of "single madhes" also. Please think: if i believe that the whole Terai is full of Madhesi(hypothesis) with no Pahade, no Tharu and others, even then what is the logic of