Skip to main content

Posts

Showing posts with the label Maoist

After 6 days strikes, Maoist called off strike, and  very next day people and vehicles were seen on streets. People seems to be very busy with their regular work. As usual Footpath was covered by shops. Less no. of vehicles.   Shops in overhead bridge. Difficult to cross from overhead bridge too, everyone was shouting, only 100rs, only 10 rs…blah blah… No-one bought those books (specially called as ‘sex’ story and novels), But interestingly everyone was busy in reading them. But if someone ask them about sex, then they will become aggressive, as if it is they heard for the first time, and they don’t know anything. Certainly, they say don’t talk about dirty things. :P      Footpath Business.

सत्ता प्राप्ति को लागि, जनआन्दोलन भन्दै ६ दिन सम्म गरिएको बन्द अनन्त माओवादी ले फिर्ता लिएको छ । केही दिन शान्तिपुर्ण रहेको आन्दोलन मा, जब जनता को विरोध मिसिन थाल्यो, तब धमिलो पानी मा माछा मार्ने खेल भयो । तनाव बढ्यो, हिँसा भड्कियो । मुख्य कुरा, बन्द कसैलाई पनि मन परेन, माओवादी शैली कसैलाई पचेन । हिजो अस्ति नैकाप, सतुंगल, नैकाप, बुढानिलकण्ठ, कपन, भक्तपुर लगायत का क्षेत्र मा झडप भएको थियो, बन्द को प्रतिकार गर्ने क्रम मा, किनकी जनता आजित भइसकेकाथिए, बन्द र हड्ताल बाट ! आज शान्ति र्याली थियो, वसन्तपुर मा तर माओवादीले सहभागिहरुलाई बाटो बाटो मै छेक्ने र कुट्ने काम गरे ! चाबहिल, कुपन्डोल आदि ठाउँमा माओवादी ले शान्ति र्याली मा सहभागि हुन जानेहरु लाई रोके । त्यसका बाबजुद, वसन्तपुर मा सभा भयो, अनि जनसागर स्वतस्फुर्त रुपमा र्याली मा परिणत भयो।तर र्याली भृकुटिमण्डप मा पुग्दा, तनाव को स्थिति देखियो । धेरैको मुख बाट सुनियो, प्रहरी सक्रियता नभएको भए, आज ठूलै क्षति हुने थियो । यति मात्र हैन, यही आज कै कारण भोलि, पर्सि झनै मुठभेड चर्कने स्थिति थियो । तर आज बसेको माओवादी को बैठक ले बन्द फिर्ता लिने...

देश ठप्प छ, माओवादी को कुबेला को आमहड्ताल को आन्दोलन बाट ! भन्नलाई त तेस्रो जनआन्दोलन भन्याछन्, नाम दिँदैमा आन्दोलन हुन्छ र ? यस्तै पारा ले हो भने त, बाचुँञ्जेल ३०-४० वटा आन्दोलन देखिन्छ होला ! नाम जनता को, काम चाँहि आफ्नो कुर्सी को लागि ! क्या गज्जप छ भने ! फेसबुक मा नि, खुब चल्या छ जुहारी आन्दोलन को ! स्टाटस मा आन्दोलन को बारेमा नलेख्ने नेपाली नै पो छैनन् है । एउटा गज्जप को स्टाटस नि भेट्या थिँए, यस्तो छ है: हामी हाम्रो माग पुरा नभए सम्म एही सडकमा बस्छौ, एही खान्छौ र एही सुत्छौ भन्दै माओवादी उपाध्यक्ष बाबुराम भट्ट्राई भाषण गर्दै थिए l भाषण पछि उनी प्राडो चडी होटेल रेडिसन पुगे, उतै लन्च गरे, र सुत्न आफ्नै निवास पुगे विचरा कार्यकर्ता चर्को घाममा सडकमै बसे, दाल मोठ चिउरा खाए,अनि सुत्न आकाश छत भएको घर तिर लागेl अझै कति सोझा र अबुझ छ्न नेपाली जनता !   लौ हेर त, काम्रेड ले  सारा नेपाली जनतालाई त झूक्याए, झुक्याए आफ्ना कार्यकर्तालाई नि झुक्याएछन् । ह्या, कति यही आन्दोलन को कुरा गर्नु ! ठिकै छ उसोभए ऐंसेलु को कुरा गरौँ है त ! बन्द ले गर्दा क्लास ठप्प, सारो अल्छि भइएको छ । बि...