Skip to main content

Posts

Showing posts with the label Infographics

आज बाग्मती नदी सफाइ थालिएको एक सय हप्ता, नेपाल टेलिकमले हिजै एसएमएस गरेर आज मानव हाते साङ्लो बनाइने सूचना दिँदै, अभियानमा सामेल हुन आह्वान गरेको थियो । त्यसै अनुसार आज शनिबार,  बाग्मती सफाइ अभियान थालिएको सय हप्ता पुगेको अवसरमा सुन्दरीजल देखि चोभारसम्मको २८ किलोमिटर लामो मानव हाते साङलो बनाइएको थियो। बाग्मती सफाइ अभियानको एक सय हप्ता र हाते साङ्लो बनाइने खबरले, बिहान देखि नै ट्विटरमा बाग्मती सफाइ अभियानको सन्दर्भमा पक्ष र विपक्षमा ट्विटहरु देखिए। ट्विटर सेन्टिमेन्ट एनालिटिक्स इन्जिन, ओपिनिओ का अनुसार आज बाग्मतीको सन्दर्भमा लगभग ७ हजारवटा ट्विट गरिएको थियो, त्यसमध्ये करिब ६ हजार ट्विट नेपाली भाषामा गरिएको थियो भने बाँकी १ हजार ट्विट अंग्रेजी भाषामा गरिएको थियो । Here is the Sentiment Analysis of tweets related to Bagmati by @TheOpinio . @rSwechha tweet made the most impression pic.twitter.com/EmmWJMHH8X — Chandan Goopta (@chandangoopta) April 11, 2015 बिहान ६ बजे देखि बेलुका ६ बजेसम्म गरिएका ७ हजार ट्विटहरु मध्ये, करिब ६८ प्रतिशतले बाग्मती अभियान सफाइ अभियानलाई समर्थन गरे

केही महिना अघि देखि नेपालीमा लेखिएका ह्यासट्याग पनि ट्विटरमा देखिन थालेकोछ । पहिले नम्बर/पाउन्ड सिम्बोल भनेर चिनिने # लाई ट्विटरमा प्रयोग गर्न थालेसँगै ह्यासट्याग भन्ने गरियो । ट्विटरमा एउटै विषयमा कुरा गर्दा # सिम्बोल सँगै उक्त विषय/शब्द लेखौँ भनेर गरिएको ट्विटबाट ट्विटर ह्यासट्यागको थालनी भएको थियो । how do you feel about using # (pound) for groups. As in #barcamp [ msg ]? — Chris Messina ☠ (@chrismessina) August 23, 2007 ओपन सोर्स एडभोकेट्, क्रिस मेसिना (Chris Messina) ले सन् २००७ को अगस्टमा ट्विटर ह्यासट्यागको सुरुवात गरेकाथिए । न्युयोर्क टाइम्सका अनुसार क्रिसलाई ' ह्यासट्यागको गडफादर ' (hash godfather) भन्ने गरिन्छ । ट्विटरमा ह्यासट्यागको सुरुवात सन् २००७ मा भएपनि, यसको व्यापक प्रयोग हुन भने केही समय लागेको थियो। ट्विटरको ह्यासट्यागको शैलीलाई इन्स्टाग्राम, गुगलप्लस, फेसबुक आदिले पनि अनुसरण गरिसकेकाछन् । ट्विटरमा चलाइने 'क्याम्पेन', 'ट्विट च्याट' आदिमा ह्यासट्यागको विशेष महत्व रहन्छ । जनमत बुझ्नका लागि पनि ह्यासट्याग महत्वपूर्ण माध्यम  हो । अघिल

सोसल मिडिया , विशेषत ट्विटर र फेसबुक एकहप्ता यता प्रा.डा. गोविन्द केसीमय भएको छ । फेसबुक र ट्विटरमा देखिने पोष्टमा सरकार प्रति आक्रोश र डा. केसी र उनको अनसन प्रति सहानुभुती देखिन्छ । एकहिसाबले भन्दा सोसल मिडिया एकपक्षिय नै देखिन्छ, डा. केसीको समर्थनमा दिनहुँ सयौँ ट्विटहरु बर्सिरहेकाछन् । टप्सीबाट लिइएको तथ्यांक अनुसार पछिल्लो एघार दिनमा ट्विटर मा, "आइ एम विद डा. केसी" ( #IamwithDrKC ) भनेर दश हजार भन्दा धेरै ट्विट भएको देखिन्छ, यसबाहेक हामीले ट्रयाक नगरेका र ह्यासट्याग प्रयोग नगरी पनि हजारौँ ट्विटहरु गरिएकाछन् । कतिले आफ्नो नाम र फोटोमा समेत "आइ एम विद डा. केसी" नै राखिएको भेटिएकोछ । ट्विट गरेर, फेसबुकमा पोष्ट गरेर समर्थन हुन्छ? डा. केसी अनसन बसेकाछन्, अरु ट्विटरमा कराएर बसेकाछन् भन्नेहरु पनि देखिए, समर्थन गर्ने भए 'टिचिङ' नै जाउ यता नलेख/हल्ला नगर भन्ने पनि भेटिए । जानेहरुले फोटो सहित ट्विट गरे, आफ्नो एक्यबद्धता जनाए, अनसनस्थल नपुग्नेहरुले ट्विटरबाटै समर्थन गरेर डा. केसीको अनसनमा एक्यबद्धता जनाए। अनसनकै निहुँमा ट्विटरमा चर्काचर्का कुरा पनि देखिए,

पृथ्वी जयन्ती तथा एकता दिवसको शुभकामना। नयाँ नेपालको निहुँमा केही वर्ष यता, पृथ्वीनारायण शाह र उनको योगदानलाई अवमुल्यन गरिए झैँ लाग्दैछ, पृथ्वी जयन्ती तथा एकता दिवस मान्न छोडिएकोछ । कसैले मानुन् वा नमानुन् तर २० वर्षको उमेरमा गोरखाका राजा बनेर, नेपाल एकिकरणको अभियान चलाएर, विशाल नेपालको निर्माण गर्ने श्रेय उनैलाई जान्छ । वि. सं १७७९ पौष २७ मा गोरखामा जन्मिएका पृथ्वीनारायण शाहले नुवाकोट आक्रमण गरेर गोरखा राज्य विस्तार गर्ने कार्यको सुरुवात गरेकाथिए । त्यही राज्य विस्तारको अभियानबाट विशाल 'नेपाल'को निर्माण भएको हो, त्यसैले त आज सगर्व 'नेपाल' र 'नेपाली' भन्न पाइएकोछ । उनले आफ्नो शासनकालमै १८२५ मा काठमाडौँ र ललितपुर अनि १८२६ मा भक्तपुरमाथि बिजय प्राप्त गरेकाथिए ।  त्यसअघि काठमाडौँका राजा जयप्रकाश मल्लको आग्रहमा, अंग्रेजी सेनाका कप्तान किन्लाकको नेतृत्वमा आएको टोलीलाई गोरखाली फौजले परास्त गरेर सिन्धुलीगढीबाट नै फर्काइदिएका थियो । हामीले पृथ्वीनारायण शाहलाई बिर्सदैँ गएको अवस्थामा, पृथ्वी जयन्तीको अवसर पारेर  ग्राफ नेपालले आफ्नो नयाँ इन्फोग्राफिक  (तलको फोटो)

स्मार्टफोन र इन्टरनेट सेवा विस्तार सँगै नेपालमा फेसबुक प्रयोगकर्ताहरुको सङ्ख्या बढ्दै गएकोछ । ३ वर्ष अघि २०११ मा करिब ९ लाख फेसबुक प्रयोगकर्ता हरु थिए भने अहिले नेपालमा ४० लाख फेसबुक प्रयोगकर्ताहरु छन् । फेसबुक एडबाट लिइएको तथ्यांक अनुसार ४० लाख मध्ये अधिकांश प्रयोगकर्ताहरु पुरुषछन्, पुरुषको दाँजोमा महिलाको संङ्ख्या न्युन छ । नेपालमा करिब २८ लाख फेसबुक प्रयोगकर्ता पुरुष छन् भने करिब १३ लाख महिला प्रयोगकर्ताहरु छन् । Facebook Users in Nepal [INFOGRAPHIC] नेपालबाट अहिलेसम्म करिब ३० लाख प्रयोगकर्ताहरुले मोबाइलबाट फेसबुक चलाएकाछन्, जसमा एन्ड्रोइड स्मार्टफोन अग्रपंक्तीमा छ । १८ लाख प्रयोगकर्ताहरुले एन्ड्रोइड फोन तथा ट्याबलेटबाट फेसबुक चलाएको देखिन्छ ।त्यस्तै १३ लाख प्रयोगकर्ताहरुले अझै पनि 'फिचर फोन'बाट फेसबुक चलाउँछन् । एन्ड्रोइडको दाँजोमा आइफोन र विन्डोज फोन प्रयोगकर्ताको सङ्ख्या अत्यन्त न्युन छ । करिब २ लाखले आइफोन - आइप्याड आदिबाट फेसबुक चलाउँछन् भने करिब ३२ हजारले विन्डोज फोनबाट फेसबुक चलाएकाछन् । There are 4 Million Facebook users in #Nepal --> http://t.co/lmW2QlS

पछिल्लो केही दिन यता भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको चर्चा सोसल मिडियमा चलिरहेकोछ । १७ वर्षपछि पहिलोपटक भारतीय प्रधानमन्त्रीले नेपाल भ्रमण गरेकाहुन् । मोदीको ट्विट देखि नेपालको सदनमा दिएको भाषणसम्म हाम्रो लागि चर्चाको विषय बन्यो । मोदीको भ्रमणका कारण कोशीको बाढी पनि सोसल मिडियामा अोझेल परेकोथियो । Nepal trending worldwide with 36K+ Tweets. Maybe Modi's effect! pic.twitter.com/c3tGhUjCNZ — Aakar Anil (@aakarpost) August 3, 2014 मोदीभ्रमणका कारण ट्विटरमा 'नेपाल' वल्डवाइड ट्रेन्डिङ भयो ।सोसल मिडिया एनालिटिक्स  सिम्प्लिफाई ३६० का अनुसार 'मोदीइन नेपाल' भारतमा अघिल्लो दिन ४ घन्टा र पछिल्लो दिन ६ घन्टा ट्रेन्डिङ भएको थियो । सोसल मिडियामा मोदीको नेपाल भ्रमण बारे भएको चर्चाका कारण नेपालले नयाँ उचाइ पाएकोछ, सोमेश वर्मा (@SomeshVerma) ले अंग्रेजी दैनिक रिपब्लिका मा लेख्नुभएकोछ । रिपब्लिका'का अनुसार मोदीको नेपाल भ्रमण सम्बन्धि करिब १० लाखवटा (४ दिनमा) ट्विटहरु  प्रकाशित भएकोथियो । That's why #Nepal is trending on Twitter. Around 40K Tweets o

फेसबुकको तथ्यांक अनुसार नेपालमा ३० लाख मानिसहरुले फेसबुक चलाउँछन् । जसमा २० लाख पुरुष र १० लाख महिला प्रयोगकर्ताहरु छन् । फेसबुक नेपालमा सबैभन्दा धेरै हेरिने साइटमा पनि पर्छ, फेसबुक पछि गुगल दोस्रो नम्बरमा आउँछ । त्यसो त गुगल प्लेस्टोरबाट सबैभन्दा बढि डाउनलोड हुने एन्ड्रोइड एप्स पनि फेसबुक नै हो । फेसबुकएड तथ्यांक अनुसार करिब ७ लाख ४० हजार व्यक्तिहरुले एन्ड्रोइड डिभाइस (फोन/ट्याब) मार्फत नेपालमा फेसबुक चलाउँछन् । लाइन, विच्याट, ह्वाट्सएप आदि एप्सहरुले बाहिर तिर तहल्का पिटिरहेको भएपनि नेपालमा भने भाइबर र स्काइप नै सबैभन्दा बढि प्रयोग गरिने च्याट एप्स रहेकोछ । भाइबर र स्काइप क्रमश दोश्रो र तेस्रो स्थानमा छन् । हप्तादिन अघि सुरु भएको 'क्यास अन एड' एप्स पनि नेपाली एन्ड्रोइड फोन प्रयोगकर्ताहरु बिच, छोटो समय मै 'पपुलर' भएकोछ । विस्तृत जानकारीको लागि तलको इन्फोग्राफिक हेर्नुहोला ! यी तथ्यांकहरु गुगल प्लेस्टोर तथा फेसबुक एडबाट लिइएका हुन् । Top 10 Free Android Apps in Nepal: Facebook Viber Skype Opera Mini MX Player CashOnAd Nepal Load Shedding

सन् २००८ तिर म नोकिया ६३०० फोन बोक्नेगर्थेँ । त्यसबेला मलाई नोकिया जत्तिको फोन अरु कुनै छैन र नोकियाको बजारलाई कसैले हल्लाउन सक्दैन जस्तो लाग्थ्यो । तर करिब ३-४ वर्षको अन्तरालमै पासा पल्टियो । माइक्रोसफ्ट कर्पोरेसनले आज नोकियाका सम्पूर्ण 'डिभाइस', 'प्याटेन्ट लाइसेन्स' तथा 'नोकिया म्यापिङ सर्भिस' ७.२ बिलियन डलरमा किनेको घोषणा गरेकोछ । घोषणा सँगै नोकियाको 'नाम'मा अब नयाँ स्मार्टफोन नबन्ने भएकोछ । सहमति अनुसार "आशा" र "लुमिया" फोनको ट्रेडमार्क माइक्रोसफ्टमा निहित रहनेछ, भने "नोकिया" फिनिस कम्पनीकै "ब्रान्ड"को रुपमा रहनेछ, र नोकियाले आफ्नो फिचर फोन मात्र 'नोकिया' ब्रान्डको रुपमा निकाल्न पाउनेछ। टेक्नोलोजी साइट द भर्जका अनुसार , भविष्यमा बन्ने सबै विन्डोज फोनहरुलाई, माइक्रोसफ्ट ब्रान्डिङ गरिनेछ ।यसको अर्थ भनेको भविष्यमा हामीले 'नोकिया' ब्रान्डेड कुनै पनि स्मार्टफोन चलाउन पाउनेछैनौँ । Microsoft buys Nokia for $7.2 billion. Crazy stat: In 2007 Nokia's market share was 48.7%. By 2012 it had sli

भूकम्प आउँदा गर्नुपर्ने सबैभन्दा महत्वपूर्ण काम भनेको आफ्नो ज्यान बचाउनु हो । भूकम्प आउँदा डेस्क, टेलबमुनि लुक्नुपर्छ, ढोका तल उभ्भिनुपर्छ आदि सुन्दै, पढ्दै र देख्दै आइरहेकाछौँ । संसार भरि नै भूकम्प आउँदा यस्तै गर्नुपर्छ भनेर सिकाइन्छ, पढाइन्छ । रेडक्रस लगायत विश्व समूदाय ले यसैलाई ज्यान बचाउने प्रमाणित सिद्धान्त मान्दै आइरहेकाछन् । आज एउटा नेपाली ब्लगमा, ‘यो तरिका त ज्यानमारा हो, ट्रयाङ्गल अफ लाइफ’ मात्र ठिक हो भने जसरी ब्लग लेखिएको रहेछ ।  ‘डाउग कप’ को  ‘विवादास्पद सिद्धान्त’ लाई आधिकारिक मान्दै, डेस्क, टेबल को तल भन्दा छेउ मा बस्नुपर्ने सुझाइएको छ । अझ भूकम्प आउँदा खाटमुनि हैन, खाटछेउ मा बस्नु भनेर सुझाइएको रहेछ । जति जति पढ्यो, उति उति उल्टो लाग्दैगयो, त्यहाँ लेखिएका कुराहरु । अपवादहरु जहिँ तहिँ हुन्छन् तर एक-दुइवटा ठाउँको उदाहरण दिँदै यही नै ठिक हो भनेर किटान गर्न सकिँदैन । भूकम्प आएको समयमा यस्तै गर्नुपर्छ, यस्तै हुनुपर्छ र यस्तै हो भनेर भन्न कठिन छ । यो ब्लगमा भूकम्प आउँदा यसै गर्नुस् भनेर सुझाव दिन त सक्दिन, तर ‘ट्रयाङ्गल अफ लाइफ’ सिद्दान्त भन्दै यसैको पछि नकुद्न आग्रह गर्छ

केही महिना अघिको तथ्यांक अनुसार कुल जनसंङ्ख्याको  २ दशमलव २ प्रतिशत (2.2%) नेपालीले ईन्टरनेट चलाउँछन् र ती २.२% भित्रका करिब ८ लाख ५० हजारले  फेसबुक चलाउँछन् । ८ लाख ५० हजार प्रयोगकर्ताहरु मध्ये करिब ५ लाख ९० हजार पुरुष प्रयोगकर्ताहरु छन् भने २ लाख ६० हजार महिला प्रयोगकर्ताहरु छन् । हामीलाई उपलब्ध भएको इन्फोग्राफ अनुसार नेपाल मा फेसबुक चलाउने ५८ प्रतिशत ‘सिङ्गल’ छन् जसमा ४१ प्रतिशत पुरुषहरु महिलासित सम्बन्ध बनाउन चाहन्छन् भने करिब ४ प्रतिशत महिलाहरुले मात्र पुरुषहरुसित सम्बन्ध बनाउन चाहेका छन् । करिब १७ प्रतिशत ‘रिलेशनसिप’ मा रहेकाछन् भने २६ प्रतिशत फेसबुक प्रयोगकर्ताहरु विवाहित छन् । समग्रमा हेर्दा पुरुषहरु, महिला प्रति  आकर्षित भएको पाइएपनि, उमेर अनुसार महिलाहरुमा ‘विपरित’ लिङ्गी प्रति आकर्षण र विकर्षण रहेको पाइएको छ । १३ देखि १७ वर्ष सम्महरुको उमेर समूह हेर्दा, १३-१७ वर्ष सम्म का महिला (केटी)हरु पुरुषप्रति बढि आकर्षित भएको पाइएको छ । तथ्याङ्क अनुसार १७ वर्ष का उमेर का केटीहरुमध्ये करिब  ११ प्रतिशत प्रयोगकर्ताहरु पुरुष (केटा) प्रति आकर्षित भएको पाइएको छ । तर महिलाहरु को तुलनाम