Buzzom ले केही हप्ता पहिले गुगल क्रोम को लागि ‘Buzz Button’ नामक एक्सटेन्सन सार्वजनिक गरेको छ । साथै, फायरफक्स ब्राउजर का लागि केही महिना पहिले नै ‘Buzz Button’ नामक एडवान सार्वजनिक गरेको थियो । के हो Buzz Button ? Buzz Button एउटा यस्तो एक्सटेन्सन / एडवान हो, जुन Google Chrome र Mozilla Firefox मा राख्न सकिन्छ । जसका माध्यमबाट कुनै पनि साइटका लिंकहरुलाई एकै क्लिक मा विभिन्न सोसल नेटवर्क साइटहरु मा ‘सेयर’ गर्न सकिन्छ । अहिले त, इन्टरनेट मा सोसल नेटवर्क साइटहरु नै हावी भइरहेको छ । माइक्रो ब्लगिङ साइट टुइटर देखि फेसबुक र स्टम्बल अपअन, डिग लगायत विभिन्न सोसल नेटवर्किङ साइटहरु को प्रयोग दिनानुदिन बढ्दै गइरहेको छ । तपाई कुनै साइट को कुनै पेज भिजिट गर्दै हुनुहुन्छ । तपाईलाई त्यो पेज अरु सँग ‘सेयर’ गरुँ गरुँ झैँ लाग्छ । तर तपाईलाई ‘लिंक सेयर’ गर्न कै लागि हरेक पटक, फेसबुक, ट्विटर, स्टम्बल अपअन, डिग, माइस्पेस, याहु बज, गुगल बज, डिलिसियिस आदि मा गइरहन झन्झट लाग्छ । यही झन्झट बाट Buzz Button ले मुक्ति दिलाउँछ । तपाई जुनसुकै पेज हेर्नुस्, यदि तपाईलाई ‘लिंक’ सेयर गर्नु पर्यो भने, Buzz B...