Skip to main content

विकी लभ्स अर्थ २०१७ नेपाल प्रतियोगिता - फोटो खिच्नुस्, पुरस्कार जित्नुस्

विकी लभ्स अर्थ २०१७ विश्वव्यापी फोटो प्रतियोगिता विकी लभ्स अर्थको चौथो संस्करण हो । १ मे, २०१७ देखि ३१ मे, २०१७ सम्म आयोजना गरिने यस प्रतियोगितामा सहभागीहरूले आफ्नो वरपर रहेका प्राकृतिक सम्पदाहरूको फोटो खिचेर विकिमिडिया कमन्समा अपलोड गर्न सक्छन् ।


विकिपिडियाद्वारा पहिलो पटक सन् २०१३ मा आयोजित यस प्रतियोगितालाई विकिमिडिया अध्यायको दोस्रो रोचक प्रतियोगिताको रूपमा सुचिकृत गरिएको थियो । सन् २०१३ मा यो प्रतियोगिता विकिमिडिया युक्रेनले एक्लै पहिलो पटक आयोजना गरेको थियो । सन् २०१४ र २०१५ मा युक्रेन, नेपाल, ब्राजिल, जर्मनी लगायत १५ भन्दा बढी राष्ट्रहरूले सहभागिता जनाएका थिए । नेपालको तर्फबाट मात्रै सन् २०१४, २०१५ र २०१६ गरी करिब ८,३०० भन्दा बढी चित्रहरू यस प्रतियोगितामा अपलोड भएका छन् ।

उत्कृष्ट ३ फोटो सहित उत्कृष्ट योगदान दिनेलाई नगद पुरस्कार दिइने छ ।
प्रथम पुरस्कार: रु १५,०००
दोस्रो पुरस्कार: रु १०,०००
तेस्रो पुरस्कार: रु ५,०००
उत्कृष्ट योगदानकर्ता (फोटो अपलोडको आधारमा): रु ५,०००
साथै, शीर्ष १० योगदानकर्ताहरू (फोटो अपलोडको आधारमा) लाई एक-एक विकी लभ्स अर्थ टि-सर्ट दिइने छ भने प्रतियोगितामा भाग लिने सम्पूर्ण प्रतियोगीहरूलाई प्रमाण पत्र प्रदान गरिनेछ ।

कसरी सहभागी हुने ?
१) विकिमिडियाले उल्लेख गरेको कुनै पनि प्राकृतिक सम्पदाको फोटो खिच्नुहोस् (तल उल्लेख गरिएकोछ)
२) विकिमिडिया कमन्सममा साइन इन गर्नुहोस् या खाता खोल्नुहोस्
३) फोटो अपलोड गर्नु पूर्व यो फर्म भर्नुहोस्
४) फोटोको नाम दिनुहोस्
५) अपलोड बटन क्लिक गरेर धेरै भन्दा धेरै फोटो अपलोड गर्नुहोस्
६) आफूले अपलोड गरेको फोटो सोसलमिडियमा #WLENepal #WLE2017 ह्यासट्याग सहित सेयर गर्नुहोस्

प्रतियोगिताको नतिजा १० जुन, २०१७ मा सार्वजनिक गरिनेछ ।

शर्तहरु:
१) अपलोड गर्नलाग्नु भएको फोटो तपाई स्वयंको हुनुपर्नेछ
२) मे महिनामा अपलोड गरिएका चित्रहरूलाई मात्र गणना गरिनेछ
३) सम्पूर्ण फोटोको प्रतिलिपि अधिकार सिसि बाय-एसए ४.० राख्नुपर्नेछ
४) आयोजक समितिद्वारा प्रतियोगीलाई सम्पर्क गर्नुपर्ने हुँदा प्रतियोगीहरूको सक्रिय इमेल खाता हुनुपर्नेछ

के - के, को फोटो अपलोड गर्न् सकिन्छ?
विकि लभ्स २०१७ नेपाल अन्तर्गत राष्ट्रिय निकुञ्ज, ताल तलैया, संरक्षण क्षेत्रहरु, हिमालहरु, वन्यजन्तु आरक्ष तथा झरनाहरुको फोटो अपलोड गर्न सकिन्छ ।

राष्ट्रिय निकुञ्जहरू
चितवन राष्ट्रिय निकुञ्ज
बर्दिया राष्ट्रिय निकुञ्ज
बाँके राष्ट्रिय निकुञ्ज
खप्तड राष्ट्रिय निकुञ्ज
लाङटाङ राष्ट्रिय निकुञ्ज
मकालु बरुण राष्ट्रिय निकुञ्ज
रारा राष्ट्रिय निकुञ्ज
सगरमाथा राष्ट्रिय निकुञ्ज
शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्ज
शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज

ताल तलैयाहरू
बेगनास ताल
गजेडी ताल
गोक्यो
गोराशप
गोसाइकुण्ड
गुफापोखरी
नागदह
फेवा ताल
फोक्सुन्डो ताल
रारा ताल
रुपा ताल
टौदह
तिलिजो ताल

संरक्षण क्षेत्रहरू
अन्नपूर्ण संरक्षण क्षेत्र
अपी नम्पा संरक्षण क्षेत्र
कृष्णसार संरक्षण क्षेत्र
गौरीशंकर संरक्षण क्षेत्र
कन्चनजंघा संरक्षण क्षेत्र

हिमालहरू
अन्नपूर्ण
चोयु
सगरमाथा
गौरीशंकर
कंचनजंघा
माछापुच्छ्रे
मकालु
मनास्लु

सिमसार क्षेत्र
बिस हजारी ताल
घोडाघोडी ताल
कोशी टप्पु बन्यजन्तु आरक्ष
गोक्यो ताल

वन्यजन्तु आरक्ष
ढोरपाटन शिकार आरक्ष
कोशी टप्पु वन्यजन्तु आरक्ष
पर्सा वन्यजन्तु आरक्ष
शुक्ला फाँटा वन्यजन्तु आरक्ष

झरनाहरु
डेभिज फल्स
ह्यत्रुङ्ग झरना
पाँच पोखरी
रुप्से झरना
फुगाड झरना
पचछहरी झरना
पचाल झरना
पोकाली झरना
पुरनधारा झरना
सुनछहरा
धागे झरना

अन्य
प्राकृतिक क्षेत्रहरु
गुफा
प्रमुख नदीहरु
सबै किसिमका जनावर, वनस्पति र फूलहरु
जलवायु

ब्लग तथा तस्विर साभार: विकिमिडिया

Comments

Popular posts from this blog

भारतमा साइट ब्लक गरिँदा, नेपालमा पनि साइट ब्लक [File Sharing Sites Blocked in Nepal]

भारतको सर्वोच्च अदालतको आदेश अनुसार भारतका इन्टरनेट प्रदायक संस्थाहरु (ISP) ले फाइल सेयरिङ साइटहरु, टोरेन्ट, भिडियो साइटहरु तथा अन्य उपयोगी साइटहरुलाई ब्लक गरेकाछन् । आइसोहन्ट (Isohunt), पाइरेट वे (thepiratebay), किकएसटोरेन्ट (kickasstorrent) लगायतका टोरेन्ट साइटहरु तथा भिमियो (Vimeo) र डेलिमोसन (DailyMotion) जस्ता भिडियो सेयरिङ साइटका साथै पेस्टविन (Pastebin), एक्समार्क्स (Xmarks) जस्ता साइटहरुले 'पाइरेसी'लाई बढावा दिएको भन्दै उक्त साइटहरुलाई 'ब्लक' गर्न भारतको सर्वोच्च अदालतले 'आइएसपी'हरुलाई आदेश दिएको थियो । आदेश लगत्तै रिलायन्स, एयरटेल लगायत भारतिय इन्टरनेट प्रदायक संस्थाहरुले उक्त साइटहरु भारतमा ब्लक गरेकाछन्, तर त्यसैको असर स्वरुप नेपालका पनि केही आइएसपीहरुका प्रयोगकर्ताहरुले उक्त सेन्सरसिप सहन गर्नु परेको छ । भारतीय इन्टरनेट प्रदायक संस्थाहरुले साइट ब्लक गर्दा, नेपालमा पनि ती साइटहरु ब्लक हुन पुगेकाछन् । पेस्टविन, पाइरेट वे जस्ता साइटहरु नेपालका अधिकांश आइएसपीहरुबाट नखुल्ने भएकोछ, त्यसको सट्टा "अदालतको आदेश अनुसार साइट ब्लक गरिएकोछ" (Access t...

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

ट्विटरव्दारा प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न आग्रह [पडकास्ट 📻 ]

आकार पोष्ट रेडियोको पहिलो अंकमा स्वागत छ । आजको यो अंकमा ट्विटरले केही दिन पहिले पासवर्ड परिवर्तन गर्न जारी गरेको सूचनाको बारेमा कुरा गर्दैछु । के कति कारणले, ट्विटरले पासवर्ड परिवर्तन गर्न सूचना जारी गर्‍यो, तथा प्रयोगकर्ताले के कति कारणले पासवर्ड तुरुन्त परिवर्तन गर्नुपर्छ भन्ने विषयमा यो अंक केन्द्रित छ । पडकास्टको यो पहिलो अंक परिक्षणको रुपमा मोबाइलमा रेकर्ड गरेर तयार पारिएको हो । कति सकिन्छ थाहा छैन, तर यस पडकास्टलाई साप्ताहिक रुपमा सञ्चालन गर्ने मेरो योजना छ, जहाँ सूचना प्रविधिका विभिन्न पाटोहरुको बारेमा कुरा गर्नेछु । हाललाई यो पडकास्ट एन्कर एफएम तथा स्टिचर एप मार्फत सुन्न सकिन्छ । ट्विटरमा प्रयोग भएको पासवर्ड अन्य साइटहरुमा (जस्तो: फेसबुक, गुगल, दराज, सस्तोडिल, ड्रपबक्स आदि) पनि प्रयोग गरिएकोछ भने, ती साइटहरुमा पनि पासवर्ड तुरुन्त परिवर्तन गर्नुभइ, इन्टरनेटमा सुरक्षित रहनुहोला। प्रो टिप: साइटहरुमा कहिले पनि एउटै पासवर्ड प्रयोग नगर्नुहोला। pic.twitter.com/PjWwQWc7C4 — Aakar Anil (@aakarpost) May 4, 2018

कुन च्याट एप्स चलाउने?

फेसबुकको मेसेन्जरमा स्टोरीज आएपछि वाक्क, दिक्क नै भइयो । त्यसको विकल्प खोज्ने क्रममा पहिले त फेसबुक र मेसेन्जर एप दुवै मोबाइलबाट हटाएर ब्राउजरमा चलाउन थालेँ । त्यसको केही दिनपछि फेसबुक लाइट र मेसेन्जर लाइट चलाउन पुगेँ । फेसबुक लाइटको 'एप एक्सपिरियन्स' खासै गतिलो लागेन र फेरि केही हप्ता पछि फेसबुक एपमा सरेँ तर फेसबुक मेसेन्जर चाँहि मेसेन्जर लाइट नै मनपर्‍यो । गज्जब, च्याट गर्न मात्र मिल्ने । त्यसो त मोबाइलमा करिब आधा दर्जन च्याट एप्स छन्, सबै एप सँधै चलाइँदैन । अर्को कुरा, च्याटको लागि प्रयोग नगरिने एप्‌मा पनि च्याट गर्ने फिचर छ या भनौँ "प्राइभेट मेसेज" गर्ने सुबिधा छ । उदाहरणको लागि इन्स्टाग्राम फोटो सेयर गर्ने एप हो, तर यहाँ साथीहरुलाई सिधै मेसेज पनि गर्न मिल्छ, दोहोरो च्याट गर्न मिल्छ । हिजोआज म पनि प्राय: ट्विटरको 'डाइरेक्ट मेसेज' धेरै प्रयोग गरिरहेको हुन्छु, साथीहरुसँग कुरा गर्न । एक समय यस्तो थियो, म गुगल टक या भनौँ जिमेल च्याट मात्रै प्रयोग गर्थेँ । कसैले केही म्यासेज मलाई पठाउनु छ भने, कि त ईमेल गर्थे वा गुगल टकमा कुरा गर्थे, हैन भने फोन र एसएम...

कुखुरी जालैमा [Photo Story]

एउटी रातो रातो रङ कि कुखुरी हस्याङफस्याङ गरि कुद्दै छे ! तर बिचरी कूखुरी जालो मा परिछे, पसल तिर चाउचाउ र चिजबल जस्ता कुराहरु झुन्ड्याएर राख्ने जालो त कुखुरी को घाँटि मा झुन्डिएछ । कुखुरी आफैँ देखि तर्सि तर्सि हिँडिरा’कि छे ! पर बाट कुद्दै आएर कुखुरी ले मेरो क्यामरा अघि पोज दिइ, तपाई ले नि देख्नुहुन्छ नि, त्यो कुखुरी को घाँटि मा कसरी जाली अड्किएको छ या भनौँ त्यो जालो मा कुखुरी कसरी अड्केकी छे ! सायद डर लागेर होला, त्यसले परै बाट आफू जालि मा अड्किएकी छु भनेर देखाइ । मैले उसको पोज अलि नमिलेको झैँ गरेपछि, कुखुरी रोड को छेउतिर लागि र टाउको यस्सो थोरै फर्काएर देखाइ, गज्जब को पोज भयो भनेझैँ गरि मैले फेरि फोटो खिचेँ । यसलाई नि मोडलिङ मा साह्रै ‘इन्ट्रेस्ट’ रहेछ । उसलाई डर कम भएछ क्यारे, मलाई हेरिरही, सायद यो जाली मेरो घाँटि बाट निकालिदेउ भनी, मैले त्यस्तै बुझेँ । मेरो प्रतिक्रिया के हुन्छ भनेर हेर्दै, उ एकछिन रोड को बिचमा आएर टक्क रोकिइ । मैले फेरि फोटो खिँचे । उसलाई मैले हानी गर्दैन भन्ने पक्का झैँ भएछ । तर पनि शंकाले हेर्दैछे, कतै म कुखुरीलाई खाइदिने त हैन, यो केटा ले । मैले उसको शंक...

मेरो बिहे [कथा]

“एम ए पढ्दै छे, स्कुलमा पढाउँछे, केटी राम्री छ, एकचोटि हेर” आमाले चिया सँग प्रस्ताव पस्कनु भयो । बिहे गर्ने त यस्तै केटी सँग हो, तर पनि यो मामलामा किन किन म निर्णय गर्न एकदम कमजोर भइरहेको थिँए। “खान्दानी छन् रे, आँगन पनि ठूलो छ" आमाको भनाईको आसय मैले प्रष्टरुपमा बुझेको थिँए । तर कुनै विवाद नगरी म चुप लागेर कुरा सुनिरहेँ । “एक्ली छोरी, काठमाण्डौंमा दाजु भाइ सँग बसेर पढेकी, शिल स्वाभाव राम्रो छ, घर गरिखान्छे हाम्रो” आमा थप्दै हुनुहुन्थो, मलाई चिया भन्दा ति कुरा र बयान मीठा लाग्दै थिए । एक किसिमले आमा मेरो कल्पनामा बुट्टाहरु भर्दै हुनुहुन्थ्यो । “मलाई त मन खायो, तँलाई भनेर फोटो मगाएकीछु, ला” आमाले २ वटा फोटो हातमा राखिदिनु भयो । आमाको अगाडि नियालेर हेर्न लाज भयो । केटी त राम्री नै हो । मैले झलक्क हेर्दा त्यही देखें । म रिमोट चलाइरहेको थिँए । गोरुले दाँइ गरे जसरी च्यानल घुमाउनु मेरो पुरानो बानी । भरे बुवा आएपछि कुरा गरौँला भनेर आमा गिलास उठाउँदै जानुभयो । आमा गएपछी ‘केटीलाई’ नियालें । मुहार त राम्रै हो । कपाल कस्तो हो, प्रष्ट सँग देखिएको थिएन । कुर्ता सलवार, बाहुला नभएकोल...

Subscribe to Aakar Post