आज बाग्मती नदी सफाइ थालिएको एक सय हप्ता, नेपाल टेलिकमले हिजै एसएमएस गरेर आज मानव हाते साङ्लो बनाइने सूचना दिँदै, अभियानमा सामेल हुन आह्वान गरेको थियो । त्यसै अनुसार आज शनिबार, बाग्मती सफाइ अभियान थालिएको सय हप्ता पुगेको अवसरमा सुन्दरीजल देखि चोभारसम्मको २८ किलोमिटर लामो मानव हाते साङलो बनाइएको थियो। बाग्मती सफाइ अभियानको एक सय हप्ता र हाते साङ्लो बनाइने खबरले, बिहान देखि नै ट्विटरमा बाग्मती सफाइ अभियानको सन्दर्भमा पक्ष र विपक्षमा ट्विटहरु देखिए। ट्विटर सेन्टिमेन्ट एनालिटिक्स इन्जिन, ओपिनिओ का अनुसार आज बाग्मतीको सन्दर्भमा लगभग ७ हजारवटा ट्विट गरिएको थियो, त्यसमध्ये करिब ६ हजार ट्विट नेपाली भाषामा गरिएको थियो भने बाँकी १ हजार ट्विट अंग्रेजी भाषामा गरिएको थियो । Here is the Sentiment Analysis of tweets related to Bagmati by @TheOpinio . @rSwechha tweet made the most impression pic.twitter.com/EmmWJMHH8X — Chandan Goopta (@chandangoopta) April 11, 2015 बिहान ६ बजे देखि बेलुका ६ बजेसम्म गरिएका ७ हजार ट्विटहरु मध्ये, करिब ६८ प्रतिशतले बाग्मती अभियान सफाइ अभियानलाई समर्थन...