पछिल्लो केही दिन यता भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको चर्चा सोसल मिडियमा चलिरहेकोछ । १७ वर्षपछि पहिलोपटक भारतीय प्रधानमन्त्रीले नेपाल भ्रमण गरेकाहुन् । मोदीको ट्विट देखि नेपालको सदनमा दिएको भाषणसम्म हाम्रो लागि चर्चाको विषय बन्यो । मोदीको भ्रमणका कारण कोशीको बाढी पनि सोसल मिडियामा अोझेल परेकोथियो । Nepal trending worldwide with 36K+ Tweets. Maybe Modi's effect! pic.twitter.com/c3tGhUjCNZ — Aakar Anil (@aakarpost) August 3, 2014 मोदीभ्रमणका कारण ट्विटरमा 'नेपाल' वल्डवाइड ट्रेन्डिङ भयो ।सोसल मिडिया एनालिटिक्स सिम्प्लिफाई ३६० का अनुसार 'मोदीइन नेपाल' भारतमा अघिल्लो दिन ४ घन्टा र पछिल्लो दिन ६ घन्टा ट्रेन्डिङ भएको थियो । सोसल मिडियामा मोदीको नेपाल भ्रमण बारे भएको चर्चाका कारण नेपालले नयाँ उचाइ पाएकोछ, सोमेश वर्मा (@SomeshVerma) ले अंग्रेजी दैनिक रिपब्लिका मा लेख्नुभएकोछ । रिपब्लिका'का अनुसार मोदीको नेपाल भ्रमण सम्बन्धि करिब १० लाखवटा (४ दिनमा) ट्विटहरु प्रकाशित भएकोथियो । That's why #Nepal is trending on Twitter. Around 40K Tweets o