गएको दुई-तिन देखि फेसबुकमा अनौठो लहर चलेकोछ । फेसबुक प्रयोगकर्ताहरु धमाधम आफ्नो तस्विर परिवर्तन गरेर 'जिराफ' को फोटोलाई आफ्नो 'प्रोफाइल फोटो' बनाइरहेकाछन् । जिराफ मन परेर वा जिराफ बचाउ अभियान भनेर कसैले पनि जिराफको फोटोलाई आफ्नो 'प्रोफाइल फोटो' बनाएका भने होइनन् । जिराफ किन? फेसबुकमा जिराफको फोटो सहित एउटा प्रश्न देख्न सकिन्छ । प्रश्नकर्ताले उक्त प्रश्नको जवाफ आफूलाई आउँछ भने, 'म्यासेज'मा पठाउन सुझाउँछन् । उत्तर सही भएको खण्डमा केही गर्नुप्रदैन तर उत्तर गलत भएको खण्डमा आफ्नो प्रोफाइल फोटोमा पनि जिराफको तस्विर राख्नुपर्छ । अनि खेलको नियम अनुसार गलत उत्तर दिनेहरुले जिराफको फोटोलाई केही समयको लागि आफ्नो प्रोफाइल फोटो बनाउँछन् र सोही प्रश्न अरुलाई दोहोर्याउँछन् । अत: फेसबुक जिराफमय बनेकोछ । प्रश्न यस्तो छ, "रातको ३ बजेकोछ, ढोकाको घन्टि बज्छ र तपाई उठ्नुहुन्छ । तपाईले नसोचेका पाहुनाहरु (तपाईको आमा-बाबा) ब्रेकफास्टको लागि आइपुगेकाछन् । तपाईसँग स्ट्रवेरी जाम, मह, वाइन, ब्रेड र चिज छ । अब भन्नुस तपाई सबैभन्दा पहिले के खोल्नुहुन्छ?" प्रश्नको