“आप कहाँ तक जाएंगे?, रक्सौल रक्सौल” बिरगंज बसपार्कमा ओर्लन नपाइ एउटा टाङ्गावालाले सोध्यो । वास्ता गरिन, यतै तिर हो भनेर हात ले ईशारा गरेँ । १३ जुन सोमबार, बिहानको ११ बज्दै थियो, घर बाट यस्तै ८ बजे तिर हिँडिएको थियो । ब्याग भारी भएपनि बोक्न सकिने किसिमको भिर्ने ब्याग (ब्याकप्याक) थियो । त्यो ब्यागभित्र ल्यापटप सहितको अर्को ब्याग पनि अटाएको थियो । पहिलो पटक, म रक्सौल छिर्दै थिएँ, अझ भनौँ मेरो लागि पुरै नौलो यात्रा थियो । पहिलो पटक, विरानो ठाउँमा एक्लै जाने हिम्मत पलाएको थियो, तर घरमा भने साथी खोजेर जानु, एक्लै नजानु भनेर धेरै पिर गरिरहनुभएको थियो । एक्लो यात्रा गर्ने भए पनि, मनमा कुनै किसिमको डर रत्तिभर थिएन, आफूलाई भनेको ठाउँमा सकुशल पुग्छु, ठगे त्यही ५०-१०० ठग्लान्, त्यति ठगिएपनि मतलब छैन, सबै सिकिन्छ बिस्तारै भन्ने जस्तो लागिरहेथ्यो । नयाँरोडमा आएर बस चढियो, जनकपुर बिरगंजको । मिनिबस साह्रै भिड थियो, म ब्याग बोकेर भित्र छिरेँ, खलासी कराउन थाल्यो । ब्याग यता दिनु डिक्कीमा हाल्नुपर्छ, भित्र खाली छैन, मान्छे उभ्न त त्यस्तो गाह्रो छ । तर म ब्याग आफू सँगै राख्ने मनस्थितिमा थिँए । घरमा ममी...