विगत का “बारक्याम्प”हरु को सफलता बाट प्रेरित हुँदै, फोटोग्राफी मा लागेका व्यक्ति तथा फोटोग्राफरहरुलाई एकै ठाउँमा भेला गरेर, आफ्ना आइडियाहरु आपस मा बाँड्ने, सुन्ने र सुनाउने हिसाबले भोलि Galleria CUC, Momomagic पूल्चोक (साझा पेट्रोल पम्प अगाडि) ललितपुर मा फोटोक्याम्प काठमाडौँ २०१० को आयोजना हुँदैछ । कार्यक्रम खुला रुपमा आयोजना गरिएको हुँदा, जो कोही पनि निशुल्क सहभागी हुन सक्नेछन् । कार्यक्रम मा फोटोग्राफी सम्बन्धी प्रिजेन्टेसन, डिजिटल स्लाइड सो, फोटो स्टोरिज आदि समेटिनेछ भने, फोटोग्राफी सम्बन्धि विभिन्न जानकारी (tips and tricks) हरु पनि, कार्यक्रम स्थल मै प्रयोगात्मक रुपमा देखाइने कुरा फोटोक्याम्प ब्लग ले उल्लेख गरेको छ । “बारक्याम्प” कै शैलीलाई पच्छ्याउँदै आयोजना भइरहेको फोटोक्याम्प २०१० मा पनि सहभागीहरु नै वक्ता को रुपमा रहनेछन् । सहभागीहरुले आपस मा प्रश्न सोध्न, आफ्ना आइडियाहरु दिन सक्नेछन् । तपाईसँग पनि आइडिया छ या भनौँ फोटोग्राफी मा रुची छ भने, तपाईलाई यो कार्यक्रम ले फाइदा नै पुग्ने देखिन्छ । आफ्ना आइडियाहरु छन् भने, तपाईले फोटोक्याम्प स्थल मै रजिष्ट्रेशन (निशुल्क) गरेर आफ्ना