Skip to main content

Posts

Listen to 10th episode of Radha in Shrutisambeg. यहाँहरुको रोजाइ अनि यहाँहरु ले दर्शाउनु भएको माया को कारण श्रुतीसंबेग को यो अंकहरु मा हामी कृष्ण  धरावासी को पौराणिक उपन्यास 'राधा' वाचन गरिरहेकाछौँ । उज्यालो ९० नेटवर्क बाट केही समय अघि बजिसकेका यी अंकहरु अब का केही महिना यसै ब्लग मार्फत प्रत्येक शनिबार श्रुती सम्वेग अन्तर्गत बज्ने छन् । पौराणिक आधार मानेर लेखिएको राधा, मदनपुरस्कार प्राप्त कृति हो । लिलालेखन क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल कृष्ण धरावासी को यो उपन्यास पौराणिक भइकन पनि यथार्थ को धरातल मा रहेको छ । सदा झैँ वाचन मा अच्युत घिमिरे तथा प्रविधि मा दिनेश निरौला र सशिन्द्र गौतम हुनुहुन्छ । यहाँहरु लाई राधा को वाचन कस्तो लाग्दैछ ? प्रतिक्रिया को आश मा रहेका छौँ । माथि को अडियो डाउनलोड गर्नुहोस् ।

Happy Holidays भनेर बिदा मागेरै हिँडिसकेको भएपनि फेरि आइपुगेँ,केहि गन्थन गर्नलाई ! काठमाडौँ, प्राय: सबैलाई सपना को सहर नै लाग्छ, हुन पनि काठमाडौँ त्यस्तै नै छ, नेपाल मा पाइने सबै सुविधाहरु काठमाडौँ मा उपलब्ध छ, अनि ७५ जिल्ला कै मान्छे को जमघट छ काठमाडौँ मा ! करिब १ महिना पछि हिजो,धुलिखेल बाट काठमाडौँ आएँ । भक्तपुर को सूर्यविनायक देखि धुलो खाइँदै आइयो कोटेश्वर सम्म । सडक विस्तार गर्ने काम जोडतोड कै साथ चलिरहेको छ। बाटोभरि धुलो उडेकोछ, अलि कस्तो कस्तो असजिलो महशुस हुन्छ । नयाँ वानेश्वर मा गाडि बाट झर्ने बित्तिकै, फोहोर को डंगुर ले स्वागत गरिरहेथ्यो । गाडि बाट झर्ने बित्तिकै नाक थुन्नुपर्‍यो । कैयौँ दिन देखि काठमाडौँ का सडकबाट फोहर उठ्न सकेको रहेनछ, सँधै को आन्दोलन, सबैको आन्दोलन सम्झेर पनि दिक्क लागेर आउँछ । फोहोर उठाउनेहरु को आन्दोलन, उता कुर्सी को लागि माओवादी को आन्दोलन, उता एक प्रदेश एक मधेस भन्ने को आन्दोलन, उता वाइसिएल ले पिटेको विरुद्ध मा आन्दोलन, उता अर्को को, त्यता अर्को को । काम चाँहि गर्नु छैन सँधै आन्दोलन ले मात्र देश उँभो लाग्ला त ? सायद हामी पनि भेडै हौँ, संघियता को न

परीक्षा सकियो, अब करिब २ हप्ता (१४ फेब्ररी सम्म) जति को बिदा पाइएको छ । विदा पाइसकेपछि, विदा त मनाउनै पर्‍यो । सायद अब, घर तिर लागिन्छ, केही दिन को लागि, त्यसपछि फेरि यही दैनिकी नै दोहोरिन्छ । अब विदा भनेपछि,  मन उडेर घर पुगिसकेको छ, केही दिन यो ब्लग बाट टाढा भइदैँछ । अब विदा हुने बित्तिकै घर गएन भने पनि, घर मा अनेक शंका गर्ने, के गर्नु ? त्यही भएर नि विदा हुने बित्तिकै लागेँ है म घर तिर ! हा हा हा अत: यसै ब्लग मार्फत, केही दिन ब्लग रेगुलर  अपडेट हुन नसक्ने जानकारी पनि गराउँछु । यद्यपि, बुलबुल र श्रुतिसंम्बेग का अंकहरु नियमित रुप मा प्रशारण भइरहनेछन् । साथै, बिच बिच मा सकेसम्म ब्लग मा झुल्कने प्रयास गर्नेछु । खै, यो ईन्टरनेट को नशा भन्ने कुरा पनि अचम्म को हुने रहेछ, छोड्नै मन नलाग्ने तर के गर्नु घर तिर चलाउन मिल्दैन, अब मोबाइल मा NTC कै GPRS को साथ को आश छ, २ हप्ता को लागि ।   यहाँहरु को हरेक दिन शुभ बितोस् । Happy Hoplidays !!!  

Listen to Bulbul Episode-22 [January 27,2010].    रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री गन्थनको साथमा  सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे  उपस्थित हुनुभएको छ । आज को बुलबुल मा 'गजल को सिद्धान्त' तथा 'गजल लेख्ने तरिका' बारे चर्चा गरिएकोछ । Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulbul[at]unn.com.np or to: ghimireachyut[at]gmail.com Download: Bulbul Episode-22 [January 27, 2010] Alternate Download Link: Download Bulbul   [Fast Download, Can be accessed easily. But this Alternate Download Link is temporary AND just works for next 7 days from today.]

परीक्षा सकियो, के गर्ने ? एउटा बाहाना त चाहियो, अनि केही साथि सहित लागियो पनौती तिर मकर मेला को नाम गरेर ! १२ वर्ष मा मनाइने मकर मेला देशभर कै प्रख्यात मेला भन्दा फरक नपर्ला । काठमाडौँ, पनौती चल्ने मिनिबस को छत मा बसेर पनौती पुगियो । यति नजिकै रहेर पनि, पनौती मेरा लागि नौलो थियो, पहिलो पटक म पुग्दैथिँए पनौती, दर्जनौँ स्वागत व्दारहरु पार गर्दै । सायद मकर मेला कै कारण होला, भिड धेरै थियो । मान्छेहरु को भिड त थियो नै, उसमाथि हिन्दी, अंग्रेजी र नेपाली गितहरु चर्को स्वरमा घन्किरहेका थिए । पसल पिच्छे नै, फरक फरक गित बजे पछि कस्को के लाग्छ र ? सायद मेला भनेको यही होला, मान्छे को भिड अनि बाटो नै ढाक्ने गरि राखिएका अस्थायी पसलहरु, खाजा नास्ता को लागि खोलिएका अस्थायी टहराहरु । सायद, मेला को रौनक अहिले को समय मिल्दो अलि भएन होला । १२ वर्ष अघि यही मेला को पनि आफ्नो विशिष्ट महत्व थियो होला तर अहिले प्रविधि सँगै बदलिएका हामीहरुलाई, यो मेला संस्कति बचाउने काम भन्दा अरु केही लागेन । सँस्कृति बचाउनु त राम्रो कुरा हो तर अब युग सुहाउँदो तरिका अपनाउँदा राम्रो हुन्थ्यो होला । भिड छिचोल्दै, झोलुङ्गे

हुन त Facebook को डिजाइनलाई खासै खोट लाउेन ठाउँ त छैन तर पनि सँधै एकैनास को लेआउट देख्दा देख्दा दिक्क लाग्न सक्छ । सँधै सेतो र निलो भएको क्लासिक थिम कति चलाउँ झैँ लाग्दो हो । अझ जिमेल मा थिम फेरि फेरि जिमेल चलाउने गरिएको छ भने त फेसबुक को यो एकैनास को थिम देख्दा पक्कै पनि दिक्क लाग्दैछ होला । यही फेसबुक को थिम चेन्ज गर्ने, 100% working नाम भएका धेरै ग्रुपहरु मा पनि आफ्नो उपस्थिति जनाउनु भएको छ होला ! तर पनि प्रतिफल शुन्य नै होला । निराश नहुनुस्, आज यहाँ म फेसबुक थिम कसरी परिवर्तन गर्न सकिन्छ भन्ने बारे लेख्दैछु । फेसबुक को थिम परिवर्तन गर्नुहोस्, आफ्नो चाहना अनुसार, तर यो थिम चेन्ज गर्ने सुविधा फायरफक्स का प्रयोगकर्ताहरुलाई मात्र हो है ! फेसबुक मा आफ्नो इच्छा अनुसार को थिम राख्न निम्न कुरा गर्नुहोस् । STEP 1:  Install Firefox Add-Ons “ Stylish Add Ons” Install ‘Stylish Add-Ons” from here . Btw, This Stylish add-ons lets you easily install themes and skins for Google, Facebook, YouTube, Orkut, and many other sites. STEP 2: ‘Stylish add-ons’ has already installed in your b

Listen to 9th episode of Radha in Shrutisambeg. आज को अंक: "कृष्ण को बिहे" यहाँहरुको रोजाइ अनि यहाँहरु ले दर्शाउनु भएको माया को कारण श्रुतीसंबेग को यो अंकहरु मा हामी कृष्ण  धरावासी को पौराणिक उपन्यास 'राधा' वाचन गरिरहेकाछौँ । उज्यालो ९० नेटवर्क बाट केही समय अघि बजिसकेका यी अंकहरु अब का केही महिना यसै ब्लग मार्फत प्रत्येक शनिबार श्रुती सम्वेग अन्तर्गत बज्ने छन् । पौराणिक आधार मानेर लेखिएको राधा, मदनपुरस्कार प्राप्त कृति हो । लिलालेखन क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल कृष्ण धरावासी को यो उपन्यास पौराणिक भइकन पनि यथार्थ को धरातल मा रहेको छ । सदा झैँ वाचन मा अच्युत घिमिरे तथा प्रविधि मा दिनेश निरौला र सशिन्द्र गौतम हुनुहुन्छ । यहाँहरु लाई राधा को वाचन कस्तो लाग्दैछ ? प्रतिक्रिया को आश मा रहेका छौँ । माथि को अडियो डाउनलोड गर्नुहोस् ।

While browsing through Internet I’ve got 25 wonderful pictures of National Geographic's International Photography Contest 2009. They are simply amazing. National Geographic's International Photography Contest attracts thousands of entries from photographers of all skill levels around the world every year.Collected below are 25 images from the three categories of People, Places and Nature.                                        reference: boston.com

ट्विटर मा कत्ति को ट्विटिनु हुन्छ, आफ्ना कुराहरु ! सायद अधिकांश लिंकहरु छोटो पारेर नै ट्विट गर्नुहुन्छ होला, हुन त ट्विटर ले bit.ly लाई आफ्नो default Url Shortener बनाएको छ । यस्तै लिंक छोटो पार्ने Url Shortener हरु को भिड मा अर्को नयाँ NXY.IN नाम को Url Shortener  थपिन आइपुगेको छ । हुन त Url Short गर्न को लागि  tinyurl.com, bit.ly,tr.im,goo.gl आदि अनगिन्ति साइटहरु छन् । तर पनि nxy.in मा विशेष त्यस्तो के छ, जसको कारण nxy.in को प्रयोग हिजो आज दिनानुदिन बढ्दै छ ? nxy.in को बढ्दो प्रयोगलाई मध्यनजर राख्दै, आज म यसकै बारेमा केही चर्चा गर्दैछु ।  InRev systems , ले निर्माण गरेको nxy.in URL Shortener ले लामो लामो url लाई छोटो पारिदिन्छ । यसरी छोटो पारिएको URL ट्विटर, फेसबुक आदि जस्ता सोसल नेटवर्किङ साइटहरुमा सेयर गर्न सकिन्छ । NXY.IN मा गएर जो कोही ले लामा लामा भद्दा url हरुलाई छोटो पार्न सक्छन् । url short गर्ने त्यति धेरै साइट छन् तर किन यही नै भन्ने प्रश्न पनि उठ्न सक्छ । प्रश्न उठ्नु स्वभाविक पनि हो । अत: nxy.in नै किन भन्ने कुरा तल का केही बुँदा मा InRev systems का CEO, Bhupendra

In the world of darkness, A ray of light entered Inside me, And the reflections pour out As smile; Is that what I want to share? Mystic eyes, A joyful heart, Wishing to live every moment That’s all I have in plenty; Let me shine, And I wish to share it with the world. Past and future, Let them follow the present Just let me live this beautiful moment Fully, And bring some smile to share. A long day to go, A long life to live Miles to cross and responsibilities on my door; Let me forget the physical world And lift my spirit to joy, Since I cheer up, I will make sure, love and smile is what I shall really share. - Written By Anjali Sketch Credit: Suresh Maharjan