लाग्छ मेरो हालत पनि पागलको जस्तै छ । कता-कता रिस उठिरहेको छ, आँफैदेखि । एकदम बेग्लै सोच आउनलागेको छ , डर लाग्छ कतै पागल त भइने हैन ! घनचक्कर लेख्ने सञ्जिव उप्रेती ले मात्र नभै हिजो-आज सबै नै आफूलाई(आफूमा) परिवर्तन आएको आभाष गरिरहेकाछन् । साँच्चै हो - म कहिले काँही सोच्दा-सोच्दै कहाँ पुग्छु आफैँलाई थाहा हुँदैन । यो संसार देखि नै विरक्त लाग्छ । हामी के-को लागि यस्तो मारामार गरिरहेका छौँ , आखिर मरेर के लानु छ, अनि बाँचेर के गर्नु छ । फेरी सोच्छु, यो त गर्नै पर्छ । तर के-का लागि प्रस्ट हुन सकिरहेको छैन । के साँच्चै म पनि पागल हुन लागेको हुँ । हैन भने फेरी किन नानाथरिका तर्कना आऊँछन् । किन केही गर्ने जाँगर आउँदैन । लेख्ने मन थियो ब्लगमा दिनहुँ - तर खै किन लेख्न सक्दिन , मात्र तर्कना आउँछ । कहिलेकाँही म फेरी सोच्छु,म किन ब्लग मा लेख्ने गर्छु,लेखेर के फाइदा । तर हैन मैले लेख्नै पर्छ र लेख्छु पनि । अनि अनायासै हाम्रा महाकवि लक्ष्मी प्रसाद देवकोटा को "पागल" कविता सम्झन्छु, उनले के पाए र यो सब लेखेर - केहि न केही,उनलाइ पनि त पागल नै त प्रमाणित गरियो । अनि अहिलेकाले मलाई के पागल बनाउन...