Skip to main content

Posts

Showing posts with the label Android

सानोछँदा दशैँ अनि तिहार'ताका मामाघर गएको समयमा खोरखोरे (लंगुरबुर्जा) खेल्ने गरिन्थ्यो । नेपालमा लाग्ने हरेक किसिमका मेलामा यो खेल खेलाइन्छ,  अझ दशैँ तिहारको समयमा सहर अनि गाउँ सबैतिर यो खेल खेलाइन्छ, साँच्चै भन्ने हो भने यो एक प्रकारको जुवा नै हो। तर तिहारको समयमा आफ्नो घरपरिवारमा बस्दा मोबाइलबाट यो खेल खेलेर रमाइलो गर्न सकिने भएको हुँदा, खोरखोरे (लंगुरबुर्जा) एन्ड्रोइड एपको बारेमा यो पोस्ट तयार गरिएको हो । यसअघि हामीले अनलाइन बाघचाल को बारेमा लेखेका थियौँ। ठाउँ अनुसार खोरखोरेलाई लंगुरबुर्जा वा झन्डाबुर्जा पनि भन्ने गरिन्छ, जुन खेल प्राय: दशैँ तिहारमा खेल्ने गरिन्छ  । छ वटा 'डाइस' लाई बाल्टिन वा कुनै भाँडो भित्र राखेर हल्लाइन्छ, खेलाडीहरुले आफूले इच्छा गरेको संकेत रोज्छन्, पैसा राख्छन्, त्यसपछि बाल्टिनलाई उठाइन्छ, डाइसमा माथिपट्टि आएका संकेतहरु हेरेर हारजित फैसला गरिन्छ । तल फोटोमा देखाइए झैँ, खोरखोरेमा छ किसिमका संकेत हुन्छन्, जसमा झन्डा, बुर्जा, इट्टा, पान, हुकुम/सुरत, र चिडी पर्छन् । तिहारमा खोरखोरे खेल्ने रहर छ, तर आफूसँग डाइस छैन भन्दैमा अब खिन्न हुनुपर्दैन । ह

ट्विटरमा हाम्रो किबोर्डको नयाँ भर्सन आयो भन्ने ट्विट देखेपछि, प्लेस्टोरबाट अपडेट गरेर यो ब्लग हाम्रो किबोर्डको परिक्षण गर्न सिधै ट्याबलेटबाट लेख्दैछु। हाम्रो किबोर्ड प्रयोग गरेर छिटोछिटो लेख्ने कसरत गर्दैछु। हेरौँ कत्तिको छिटो लेखिन्छ कत्तिको गल्ति हुन्छ। पहिले मोबाइल/ट्याबलेटमा यो किबोर्ड प्रयोग गरेर लामा लामा लेख लेख्न झन्झटिलो थियो तर माथिका यी ३ लाइन लेख्दा कहिँकुनै ठाउँमा गल्ति भएन, ल्याग भएन। भनेको कुरा मज्जाले लेख्न सकियो। पहिलेको भन्दा छिटो टाइप पनि गर्न सकेँ। २-३ महिना पहिले मैले ट्याबलेटबाटै ब्लग लेख्ने विचार गरेको थिँए। लेखेँ पनि तर दुई प्याराग्राफ टाइप गर्न पनि लगभग १ घन्टा जति लागेको थियो। तर यो  नयाँ अपडेटेड किबोर्ड प्रयोग गरिरहँदा अचम्ममा परेकोछु। "कि" एकपटक थिचिसकेपछि फेरि दोहोर्याएर हेर्नू नपर्ने भएको छ। मदनपुरस्कार पुस्तकालयले बनाएको रोमनाइज्ड युनिकोड मैले २००७ देखि नै प्रयोग गर्न थालेको हुँ, त्यसबेला रोमनाइज्ड किबोर्डबारे ब्लग लेख्दा एमपिपिको साइटबाट करिब २०० पटक उक्त किबोर्ड डाउनलोड भएकोथियो, अहिले पनि आकारपोष्ट्मा त्यही किबोर्ड बारेको

The number of Smartphone users in Nepal is growing everyday . Smartphones are slowly becoming our lifestyle, it's just not limited to phone calls nowadays. Moreover the number of Nepali Android apps is rising. There are hundreds of Nepali Android Apps on the Google Play Store that are being downloaded thousands of times. Based on my experience and the recommendation from the Twitter users, I've come up with the following must have Android apps list. Earlier I'd asked a question on Twitter . @aakarpost are u seeking usefulness or creativity here? What many love are Nepali keyboard/ patro , cashonad , nlocate . — Ekendra एकेन्द्र (@Ekendra) January 4, 2014 Read More: 7 Must Have Nepali Android Apps

फेसबुकको तथ्यांक अनुसार नेपालमा ३० लाख मानिसहरुले फेसबुक चलाउँछन् । जसमा २० लाख पुरुष र १० लाख महिला प्रयोगकर्ताहरु छन् । फेसबुक नेपालमा सबैभन्दा धेरै हेरिने साइटमा पनि पर्छ, फेसबुक पछि गुगल दोस्रो नम्बरमा आउँछ । त्यसो त गुगल प्लेस्टोरबाट सबैभन्दा बढि डाउनलोड हुने एन्ड्रोइड एप्स पनि फेसबुक नै हो । फेसबुकएड तथ्यांक अनुसार करिब ७ लाख ४० हजार व्यक्तिहरुले एन्ड्रोइड डिभाइस (फोन/ट्याब) मार्फत नेपालमा फेसबुक चलाउँछन् । लाइन, विच्याट, ह्वाट्सएप आदि एप्सहरुले बाहिर तिर तहल्का पिटिरहेको भएपनि नेपालमा भने भाइबर र स्काइप नै सबैभन्दा बढि प्रयोग गरिने च्याट एप्स रहेकोछ । भाइबर र स्काइप क्रमश दोश्रो र तेस्रो स्थानमा छन् । हप्तादिन अघि सुरु भएको 'क्यास अन एड' एप्स पनि नेपाली एन्ड्रोइड फोन प्रयोगकर्ताहरु बिच, छोटो समय मै 'पपुलर' भएकोछ । विस्तृत जानकारीको लागि तलको इन्फोग्राफिक हेर्नुहोला ! यी तथ्यांकहरु गुगल प्लेस्टोर तथा फेसबुक एडबाट लिइएका हुन् । Top 10 Free Android Apps in Nepal: Facebook Viber Skype Opera Mini MX Player CashOnAd Nepal Load Shedding

तपाई एन्डोइड फोन प्रयोगकर्ता हुनुहुन्छ भने, तपाईको लागि खुशीको खबर छ ! आईफोनको लागि मात्र उपलब्ध र करोडौँले रुचाएको, ‘पपुलर फोटो सेयरिङ एप’, ‘इन्स्टाग्राम’ अब एन्ड्रोइड फोनको लागि पनि आएको छ। तपाई आईफोनको प्रयोगकर्ता र ट्विटर एडिक्ट हो भने सायद तपाईले ‘इन्स्टाग्राम’ चलाएको हुनुपर्छ तर अहिलेसम्म चलाएको छैन भने पनि केही छैन, अब चलाउँदा हुन्छ ! आइफोन र एन्ड्रोइड दुवैको लागि इन्स्टाग्राम उपलब्ध छ ! तपाई मोबाइलबाट फोटो खिच्न रुचाउनुहुन्छ र अनलाइनमा आफ्नो फोटो सेयर गर्ने गर्नुहुन्छ भने, इन्स्टाग्राम तपाईको  लागि उपयुक्त फोटो सेयरिङ एप हुनसक्छ ! के हो इन्स्टाग्राम? साधारण भाषामा भन्दा ‘इन्स्टाग्राम’ एउटा फोटो सेयरिङ एप्लिकेशन हो, जुन आईफोन र एन्ड्रोइडको लागि उपलब्ध छ ! आफूले मोबाइलबाट खिचेका फोटोहरुलाई, एपको माध्यमबाट अझ कलात्मक बनाइ, यसबाट अनलाइनमा सजिलो सँग आफ्नो फोटोहरु सेयर गर्न सकिन्छ । इन्स्टाग्राम पनि एकप्रकारको मोबाइल सोसल नेटवर्किङ साइट नै हो, जहाँ आफ्ना फोटोहरु अपलोड गर्न सकिन्छ, अनि ट्विटर कै जसरी साथीहरुलाई फलो गर्न सकिन्छ, अनि साथीहरुले तपाईलाई पनि फलो गर्न सक्छन् ! अनि तप